Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

नयाँ शक्तिसँग कार्यगत एकता गर्ने उपेन्द्रको प्रस्ताव अस्वीकार

\"\"काठमाडौं, १० पुस । नयाँ शक्ति पाटी संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मधेसवादी पार्टीसाग् एकीकरण गर्ने प्रयास असफल भएको छ । आजको राजधानीमा खबर छ– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरण प्रयास असफल भएपछि कार्यगत एकता अघि बढेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनसँग कार्यगत एकता गर्ने भट्टराईको चाहना पनि तत्कालका लागि असफल भएको छ । नयाँ शक्तिसँग कार्यगत एकता गरेर आन्दोलनमा जानुपर्ने फोरम नेपाल अध्यक्ष यादवको प्रस्ताव मधेसी मोर्चाका साथै संघीय गठबन्धनका नेताले अस्वीकार गरेका छन् । मंसिरयता पटक पटक बसेको मधेसी मोर्चा र संघीय गठबन्धनको छुट्टाछुट्टै बैठकमा फोरम नेपाल अध्यक्ष यादवले भट्टराई नेतृत्वको नयाँ शक्तिसँग कार्यगत एकता गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, यादवको प्रस्ताव मधेसी मोर्चा एवं संघीय गठबन्धनका नेताले अस्वीकार गरेपछि तत्काललाई कार्यगत एकता नहुने भएको हो । सद्भावना पार्टीका महासचिव मनीष सुमनले नयाँ शक्तिसँग कार्यगत एकता गर्न नसकिने प्रस्ट पारे । मोर्चा–गठबन्धन बैठकमा नयाँ शक्तिसँग कार्यगत एकता गर्नुपर्ने प्रस्ताव आएको बताउँदै उनले तत्काल त्यस्तो एकताको सम्भावना नरहेको जानकारी दिए । ‘मधेसी मोर्चा र संघीय गठबन्धन बैठकमै नयाँ शक्तिसँग कार्यगत एकता गर्नुपर्ने प्रस्ताव पटक पटक आएको छ,’ सुमनले राजधानीसँग भने, ‘मोर्चा र गठबन्धनको मुद्दा र मागस“ग नयाँ शक्तिको तालमेल मिल्दैन्, त्यसैले त्यस्तो प्रस्ताव तत्काललाई हामीले अस्वीकार गरेका छौं ।’ संविधान जारी गर्ने समयताका नयाँ शक्ति संयोजक भट्टराईको प्रमुख भूमिका रहेकाले उनकै कारण मधेस आन्दोलनमा धेरै सहिद भएको उनले बताए । ‘मधेसमा संविधानको विरोधमा आन्दोलन भइरहँदा भट्टराई संविधान जारी गर्ने कार्यमा सक्रिय थिए, मधेस आन्दोलनको भावनाविपरीत काम गर्नेस“ग कसरी कार्यगत एकता गर्न सकिन्छ ?’ सुनमको प्रश्न छ । फोरम नेपालका महासचिव रामसहाय यादवले नयाँ शक्तिबाट फोरम नेपालसँग पार्टी एकीकरण प्रस्ताव आएको स्वीकार गरेका छन् । नयाँ शक्तिबाटै एकीकरण प्रस्ताव आए पनि तत्काललाई सम्भावना नरहेको उनले बताए । ‘नयाँ शक्तिबाट एकीकरण प्रस्ताव आएको छ, तर हाम्रो पार्टीमा एकीकरणबारे केही निर्णय भएको छैन, त्यसको सम्भावना पनि अहिले छैन,’ यादवले भने, ‘नयाँ शक्तिसँग एकीकरण नभई तत्काललाई कार्यगत एकता मात्र हुन्छ ।’ फोरम नेपालले केही समयअघि दुई पार्टीसँग एकीकरण गरेको बताउँदै उनले नयाँ शक्तिसँग मुद्दा मिल्ने विषयमा तत्काललाई कार्यगत एकता गर्दै जाने बताए । आगामी दिन कुनै पनि पार्टीबीच सिद्धान्त, विचार, नीति तथा कार्यक्रम मिल्ने भए एकीकरण हुन सक्ने यादवले औंल्याए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy