Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

जाडोमा मुहारको सुन्दरता कसरी बचाईराख्ने ? यस्ता छन् घरेलु उपाय

\"\"काठमाडौं, ११ पुस । जाडो मौसम भए पनि अब छाला सम्बन्धी रोगको कुनै चिन्ता गर्नु पर्दैन । जाडो मौसमको सुख्खा हावाले छालालाई पनि रुखो बनाउँछ । त्यसैले आफ्नो छालालाई रुखो हुनबाट जोगाउन कोल्ड क्रिम प्रयोग गर्न सकिन्छ । जाडोमा राति नाइटक्रिम र दिउँसो मोइस्चराइजर प्रयोग उपयुक्त हुन्छ । त्यसबाहेक सातामा एकपटक नरिसिङको प्रयोगले छालालाई लाभ र्पुयाउँछ । जाडो मौसममा प्रायः मानिस घाममा बस्न वा सनवाथ लिन रुचाउँछन् तर सनस्क्रिन प्रयोग नगरी घामको सम्पर्कमा आउँदा छालाको रंग कालो वा डार्क हुने डर हुन्छ । नर्मल स्किन भएकाहरूले २० एसपीएफको क्रिम प्रयोग गर्नुपर्छ । त्यसको प्रभाव दुई घन्टासम्म रहन्छ । त्यसपछि फेरि सनस्क्रिन क्रिम लगाउनुपर्छ । ड्राइ स्किन भएकाहरूले ३०–४० एसपीएफ सनस्क्रिन क्रिम प्रयोग गर्नुपर्छ । त्यसको प्रभाव ४ घन्टासम्म रहन्छ । ४ घन्टापछि पुनः त्यसलाई मुहारमा लगाउनुपर्छ । जाडोमा एरोमेटिक तथा भिटामिन पनि प्रयोग गर्न सकिन्छ । कोल्ड क्रिम लगाएर कहिल्यै घाममा बस्नु हुँदैन । कारण यसबाट धूलो मुहारमा जम्छ र सनवर्न हुन सक्छ । जसका कारण छाला कालो देखिन्छ । केही घरेलु उपायद्वारा पनि आफ्नो छालालाई सुरक्षित राख्न सकिन्छ । –राति सुत्नुभन्दा पहिले दूधको तर मुहार तथा हात–खुट्टामा दल्नुपर्छ । –बदाम, बटर र चन्दन पाउडर मिसाएर प्याकका रूपमा लगाउनुपर्छ । –केही बदाम भिजाएर बोक्रा निकाली त्यसको पेस्ट बनाउनुपर्छ । त्यसपछि यसमा एक चम्चा सुन्तला र गाजरको रस तथा दूध मिसाउनुपर्छ । यसलाई मुहार एवं गर्दनमा प्रयोग गर्न सकिन्छ । –जाडोमा छालाको सफाइमा त्यति ध्यान जाँदैन जति गर्मीमा जान्छ । क्लिन्जिङ गरेपछि मोइस्चराइजर प्रयोग उपयुक्त हुन्छ । सकेसम्म हर्बल प्रोडक्ट प्रयोग गर्नुपर्छ । जाडोमा छालाका लागि भिटामिन ई ओयल तथा अरोमेटिक ओयल लाभदायक हुन्छन् । यसबाहेक निम्न घरेलु उपाय पनि अपनाउन सकिन्छ । – ग्लिसरिन, हनी र बटर मिसाएर लोसनका रूपमा प्रयोग गर्नुपर्छ । – महमा पर्याप्त मोइस्चराइजर हुन्छ । मह रुखो छालाका लागि वरदान साबित हुन्छ । फेसप्याक बनाउँदा वा मालिस गर्दा एक चम्चा मह मिसाए छालामा चमक आउँछ । – एउटा सानो चम्चा दूध पाउडर, एक चम्चा बेसन तथा दुई चम्चा गुलाबजल मिसाएर मुहारमा लगाई सुकेपछि पखाल्नुपर्छ । –एउटा सानो चम्चा मह, दुई चम्चा बेसन, एक चम्चा दूधको तर मिसाएर प्रयोग गर्दा छाला कोमल एवं नरम रहन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies