Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

देश डुबाउने दौरा सुरुवालवाला कि प्रचण्ड ?

नेकपा एमालेका ओली पक्षीय नेता कार्यकर्ता र तिनका गोएवल्स शैलीको प्रचार संयन्त्रले प्रसार गर्ने गरेको भ्रमपूर्ण समाचार बाट दिग्भ्रमित तुल्याइएकाहरु पछील्लो समयमा एकदम तल्लो स्तरको \'राजनीति\' गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले जे गरे पनि त्यसलाई गलत भनाउनका लागि ओलीले हिजो ९ महिना प्रधानमन्त्री हुँदा १० करोडको भोज खान पाउने भाग्यमानीहरु र पत्रकारका लागि भनेर छुट्टै  ३५ लाखको भोज हसुर्न पाउनेहरु आज आफ्नो नुनको अोझो गर्दै छन् ।  प्रचण्डको पाइला पाइला केलाउनु र अफवाहपूर्ण खबर सामाजिक सन्जालमा फैलाउनु नै तिनका दिनचर्या बनेको छ ।  नेपाल भित्र मात्रै नभई बिदेशमा बस्नेहरु पनि यो भ्रमको खेती बाट फैलेको महारोगबाट नराम्ररी ग्रसित देखिन थालेको छ ।  आज किन यस्तो भैरहेको छ त ? के वास्तवमै प्रचण्डले  गलत नै गरिरहेका छन् त ? किन सबैतिर बाट प्रहारको केन्द्र प्रचण्ड बनाइदै छन् त ? यस बिषयमा बुदागत रुपमा केहि टिप्पणीहरु राख्न चाहन्छु ।
भ्रमको खेतीमा फलेको फसल भरिलो छ कि पगेटा मात्रै छ नचिनी आफ्नो अभिमत जाहेर गर्दा देशको अस्तित्व नै नरहने हुन सक्दो रहेछ भन्ने चाही बिचार्नु महत्वपुर्ण रहन्छ ।  अति ले खति गर्छ भने जस्तै सन्तुलित र संयमित जो छ त्यो नै वास्तविक  राष्ट्रवादी ठहर्छ ।
[caption id=\"attachment_93190\" align=\"alignleft\" width=\"250\"]\"madan_mainali\" लेखक[/caption] १) सामन्ती एकात्मक राज्यसत्ताले थोपेरेको अन्याय अत्याचार र असमानताको बिरुद्द उठेको जनयुद्द र त्यसको जगमा भएको १९ दिने जन आन्दोलन पश्चात नेपाली राजनीतिले प्रचण्डलाई जबर्जस्त एक राजनीतिक केन्द्रका रुपमा स्थापित गर्‍यो । संगसंगै जनयुद्दले निर्दिष्ट गरेका एजेन्डाहरु देशकै एजेन्डा बने ।  आज पर्यन्त तिनै एजेन्डामा देश अघि बढीरहेको छ।  जनयुद्दको राप ताप र प्रकाशका  सामु निरिहिय जस्तै  बनेका कांग्रेस एमाले लगाएतका अन्य दलहरुले बिना सर्त जनयुद्दले दिशानिर्देश गरेका एजेन्डा शिरोपर गरे, गर्न वाध्य भए ।  कांग्रेस एमालेहरु माओवादी शन्तिपूर्ण राजनीतिमा अवतरण गरेकै दिनबाट एजेन्डा बिहिन बन्न पुगे ।  देश नयाँ राजनीतिक उचाइ तर्फ अघि बढ्यो  | तर यो राजनीतिक अग्रगमनको प्रकृया सँग बिमति राख्ने बिरोध गर्ने असफल पार्न खेल खेल्ने तत्व त्यति बेला देखि नै सकृय थियो ।  सुसुप्त रुपमा त्यसले आफ्नो गतिबिधी गरिनै राखेको थियो ।  करिब पचास लाख जनता प्रतक्ष्य उत्रेको १९ दिने आन्दोलन हुँदै गर्दा गोरुगाडा वाला टुक्का हामीले सुने हेरेकै पनि हो ।  संबिधानसभा माओवादीको एजेन्डा हो उसलाई खुसि पार्न मात्रै हामीले हुन्छ भनिदिएका हौं भन्नेहरु आज जिउदै छन् ।  आफुले कल्पनै नगरेको आफ्नो योगदान र संलग्नता बिनै आएको राजनैतिक परिवर्तन त्यस्ता तत्वले स्वाभाविक रुपमा बिरोध गरे, गर्दैछन । परिवर्तन र अग्रगमनका गरेक खुट्किलाहरुमा तिनले आफ्ना दलाली संयन्त्र प्रयोग गरि हिजै देखि प्रचण्डलाई घेरामा पारि असफल बनाउन ठुलो प्रपंच गरिराखेका छन् | सेनापती काण्ड पुजारी काण्ड हुदै आज भ्रमपूर्ण अफवाह फैलाएर देश दुनियाँ दिग्भ्रमित पार्न ठुलो लगानी गरिदै छ ।  क्रान्ति देखी शान्ती प्रकृया सम्म कुशल नेतृत्व दिने एक नायकलाई हिलो छ्याप्ने प्रयत्न हुदै छ ।  हातहातमा मोबाइल बोक्ने र इन्टरनेटको सहज पहुच हुने आजको युवा पुस्तामा कपोलकल्पित, नियोजित अनि प्रायोजित समाचार सुनाएर पढाएर प्रचण्ड र उनको पार्टी गलत भनाउन खोजिदै छ ।  किनभने प्रचण्ड सफल हुनु भनेको देश सफल हुनु हो | देशको सफतामा देशद्रोही दलालहरुको अस्तित्व संकटमा पर्ने निश्चित छ ।
प्रचण्ड र उनको पार्टीको तर्फ बाट पनि हिजो केहि न केहि गल्ति भएका छन् ।  कतिपय अनुभवका कमि कतिपय अज्ञानतावस ।  अनि कति चाँही गलत सल्लाहकारहरुका कारण कमिकमजोरीहरु भएका छन् ।
नेपालमा आज एजेन्डागत रुपमा हेर्ने हो भने प्रचण्ड र उनको पार्टी माओवादी केन्द्रको एजेन्डा नै सब भन्दा परिस्कृत र समावेशी रहेको छ ।  जातियता  सम्बन्धि केहि अस्पस्ठतामा कांग्रेस एमाले लगाएत अरु साना दलहरुले खेले पनि अहिले त्यसलाई हल गरीइसकेको छ ।  तसर्थ माओवादीको एजेन्डामा लत्रेर आउनेहरु, यथास्थिती बाट अघि बड्दा  आफ्नो अस्तित्वको संकट देख्नेहरु नै प्रचण्डको सब भन्दा ठुलो बिरोधि भएर निस्कदै छन् । २) प्रचण्ड र उनको पार्टीको तर्फ बाट पनि हिजो केहि न केहि गल्ति भएका छन् ।  कतिपय अनुभवका कमि कतिपय अज्ञानतावस | अनि कति चाँही गलत सल्लाहकारहरुका कारण कमिकमजोरीहरु भएका छन् ।  यहि समाजका एउटा सदस्य हुनाका नाताले गल्ति कमजोरी हुनुलाइ अन्यथा लिनु पर्ने वा उचाल्नु पर्ने केहि कारण छैन ।  तर उनको महानता हो उनि आफ्नो कमजोरी स्विकार गर्दछन र सचेत बन्दछन ।  यति हुँदाहुँदै नेपाली फोहरी राजनीतिक छिनाझप्टि र दाउपेचका बीच सन्तुलन मिलाउन कोसिस गर्दागर्दै कहिले काही उनि चिप्लिने पनि गर्दछन । [caption id=\"attachment_85089\" align=\"alignleft\" width=\"960\"]\"bidhya_prachanda_deuwa_oli\" राष्ट्रपति भण्डारीसँग शिर्ष नेताहरु प्रचण्ड, ओली र देउवा[/caption] पछिल्लो पटक राष्ट्रियताको बिषयलाई लिएर उनि माथि प्रहार केन्द्रित गरिएका छन् ।  सत्ताबाट बाहिरिनु परेको पिडा स्वरुप त्यस्ता प्रहार एमालेका ओली पक्ष बाट भइरहेको देखिन्छ ।  एमाले भित्रै पनि माधव नेपाल, झलनाथ खनाल बामदेव गौतम पक्ष्य सापेक्षिक रुपमा सन्तुलित नै देखिन्छन् ।  जसले राष्ट्रियताको जति ठुलो डन्का पिटेपनि प्रचण्ड जत्तिको डाइनामिक र गतिशील राष्ट्रवादी आजको नेपालमा सयाद छैन ।  यहाँ कित उग्र राष्ट्रवादी छन् जसले देखाउने दाँतका रुपमा \'राष्ट्रवाद\' लाइ दुरुपोग  गरिरहेका छन् ।  यिनलाई राष्ट्रवादको राग अलापेर दुनियाँको आँखामा धुलो छ्याप्नु छ ।  धरातलिय यथार्थलाई कुल्चेर क्षणिक लोकप्रियता कमाउनु छ ।  कि सुस्त राष्ट्रवादी छन् जसको आवाज सहि भए पनि प्रचार प्रसारको संयन्त्रमा एकदम सिमित मात्र पहुच हुँदा तिनका आवाज कहिले काही मात्र प्रतिध्वनित रुपमा सुनिन्छ।  तर प्रचण्डको राष्ट्रवाद भनेको सबै छिमेकी र मित्र राष्ट्रहरु सँग समभाव र समदुरी राख्ने डाइनामिक राष्ट्रवाद नै हो ।   जसरि एक छिमेकीलाई चिढ्याएर अर्को सँग लहसिने खालको राष्ट्रवाद केपी ओलीले देखाए वास्तवमा त्यो त्रुतिपूर्ण अबैज्ञानिक राष्ट्रवाद हो ।  हो छिमेकीहरु अर्काको घरभित्रको झगडा देखेर उचाल्ने पछार्ने खेलमा अवश्य लागिपर्छन ।  ओलीको राष्ट्रवाद भनेको घरभित्रको झगडा मिलाउन नसक्ने, आवश्यक नठान्ने अनि छिमेकीले खेल्यो भनेर उफ्रीपाफ्री गर्ने खालको उग्र राष्ट्रवाद हो ।  ओलिले भारतको देखासिकी बिरोध गरेर नेपालमा  कमाउन खोजेको राष्ट्रवादी छबी खोक्रो राष्ट्रवादको दुषित नमुना मात्रै हो ।  किनभने हिजो देशका नदीनाला भारतलाई हाँसीहाँसी सुम्पदा उनको राष्ट्रवाद कता के को सिरानी हालेर सुतिराखेको थियो भनेर सोध्ने हो भने उनि नाजवाफ हुनेछन् ।  ९ महिना प्रधानमन्त्री हुँदा कम्तिमा ४ पटक आफ्नो उपप्रधानमन्त्री कमल थापालाई भारत सँग सम्बन्ध सुधार्न पठाएकै हुन् ।  बाहिर ठुलो ठुलो स्वरमा गाली गरेर \'राष्ट्रवादी छबी बनाउने\' भित्रभित्र चाकडी बजाएर सम्बन्ध सुधार्न प्रयास जारि राख्ने। यस्तो राष्ट्रवाद भनेको सिक्किमीकरण उन्मुख राष्ट्रवाद हो।  सिक्किममा उग्र राष्ट्रवादको राग अलापेर त्यहाका कार्यकारी प्रमुख लेन्डुप दोर्जेले दुइ तिहाइ मत ल्याएका थिए।  त्यहि मतको आडमा सिक्किमलाई भारतमा बिलय गराउने प्रस्ताव संसदबाट पारित गराउन सफल भएका थिए ।  आज ओली समर्थक प्रचण्डलाई गाली गर्नेहरुको एउटा समान बोलि छ - अर्को चुनावमा पख्लास ! मतलब अर्को चुनावमा राष्ट्रवादको रुन्चे राग अलापेकै भरमा ओलीलाई भोट हाल्छौ प्रचण्डलाई हराउछौँ भन्ने नै हो | ठिक छ लोकतन्त्रमा भोट कसलाई हाल्ने भन्ने स्वतन्त्रता सबैको हुन्छ, हुनुपर्छ ।  तर भ्रमको खेतीमा फलेको फसल भरिलो छ कि पगेटा मात्रै छ नचिनी आफ्नो अभिमत जाहेर गर्दा देशको अस्तित्व नै नरहने हुन सक्दो रहेछ भन्ने चाही बिचार्नु महत्वपुर्ण रहन्छ ।  अति ले खति गर्छ भने जस्तै सन्तुलित र संयमित जो छ त्यो नै वास्तविक  राष्ट्रवादी ठहर्छ।
ओलिले भारतको देखासिकी बिरोध गरेर नेपालमा  कमाउन खोजेको राष्ट्रवादी छबी खोक्रो राष्ट्रवादको दुषित नमुना मात्रै हो ।  किनभने हिजो देशका नदीनाला भारतलाई हाँसीहाँसी सुम्पदा उनको राष्ट्रवाद कता के को सिरानी हालेर सुतिराखेको थियो भनेर सोध्ने हो भने उनि नाजवाफ हुनेछन्
३) जुन रुखमा धेरै फल लाग्छ मिठो फल लाग्छ निश्चित रुपमा त्यसले धेरै बोझ त बोक्नु पर्छ पर्छ, झटारो पनि त्यसले धेरै खानु पर्दछ ।  प्रचण्ड र उनको पार्टी पनि फल लागेको यस्तै एउटा रुख हो।  हिजो शन्तिपूर्ण  राजनीतिमा अवतरण गर्दा र आज १० वर्षको अन्तरालमा निश्चित रुपमा त्यो रुख केहि थाकेको छ ।  परजिविका संक्रमणले छोएपछि प्रत्यक फल पहिले जस्तो राम्रो पोटिलो छैन | आफैमा फलेको कोया झरी उम्रि सेप पुर्याउन थालिसकेको छ।  यति हुँदा हुँदै पनि सबैको आस त्यहि रुखमै छ | थोरै फले पनि मिठो फल खाने सपना यही रुख सँग जोडिएको छ । तर वर्षौं देखि फुल फुल्ने, फलको आसा देखाउने तर फल लाग्ने बेला फुल जति झरेर नांगै हुने अरु पुराना थारा रुखहरु नै प्रचण्ड र उनको पार्टीको रिस गर्नेहरु हुन् | मिठो पनि फल्ने धेरै पनि फल्ने भएर आकर्षण यहि रुखतिर छ | तर अहिलेको वास्तविकता के हो भने पुराना थाकेका फल चाँही नदिने तर दाना पानी पर्याप्त माग गर्ने धोत्रा रुखहरुलाई मालीहरुले काटेर कान्लामुनी फालिदिने पो हुन् कि भन्ने डर  छ | त्यसैले तिनिहरु अब अर्को वर्ष हामी सब भन्दा मिठो फल दिन्छौं प्रचण्ड रुखले दिने फल बिष युक्त छ भनेर हल्ला मच्चाउन ब्यस्त छन् | र कथित नव शिक्षित पठित एउटा जमात फलको उपभोग नै नगरी, गुण र दोषको लेखाजोखा नै नगरी, गर्न नजानी फल नै नदिनेहरुको होहल्लामा हल्लित भइरहेका छन् | ४) काङ्रेस र एमालेहरुले जस्तो यो देशको अखंड़ता र सार्वभौमिकतामा आंच आउने खालको काम प्रचण्ड र उनको पार्टिले  आजका दिन सम्म गरेका छैनन् | बिरोधका लागि बिरोध गर्नेहरु र प्रचण्ड र उनको पार्टीको उदयमा आफ्नो अस्तित्व संकट देख्नेहरुले त अनेक बहनामा गरिनै रहन्छन | त्यसो गर्नु नै तिनका \'धर्म\' हो | पत्रकार अरुण बरालले भने जस्तै प्रचण्डको जिन राष्ट्रवादी नै हो | अहिले जति ठुलो ठुलो स्वरमा प्रचण्डलाई राष्ट्रघातीको उपमा भिराइ भ्रम छर्न खोजिएपनी ढिलो चाडो यो भ्रमको खेतीको पटाक्षप अवसम्भावि छ | जुन रक्तिम पृष्टभूमिबाट प्रचण्डको राजनैतिक उदय भएको छ त्यसबाट उनि कुनै हालतमा बिचलित हुन सम्भव छैन | त्यसकारण हरेक राजनीतिक पाइला चाल्दा उनले १० पटक सोच्नु पर्ने बाध्यता छ | समग्र राजनीतिक प्रक्रियाको अभिभावकका हैसियतले उनलाई गैरजिम्मेवार बन्ने जोकर अभिब्यक्ति दिने ठाउँ नै छैन | उनका हरेक पाइलाहरुमा प्रत्येक नेपाली नागरिकले आसाको नजरले हेरेको हुन्छ | यस हिसाबले सकारात्मक रुपमा हेर्ने हो भने राष्ट्र र जनतामाथि आँच आउने काम उनिबाट हुँदैन, हुन सक्दैन | यसो भनिरहदा कतिले चाकडी बजाएको अर्थमा पनि लिन सक्छन | ठिक छ आ आफ्नो बुझाई हो | तर आजको नेपालको तितो सत्य यहि हो | यसो भन्दैमा प्रचण्डको गुनगान महिमा फलाक्नु पर्छ भन्ने कदापि हुन सक्दैन | गुण र दोषका आधारमा रचनात्मक आलोचनाले मात्र नेतृत्वलाई द्रिढ र संयमित बन्न सहयोग गर्दछ | प्रचण्ड र उनको पार्टी यत्तिकै केटाकेटीको खेलबाट जन्मेको हुदै होइन | त्यहा त हज्जारौंको सपना जोडिएको छ | लाखौंको आस्था समेटिएको छ | हाम्रो शरीरमा सियोको टुप्पोले घोच्दा त कती ठुलो पिडा हुन्छ | मुक्तिको सपना साँचेर छातीमा ताता गोलि र गोला छेक्ने ति महान सपुतहरुले त्यतिकै आफुलाई बलिबेदिमा होमेका पक्कै पनि होइनन् | केहि मानिसहरु ति सहिदहरुका रगतलाई बिद्रुपिकरण गर्ने चेस्टा गर्दैछन्  जुन हामी सम्पूर्ण नेपालीहरुको दुर्भाग्य हो बिडम्बना हो |
आफ्नो जति सबै छोड्ने वा बुझाउने अनि तिनैकै संसदीय खेलमा अल्झिनु पर्ने बाध्यतामा पार्टी पुर्याइयो | YCL जस्तो जुझारु युवा संगठन निस्क्रिय  प्रायः बन्ने अनि कुशल संगठकहरु पनि आफ्नो रोजिरोटिका लागि बिना पार्टी योजना कि बिदेशीनु पर्ने कि देशमै भए पनि फ्रस्टेड भएर निस्कृय बस्ने अवस्था आयो
५) प्रचण्ड र उनको पार्टीको गल्ति चाही के हो त ? सब भन्दा ठुलो गल्ति भनेको पार्टी पद्दत्ति बसाल्न नसक्नु, संगठन शुद्धिकरण सुद्रिढिकरण गर्न ढिलासुस्ती गर्नु, संसदीय राजनीतिको घेरामा जाकिनु, कार्यकर्ता संरक्षण गर्ने योजना नहुनु, बिरोधिहरुको भ्रामक आक्रमणको प्रतिवाद गर्न गतिलो संयन्त्र बनाउन नसक्नु नै हुन् | पार्टी पद्दत्तिमा नचल्ने अनि न शुद्धिकरण अभियान चलाउने न भएका पार्टी संयन्त्र चुस्त दुरुस्त हुन सक्ने | अनेक बहानामा पार्टी प्रवेश गर्नेहरु र छोद्नेहरुले मनपरी गर्नाले आम जनता माझ पार्टीको क्रान्तिकारी छबि धमिलिन पुग्यो | संसदीय राजनीति भनेको संघियता संस्थागत गर्नाका लागि एउटा संक्रमणकालिन साधन मात्र हो | तर संसदीय खेलका फोहरी खेलाडीहरुले चाहे जस्तै पार्टी त्यहि पुरानो संसदीय भासमा भासिन गयो | आफ्नो जति सबै छोड्ने वा बुझाउने अनि तिनैकै संसदीय खेलमा अल्झिनु पर्ने बाध्यतामा पार्टी पुर्याइयो | YCL जस्तो जुझारु युवा संगठन निस्क्रिय  प्रायः बन्ने अनि कुशल संगठकहरु पनि आफ्नो रोजिरोटिका लागि बिना पार्टी योजना कि बिदेशीनु पर्ने कि देशमै भए पनि फ्रस्टेड भएर निस्कृय बस्ने अवस्था आयो | यस्ता यावत कुराहरुले गर्दा संगठन नामको मात्र संगठन रहने अवस्था आएकै हो | विभिन्न भेला सम्मेलन बिस्तारित बैठकहरुबाट पारित र घोषित नीतिहरु समेत लागु गर्न तत्परता देखिएन | टिके प्रथाको अन्त्य गरि प्रतक्ष्य चुनावबाट पार्टीको सेल कमिटि देखि केन्द्र सम्म चुनिने बिधि केवल लेखाइमा मात्र सिमित भयो | नेताहरु स्वयंका जीवन शैली आडम्बरी र अपारदर्शी हुन पुग्यो | फरक मत राख्ने बित्तिकै यो वा त्यो गुटको आरोप लगाएर खेद्ने काम समेत भयो | कतिपय सभासदहरु त चुनाव जितेर हिडेपछी एकै चोटी अर्को चुनावमा मात्र नाक मुख देखाउन पुगे भन्ने सम्म सुनियो | पार्टी सरकारमा हुँदा पर्याप्त कार्यकर्ताहरु सरकारी सेवामा नियुक्त दिन सकिन्थ्यो | त्यसो गर्दा कम्तिमा केहि कार्यकर्ताको गुजारा चल्दथ्यो | ती सधै पार्टीकै भइरहन्थे | तर तिमि त आफ्नै हौ नि, अरुलाई दिएर पो आफ्नो तिर तान्नु पर्छ भनेर अरुलाई तान्ने हुँदा भुइँको टिप्न  खोज्दा हातको झरेको भने जस्तो पनि भएको यथार्थ  हो | माओवादी पार्टी अरुको कारणले पछि परेको वा चुनाव हारेको, वा काङ्रेस एमालेले जस्तो राष्ट्रघात गरेर गिरेको हुदै होइन | आफ्नै कारणले ठेस लागेको हो | त्यसैले अरुलाई दोष दिएर मात्र उम्किन सकिने सकिने अवस्था अब छैन | यसो भन्दैमा पार्टीले पहलकदमी लिएन भन्ने पक्कै होइन | समग्र राजनीतिको लिड रोल आफ्नो भएर पनि केहि नभएको जस्तो अवस्थामा पुग्ने अवस्थामा जबर्जस्ति पुर्याउन प्रतिगामीका मतियारहरु अहोरात्र लागिपरेका छन् | आधार बलियो पार्न तत्परता पर्याप्त नपुर्याउदा समस्या आएकै हो | किनभने दर्बिलो आधार बिना उभिएको घरलाई हावाको स सानो झोकाले पनि क्षति पुर्याउने सम्भावना  रहने गर्दछ | त्यसैले त ४० वर्ष सम्म दशैको टिका नलगाउदा फरक नपरे पनि यसपाला ठुलो फरक पारेको छ | चोरले बाटोमा उल्टै चोर चोर भन्दै कुदेर सबलाई बेवकुफ बनाएको जस्तो भएको छ | अन्त्यमा, प्रचण्ड र उनको पार्टी भित्रको आन्तरिक समस्या जे जस्ता छन् त्यो उनि र उनको पार्टीले हल गर्ने कुरा हो | त्यसले राष्ट्रियता र जनता प्रति न घात गरेको छ न तुषारापात गरेको छ | हिजो राष्ट्रघात गर्न होडबाजी गर्नेहरुले प्रचण्डले गर्दै नगरेको राष्ट्रघातलाइ उचालेर जसरि हिरो बन्ने सपना बुन्दै छन् त्यो नैतिक पतनको पराकास्ठा हो | आजको नेपालमा प्रचण्ड जत्तिको स्पस्ट वक्ता र डाइनामिक राजनितिज्ञ कोहि छैनन् | त्यो मैले भनेर होइन घटनाक्रमले देखाई सकेको छ| पहिलो पार्टिका  नेता हुँदा होस् वा तेश्रो पार्टीको, प्रचण्ड बिना नेपालि राजनीतिको पात सम्म पनि हल्लिदैन | क्षणिक सत्तो सराप गर्दा कत्तिलाई मनको शान्ति पक्कै मिल्ला | तर प्रचण्डलाई काम गर्न नदिने हो भने अर्को ५० वर्ष पनि नेपाल जहिको तही रहने निश्चित छ | नीति प्रचण्डको नेतृत्व पुराना संसदीय खेलका सकुनीहरु हुँदा नै आज देश अनिर्णय र अराजकताको बन्दि बन्न पुगेको हो | प्रचण्डको होइन,  यिनी त खुल्ला राजनीतिमा आएका बल्ल एउटा दशक पुरा भयो, बिरोध तिनका गर्नु पर्दछ जसले दौरा सुरुवाल टोपी लगाई लगाई देशका सम्पदा छिमेकमा बुझाए | देशका कल कारखाना माटोमा मिलाए | जनताका रगत पसिना बाट आर्जित  ढुकुटीमा ब्रम्हलुट मच्चाए | जनताका परिवर्तनका आवाजहरुलाई वर्षौं सम्म बुट बन्दुक मुनि दबाए | संसार बिज्ञान र प्रबिधी सँग खेलिरहदा हामी भने बिहान बेलुकाको हात मुख जोड्ने चिन्तामै अल्झाए | प्रचण्डले त दियोको भूमिका खेलेका छन् - आफु जलेर पनि अरुलाई उज्यालो पुर्याएका छन् |
Madan Mainali

description goes here

कामरेड बामदेवको राजनीति अवसान

भनिन्छ ईतिहास दोहोरिदैन। मात्र केही संयोगहरु मिल्न जान्छन् । तर बामदेव गौतमको हकमा के भएको हो यसै भन्न सकिएन। पटक पटक उहाँलाई नियतीले जिस्क्याएको छ भ...

एमाले सभा किन फितलो र फिक्का भयो ?

लामो समयपछि एमालेले हिजो (२२ पुस) आमसभाको आयोजना गर्‍यो । नौ दल मिलेर आयोजना गरेको सभा वास्तवमै फितलो र फिक्का देखिएको प्रत्यक्षदर्शी एवम संचार माध्यम...

माओवादीहरु नमिलेर धुलिसात हुने बाटो नरोज

नेपालमा यतीबेला ठुलो राजनीतिक घम्साघम्सी चलिरहेको छ । प्राप्त राजनीतिक उपलब्धीको रक्षा गर्दै आर्थिक समुन्नतिको दिशातिर अघी बढ्नु आजको सामाजिक आवश्यकता...

देश डुबाउने दौरा सुरुवालवाला कि प्रचण्ड ?

नेकपा एमालेका ओली पक्षीय नेता कार्यकर्ता र तिनका गोएवल्स शैलीको प्रचार संयन्त्रले प्रसार गर्ने गरेको भ्रमपूर्ण समाचार बाट दिग्भ्रमित तुल्याइएकाहरु पछी...

को राष्ट्रवादी ? ओली कि प्रचण्ड ?

भनिन्छ नेपाल सतिले सरापेको देश हो । यहाँ भीमसेन थापा जस्ता राष्ट्रवादिहरु जेलमा सढाइ सढाइ सेरिएर आत्महत्या गर्न वाध्य हुन्छन । मदन भण्डारीहरु हत्या गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy