Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

सशस्त्रको बढुवामा यस्तो षड्यन्त्र

काठमाडौं, ११ पुस । सशस्त्र प्रहरीमा तीन डीआइजी पद रिक्त भएको एक वर्ष पुगिसकेको छ भने दुई एसएसपी पद खाली भएको दुई वर्ष भइसकेको छ । शैलेन्द्र खनाल र जीतबहादुर पुन एआइजी बढुवा भएका कारण दुई पद खाली छ भने डीभी परेर जागिरबाट राजीनामा दिएका अर्का डीआइजी दुर्गाबहादुर कुँवरको सिट पनि खाली छ । साँघु साप्ताहिकमा खबर छ– पूर्वआइजीपीहरुसँगै भ्रष्टाचार आरोपमा निलम्बनमा परेका तत्कालीन मध्यपश्चिमान्चलका डीआइजी अरविन्द धिताल निलम्बनमा छन् । तर, उनको पद रिक्त नदेखाई तीनवटामात्र देखाइएको छ । पदमा बहाल हुँदै भ्रष्टाचारको आरोप लागेका आइजीपी कोषराज वन्तले नै एसपी बढुवामा बिलम्ब गरेका थिए भने अहिलेका आइजीपी दुर्जकुमार राईले नेतृत्व सम्होलेको एक वर्ष भइसकेको छ । डीआइजीमा रिक्त पदमा बढुवा गर्न गृहमन्त्रलायका सचिव अध्यक्ष रहेको पदपूर्ति समितिले एसएसपीहरुसँग कार्यविवरण मागेको एक महिना हुन लाग्दा पनि प्रक्रिया अगाडि बढेको छैन । दुई वर्षदेखि रिक्त एसएसपी पदमा बढुवा गर्न सकेको छैन । आइजीपी राइले सातौं नम्बरका एसपी बसन्त नेम्वाङ र ८ नम्बरका गणेश ठाडामगरकालई बढुवा गर्न चाहन्छन् । तर, रिक्त दुई एसएसपीमा सात र आठ नम्बरका एसपी बढुवा समितिबाट सिफारिस नै नहुने भएपछि आइजीपी राइले बेवास्ता गर्दै आएका छन् । आफ्ना निकटस्थ नेम्वाङ र मगरलार्य बढुवा गर्न नमिल्ने भएपछि उनले बढुवा प्रक्रिया सुरु नगरेको आरोप छ । दुई वर्षदेखि रिक्त दुई एसएसपी बढुवा नहुँदा एक नम्बरका एसपी राजेन्द्र श्रेष्ठ र शम्भु सुवेदी आगामी २०७३ चैतमा पदावधिका आधारमा अवकाश हुने भएका छन् । यदि चैतभित्र बढुवा हुन सकेन भने शम्भु सुवेदीले त अवकाशपछि पेन्सनपनि नपाउने भएका छन् । किनकी उनको जागिर अवधि १९ वर्षमात्र भएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy