Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

को–को हुन् डा. केसीका समर्थक ?

काठमाडौं, विभिन्न १० बुँदे माग राख्दै चलेको त्रिवि शिक्षण अस्पतालका चिकित्सक एवम् प्राध्यापक डा. गोविन्द केसीको पाँचौं पटकको अनसन बिहीबार १२औं दिनमा टुंगिएको छ । १० बुँदे माग पूरा हुने भएपछि बिहीबार सरकार तथा डा. केसी पक्षका प्रतिनिधिबीचको वार्ता निष्कर्षमा पुगी केसीको अनसन सकिएको हो । डा. केसीको अनसनका कारण ठूलो झट्का महशुस गरेको सरकारले अहिले राहतको अनुभूति गरेको सर्वत्र टिप्पणी भइरहेछ । सामाजिक सञ्जालका भित्ताहरु करिब सातासम्म गोविन्द केसी राम्रैसँग छाए । डा. केसीप्रति शुभेच्छा, समर्थन, जिज्ञासा र ‘शिष्टाचार’ मात्रै दर्शाउन भए पनि विपक्षी  दल मात्रै होइन, सत्तारुढ नेताहरु समेतको केसीको अनसनस्थल शिक्षण अस्पतालमा लर्को नै लागेको थियो । सत्तारुढ दलका नेता समेत केसीका मागप्रति ‘ऐक्यबद्धता जनाउने’ सूचीमा थिए । यस्ता थिए, ‘हेभी–वेट’ समर्थक प्रचण्ड, अध्यक्ष एमाओवादी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केसीको अनसनमा समर्थन जनाएका थिए । उनले केहि दिनअघि केसीलाई भेटेरै आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरेका थिए । प्रचण्डले केसीका मागबारे ‘ध्यान दिन’ प्रधानमन्त्री सुशील कोइरालालाई समेत भेटेर आग्रह गरेका थिए । बाबुराम भट्टराई वरिष्ठ नेता, एमाओवादी केसीका १० बुँदे मागमा पूर्वप्रधानमन्त्री एवम् एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईको पूर्ण समर्थन रह्यो । चैत १५ गते शिक्षण अस्पतालमै पुगेर डा. भट्टराईले उनका माग जायज भएको बताएका थिए । भट्टराईले केसीका माग पूरा गर्न त्यतिबेलै सरकारसँग आग्रह गरेका थिए । रामचन्द्र पौडेल उपसभापति, नेपाली कांग्रेस नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको पनि केसीको अनसनमा समर्थन थियो । उनले अनसनस्थलमै गएर केसीलाई भेटेका थिए । उनले पनि चैत १५ गते नै केसीलाई भेटेका थिए । ‘तपाईंका माग जायज छन्’, पौडेलले त्यतिबेलै भनेका थिए– ‘मेरो तर्फबाट हजुरलाई नैतिक सद्भाव छ, भन्न आएको हुँ । माग पूरा गराउन सरकारलाई के गर्नुपर्छ, मेरो तर्फबाट प्रयास हुन्छ ।’ खड्गप्रसाद ओली अध्यक्ष, एमाले एमाले अध्यक्ष खड्गप्रसाद ओली केसीको अनसनको ‘पक्ष’ मा थिए । एमालेभित्र देखिएको आन्तरिक विवादका कारण पनि ओली, केसीको ‘पक्ष’ मा उभिएका हुन् । माधव नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डेको मेडिकल कलेजलाई अनुमति दिन लागिएकोप्रति ओली भित्रभित्रै रुष्ट थिए । लोकमानसिंह कार्की प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफूलाई  लागेको आरोपको खण्डन गर्दै अख्तियारप्रमुख कार्कीले पनि घुमाउरो शैलीमा केसीको अनसनलाई समर्थन गरेका थिए । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले केसीको अनसनमा समर्थन जनाएका थिए । मंगलबार उनले लेखेका थिए– ‘मेडिकल क्षेत्रका विकृति अन्त्य गर्न मेरो समर्थन रहँदारहँदै मप्रतिको दोषारोपणको भर्त्सना गर्दछु ।’ लीलामणि पौडेल मुख्य सचिव, नेपाल सरकार मुख्य सचिव लीलामणि पौडेलले डा. केसीको अनसनप्रति समर्थन जनाएका थिए । केसीकै पक्ष लिएर प्रधानमन्त्री तथा मन्त्रीहरुसँग छलफलको अग्रपंक्तिमा रहेका थिए केसी । पौडेलले नै सरकारी वार्ता टोलीको नेतृत्व सम्हाल्दै आएका थिए । को– थिए त विपक्षमा ? सुशील कोइराला प्रधानमन्त्री एवम् सभापति, नेपाली कांग्रेस शासकहरु तानाशाही हुने गर्दछन् । प्रधानमन्त्री कोइरालाको तानाशाही हठकै कारण केसीको अनसन १२औं दिनसम्म तन्कियो । ‘डा. केसी मरे मलाई के मतलब’ भनेर दिएको अभिव्यक्तिले प्रधानमन्त्रीलाई चौतर्फी आलोचनाको घेरामा धकेलिदियो । डा. केसीका माग पूरा गर्न प्रचण्डले प्रधानमन्त्रीसँग आग्रह गर्दा कोइरालाले प्रचण्डसँग ‘केसीलाई नउचाल्न’ समेत ‘आग्रह’ गरेका थिए । माधवकुमार नेपाल वरिष्ठ नेता, एमाले केसी अनसनको चर्को विरोध गर्ने शीर्ष नेताहरुको अग्रपंक्तिमै अघि सरे– भूतपूर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल । पारिवारिक आफन्तलाई भेट्न बुधबार शिक्षण अस्पताल पुगेका नेपालले त्यहाँ अनसनरत केसीको सार्वजनिक रुपमै विरोध गरेका थिए । उनी आफैं समेत संस्थापक सेयरहोल्डर रहेको मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिइनुपर्ने माग गर्दै आएका नेपालले आफ्नो कलेजले मापदण्ड पूरा गरेको दावी गर्दै आएका छन् । एमाले युवानेताहरु योगेश भट्टराई, घनश्याम भुसाललगायतले भने केसीको अनसनलाई समर्थन गर्दै आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies