पहिले भद्रगोलका बिच गोल माओवादीले हान्थ्यो तर माओवादी आँफैमा भद्रगोलमा रहेको हुँदा गोल कसले हान्छ भनिराख्न परोइनत्यसैले प्रचण्ड, बैद्य, बाबुराम, बादल, बिप्लब सबै एकै ठाउमा नआउने हो भने सिमित नै भए पनि सब राजनीतिक उपलब्धी बिघटनको दिशामा जाने निस्चित प्राय भैसकेको छ । यस्तो बेला राजनीतिक उपलब्धीको बलीले मात्र कोटा पुग्ने छैन । प्रचण्ड देखी लिएर एउटा सामान्य समर्थक सम्मले आफ्नो रगत दिनु पर्ने हुन सक्छ । प्रतिगामीहरु क्रमशः एउटा ग्रान्ड डिजाइन तर्फ बिस्तारै अघी बड्दै छन । उनिहरु भित्र झगडा गरे जस्तो गरे पनि बाहिर लड्न एक हुने गरेका छन् । पैसा र पदको आडमा आ आफ्ना मान्छेलाई सबै तिर सेट पनि गरिरहेका छन । तर माओवादीहरू भने टुट्दै फुट्दै खीइने अनी सकिने दिशा उन्मुख देखिन्छन । त्यसैले प्रचण्ड एक्लैले वा बाबुरामले वा बैद्य बिप्लवले आफ्नो आफ्नो सुर गरेर केही हुन सक्दैन । यथार्थ के हो भने आज सबैले आ आफ्नो सुर गर्न त सक्लान तर भोली सबैले प्रतिगामीको सुर सहनु पर्ने हुन्छ । यि कुरा न हतास मानसिकताको उपज हुन न फिल्मी कल्पना । आज होस् नपुर्याउने हो भने भोलीको हुने निश्चित छ । उदाहरणका लागि धेरै टाढा जानु वा ईतिहासका गड्डी पल्टाइ राख्नु पर्दैन । अली परतिर अस्ती भर्खरको श्रीलंका हेरे पुग्छ । त्याँहाको त्यती ठुलो पुरानो प्रिथकतावादी बिद्रोही संगठन तमिल टाइगर (लिट्टे) लाई शान्ती प्रकृयामा ल्याइ अन्ततः बिउ पनि नरहने गरी कसरी कत्लेआम गरियो रु नेपालका माओवादी र लिट्टे लाई तुलना गर्न त मिल्दैन तर जनसेना बिघटन गरिएको र भएका युवा लडाकु कार्यकर्ता पनि फर्मेसनमा नरहेको, टुक्रा टुक्रामा बिभाजन भएको माओवादीलाई पनि यस्तै नहोला भन्न सकिन्न । आजको राजनीतिक खिचातानी यसकै एउटा कडि नबन्ला भन्न सकिन्न । प्रतिगामीहरुले पक्कै पनि यस्तो गर्न सकिन्छ भन्ने बिर्सेंका छैनन । पहिले भद्रगोलका बिच गोल माओवादीले हान्थ्यो तर माओवादी आँफैमा भद्रगोलमा रहेको हुँदा गोल कसले हान्छ भनिराख्न परोइन । ढिलो हुनु पहिले नै बिभक्त भएका सबै जनयुद्दकारी शक्ती एउटै छाना मुनी आउनु र तल्लो लेबलसम्म संगठन सुढृढ गर्न यथासम्भव छिटो लाग्नु मै देश र जनताको भलाई छ । देश र जनताको भलाई हुनु भनेकै जनयुद्दको उद्देश्य प्राप्त हुनु हो । तर अझै पनि आ आफ्ना जुँगाको लडाईं मै आनन्दित भैराख्ने हो भने हज्जारौंको बलिदानी अनि लाखौंको त्याग धुलिसात हुने छ ।
प्रतिकृया लेख्नुहोस्: