Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

दलित, गैरदलितबीचको प्रेम जोडीलार्इ गाउँ निकाला

गुल्मी, ८ पुस । दलित र गैरदलित विचको प्रेम सम्वन्ध र फरक उमेर समुहको प्रेम सम्बन्ध कायम भएको भन्दै गुल्मी जिल्ला अर्बेनीका स्थानीयवासीले एक प्रेम जोडिलाइ गाउँ निकाला गरेका छन । गुल्मी जिल्लाको अर्बेनी गाविस वडा नम्बर पाँच निवासी ७५ वर्षीय लालबहादुर सुनारले छिमेकी ४३ वर्षीया सावित्रा न्यौपानेलाइ प्रेम गरेको भन्दै गाँउ निकाला गरिएको हो । गाउँवासीहरुले गाविस कार्यालयमै छलफल गराएर हस्ताक्षर गराई ति दुइ जोडिलाइ गाउँ छाड्न बाध्य बनाएका हुन ।केहि दिन अघि घटना भए पनि डरले दुवै जोडि जंगलमा बसेकाले घटना सार्वजनिक हुन पाएको थिएन । स्थानीय दलित अधिकारकर्मीले सुनार र न्यौपानेको जोडि बेपत्ता भएको भन्दै खोज्दा जंगलको ओडारमा फेला परेपछि घटना सार्वजनिक भएको हो । पौष एक गते बिहान पाँच बजे लालबहादुरको घरमा सावित्रालाई भेटेपछि सावित्राका भतिज चिन्तामणि न्यौपानेको नेतृत्वमा भेला भएका स्थानीयले दुवैलाई गाविसमा कागज गराई गाउँबाटै धपाएका हुन । सुनार र न्यौपानेलाइ गाँउबाट धपाए पछि न्यौपानेका आफन्तको दबाबमा सुनारको घर भत्काइएको छ । लाल वहादुरका छोरा अनुराम सुनारले एक्कासि मान्छेहरु जम्मा भएर उनीहरूले नै लेखेको कागजमा औंठाछाप लगाउन लगाएको जानकारी दिँदै आफुलाइ घर भत्काउन बाध्य पारेको बताएका छन । बाबु र ती महिलालाई गाउँबाट धपाएपछि फर्केर आएका स्थानीयले घर भत्काउन दबाब दिएका थिए । अनुरामले घर नभत्काए आगो लगाइदिने धम्की दिएकाले आफुले घर भत्काएको बताएका छन ।पिडित लाल वहादुर र सावित्राले हर्मिचौर नजिकै जंगलमा रहेको ओडारमा बसेको बताएका छन । सबै जम्मा भएर गाउँमा बस्न नपाने बताए पछि आफ्नो मात्र केहि सिप नलागेर घर छोडको पिडितको गुनासो छ । लालबहादुरकी श्रीमतीको २२ वर्षअघि मृत्यु भएको थियो भने विपन्न परिवारकी सावित्राका श्रीमान् बोल्न नसक्ने छन । सावित्रालाई श्रीमाानले कुट्ने र दुःख दिने गरेकाले लालबहादुर अभिभावक जस्तै लागेर सँगै बस्न खोजेको सावित्राको भनाइ छ । सावित्राले आफुहरु राजीखुसी सँगै बस्न तयार भएको तर गाउँलेहरुले समाज नै बिग्रन्छ भन्दै गाउँमा बस्न नदिएको दुखेको पोखेकी छिन ।दुई जनाबीच सम्बन्ध रहेको खुलेपछि स्थानीयले राजनीतिक दलका अगुवासहित समाज भेला भएर दुवैलाई कागज गराएका थिए । \"\" कागजमा लालबहादुर र सावित्रीको माग निवेदन अनुसार दुवै जनाको राजीखुसीबाट भएको सम्बन्धका कारण अबदेखि पतिपत्नीका रूपमा रही चन्द्रकान्त न्यौपानेको अंशमा दाबी नगर्ने र काजकिरिया समेत गर्न नपर्ने उल्लेख छ । कागजमा गाविस सहायक झविलाल न्यौपाने, कांग्रेस सभापति रामप्रसाद न्यौपाने, एमाले अध्यक्ष देवीप्रसाद न्यौपाने, माओवादी केन्द्रका पुनाभद्र न्यौपाने र महिला प्रतिनिधि हरिकला न्यौपाने सहित स्थानीय २८ जनाको उपस्थिति र हस्ताक्षर छ । \"\" बाबुलाई गाउँमा राख्न नदिएकाले र बस्ने घरबास भत्काइदिएकाले छोरा अनुरामले प्रहरीमा उजुरी दिएका छन् ।पीडितको उजुरीपछि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको र दुवै पक्षलाइ बोलाएर थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending