Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मदन–आश्रित हत्याबारे एमाले किन उदासिन : आचार्य

\"\"पोखरा, ९ पुस । अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नं चारका सह–संयोजक विपिन आचार्यले जनताले मदन–आश्रित हत्याकाण्डका बारेमा सत्य तथ्य जान्न चाहेको बताएका छन् । विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्धेश्य अनुरुप अखिल (क्रान्तिकारी) कास्कीको आयोजनामा भारतीभवन उच्च माविमा सम्पन्न हाजिरिजवाफ कार्यक्रमको समापन समारोहमा उनले दुर्गा तिवारी हत्याको छानबिन गर्न माग गर्ने एमालेले पटक पटक सरकारको नेतृत्व गर्दासमेत आफ्ना नेताको हत्याबारे छानविनमा चासो नदेखाउनु आश्चार्य भएको बताए । दरबार हत्याकाण्डको छानविन गर्ने विषयमा मन्त्री परिषद्मा उठेको विषय सही भएको टिप्पणी गर्दै उनले भने, ‘दरवार हत्याकाण्ड छानविन संगै मदन–आश्रित हत्याको पनि छानबिन हुनुपर्छ । एमालेले पटक पटक सरकारको नेतृत्व गर्यो तर मदन–आश्रित हत्याकाण्ड बारे खासै किन चासो दिएन ! चासो नदिनुको पछाडी के कारण छ ? जनता थाहा पाउन चाहन्छन, उक्त हत्याकाण्डको सत्यतथ्य छानविन होस,सरकार सँग हाम्रो माग छ।’ संविधानमा शिक्षालाई निःशूल्क भनिए पनि व्यवहारमा कार्वानयन नभएकाले सशक्त दबाव मार्फत सङ्घर्ष गर्न आवश्यक रहेको उनले बताए । त्यस्तै अर्का केन्द्रीय सचिवालय सदस्य कृष्णराज दाहालले सम्पूर्ण विद्यार्थीलाई क्रान्तिकारी आन्दोलनमा गोलबन्द हुन आग्रह गरे । कार्यक्रममा अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष नारायण बडालले राजनीतिमा युवाहरुको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending