Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

सातौँ राष्ट्रिय खेलकुद : क्रिकेटमा एपिएफ र मध्यमाञ्चल विजयी

\"\"मोरङ, ९ पुस । पूर्वाञ्चलमा सुरु सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरीको एपिएफ र मध्यमाञ्चल विकास क्षेत्रले विजयी सुरुआत गरेका छन् । मोरङको वैजनाथपुरमा भएको पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई २६ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रनको स्कोर तयार पारेको थियो । एपिएफका लागि सन्दीप सुनारले सर्वाधिक ५१ रन बनाएका थिए । त्यस्तै प्रदीप ऐरीले २९ र पारस खड्काले २६ रन बनाउन सफल भए । जवाफी ब्याटिङ गरेको मध्यपश्चिमाञ्चल विकासक्षेत्रले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ११९ रन मात्र बनाउन सक्यो । मध्य पश्चिमाञ्चलका लागि प्रनित थापाले सर्वाधिक ४० रन तथा अनुपम सिंहले २१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोेहोरो अङ्क बनाउन सकेनन् । एपिएफका लागि पारस खड्काले ३ विकेट लिए । यस्तै शुक्रबारनै भएको अर्को खेलमा घरेलु टिम पूर्वाञ्चल विकास क्षेत्रलाई हराउँदै मध्यमाञ्चल विकास क्षेत्रले ४ रनले विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको मध्यमाञ्चलले पूरै २० ओभर खेलेर ९ विकेट गुमाएर १२० रनको स्कोर तयार पारेको थियो । मध्यमाञ्चलका लागि जितेन्द्रसिंह ठकुरीले ३१, असल चौधरीले २७ र रातिक खानले २१ रन बनाए । पूर्वाञ्चलका लागि सन्दीप ढुङगानाले २, पुष्प थापाले २, फिरदोज अन्सारीले २ तथा महबुब आलम र प्रदीप पासवानले १÷१ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको पूर्वाञ्चलले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ११६ रन मात्र बनाउन सक्यो । पूर्वाञ्चलका लागि पुष्प थापाले १३, मेहबुब आलमले ८, मिनेष थापाले १७, राज थापाले १२ र विवेक यादवले १३ रन बनाएका थिए । मध्यमाञ्चलका लागि हसिम अन्सारीले ३ विकेट लिए । त्यस्तै रुपेस श्रीबास्तव २ तथा रसिद खान र सुशील डङ्गोलले १÷१ विकेट लिएका थिए । प्रतियोगितामा भोलि त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र तथा नेपाल प्रहरी र पश्चिमाञ्चल विकास क्षेत्रबीच खेल हुनेछ । प्रतियोगितामा पाँच विकास क्षेत्र र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन विभागीय टोली गरी ८ टिमको सहभागिता रहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy