प्रचण्डहरुले लडेर ल्याइदिएको गणतन्त्रमा बसेर प्रचण्डहरुलाई नै धिक्कार्ने र बिष बमन गर्ने अधिकार ओलीहरुलाई छैन । प्रचण्डहरु बिदेशिका गोटी बनेका भए त्यस्ताको बुइ चढेर किन सत्ताको स्वाद चाख्न पुग्यौ ? होइन तिमिहरुलाई टेको दिईरहदा सम्म असल राष्ट्रवादी टेको झिक्ने बित्तिकै राष्ट्रघाती हुनेहो भने यो तिमीहरुको मानसिक रोग हो ।नेपालमा माओवादी बिद्रोहले उल्लेख्य राप ताप र प्रकाश सिंचन गर्यो । नेपाल आमका हज्जारौं वीर सपुतहरुले यो देशका लागि हाँसी हाँसी आफ्नो ज्यान अर्पण गरे । तत्पश्चात देशले राजनीतिक रुपमा एउटा फट्को मार्यो । सदिऔ देखि बिद्यमान राजतन्त्रात्मक सामन्ती राज्य व्यवस्थाको अन्त्य भई संघीय गणतन्त्रात्मक राज्यव्यवस्था निर्माण तर्फ देश अघि बढ्यो । जनताको अभिमत द्वरा चुनिएका प्रतिनिधिले नेपालको इतिहासमै पहिलो पटक आफ्नो संबिधान आफै लेख्ने काम गरे । तर संबिधान कार्यान्वयन गर्नु पर्ने समय सिमा नजिकदै गर्दा राजनीतिक घटनाक्रम भने थप जटिल बनिरहेको छ । बनाइदै छ । माओवादी बिद्रोह शन्तिपूर्ण अवतरण भैसकेर त्यस बिद्रोहका मुख्य नेतृत्वकर्ताहरु देशको संबैधानिक एवं कार्यकारी तहमा समेत पुगिसकेका छन् । यसर्थ जनयुद्दको सम्मानजनक अनुमोदन भैसकेको छ । तर राजनीतिक परिवर्तनमा कुनै भूमिका नखेलेको एउटा खेमा यो बिद्रोह बाट प्राप्त उपलब्धिको स्वमित्त्व लिन चाहिरहेको छैन । अझै उक्त न्याय पूर्ण युद्दलाई अबैध करार गर्न प्रयाशरत छ । बिद्रोहको जगमा उठेको १९ दिने संयुक्त जन आन्दोलन प्रति पनि निकृस्ट टिप्पणी गरेको त्यो खेमा अहिले उक्त बिद्रोहले स्थापित गरेको एजेन्डाहरु धुलिसात् पार्न अनेक तिकडम दाउपेच गरिरहेको छ । नेपाली राजनीतिको वर्तमान परिदृश्य गौर गरेर नियाल्ने हो भने उक्त खेमालाई खड्ग ओलीले नाएकत्व प्रदान गरिरहेका छन् । उनि द्वारा निर्देशित र लाभ प्राप्त गरेका अधिकाम्स व्यक्तिहरु र सामाजिक संचारका माध्यमहरु हिटलरको संचारमन्त्रि गोएवल्स बिर्साउने स्तरमा पुगिरहेका छन् । हिजो जनयुद्ध र जन आन्दोलनको राप र तापका कारण केहि सिप नलाग्दा संबिधानसभा र संबिधानसभा मार्फत गणतन्त्रात्मक संघीय राज्य व्यवस्थाको एजेन्डामा लतारिएर आएकाहरु आज आफ्नो असलियतमा फर्कने तरखर गर्दै छन् । खड्ग ओली तिनै हुन् जतिबेला ज्ञानेन्द्र शाहको तानाशाही बिरुद्द सडकमा लाखौ जनता गणतन्त्रको आगो बलिरहदा बालकोट दरबारमा बसेर गोरुगाडा चढेर अमेरिका पुग्नु जति असम्भव हो यो आन्दोलनले राजतन्त्र ढालेर गणतन्त्र ल्याउनु त्यति नै असम्भव हो भनेर खुलम खुल्ला ऐलान गर्दथे । जनयुद्द, जन आन्दोलन र शान्ति प्रकृया समग्रको कुशल नेतृत्व प्रदान गर्नुभएका प्रचण्ड दोश्रो पटक प्रधानमन्त्री बन्नु भएको छ । एमाले संगको सत्ता साझेदारीको नमिठो अनुभव संगै कांग्रेस संगको सत्ता साझेदारीमा नयाँ सरकार बनेको छ । प्रचण्ड नेतृत्वको वर्तमान सरकार जनताको आधारभूत अवश्यकता पहिले पुरा गर्नु पर्छ भन्ने सोचाई र तदनुरुपको गराईमा पनि देखिन्छ । समान्य लाग्ने तर जनताका दैनिकी संग प्रतक्ष्य सरोकार राख्ने बिषयहरुमा सरकारको पहलकदमी पनि देखिन्छ । तर १२ वर्ष पछि सत्ताको स्वादबाट आफ्नै मुर्खातावस बहिरिएको ओली एमाले घाइते बाघ जस्तो हिंस्रक र असन्तुलित बनिरहेको छ । प्रचण्ड नेतृत्वको सरकारले गरेका हरेक राम्रा कामहरुलाई पनि नियतबस र योजना बद्द तरिकाले गलत प्रचार गराईरहेको छ । आफ्ना एजेन्टहरु परिचालित गरि एकदम कपोलकल्पित र भ्रामक न्युज बनाउने र ब्यापक प्रचार गर्ने नै यिनीहरुको दिनचर्या बनेको छ । अझ प्रचण्डको त हरेक पाइला पाइला कोट्ट्याएर खोजिरहेको छ । हर हालतमा प्रचण्डलाई गलत सावित गर्ने एक मात्र लक्ष्यका साथ् ओलीका एमालेहरु लागिपरेका छन् । यस्तो लाग्छ तिनले प्रचण्डका बिरुद्द प्रचार गर्न छुट्टै प्रोपोगान्डा बिभाग खोलेका छन् । पछिल्लो चरणमा त यो झन् पेचिलो बनेको छ । यस्तै भइरहे प्रचण्डले आची गर्दा एक लोटा पानि धेरै प्रयोग गर्यो भनेर प्रचार नगर्लान भन्न सकिन्न । यिनीहरु यो हदको घृणित र पतित स्तरमा पुगिसकेका छन् ।
जनताले प्रतक्ष्य राहत महसुस गर्ने काम केहि त भएन । मात्र ठुला ठुला अस्वाशन र सनकको भरमा बोलिदिएका कुराले रातारात राष्ट्रवादी बिकास प्रेमी बनिने सायद हाम्रो नेपालमा मात्रै हुन्छ होलादेशलाई एउटा निकाश र बिकाश भन्दा पनि राजनीतिक गतिरोध र मुठभेड तिर धकेल्न भैरहेको प्रयत्नका पछाडी यहि खेमाको हात छ । आफ्नो राजनीतिक सिद्दान्त जनता र कार्यकर्तालाई बुझाएर होइन जिवनभर प्रचण्डलाई गाली गरि गरि हिरो बनाइएका ओली बिना सरम तिनै प्रचण्डले बनाइदिएका प्रधानमन्त्री बने । तर असमझदारी हल गर्न नसकी ९ महिनमै सत्ता बाट ओर्लिन वाध्य भए पछि ओली र तिनका कार्यकर्ता नराम्रो संग बिछिप्त बनेका छन् । तिनीहरु बैचारिक राजनीतिक बहसमा कमजोर देखिए पछि अहिले मात्र भ्रम र कुण्ठाको नीति अपनाईरहेका भेटिन्छन । तर यी सबका वाबजुत प्रचण्ड भने दृढ देखिन्छन । वास्तवमै राजनेतामा हुने पर्ने गुण हिजो शान्ति प्रकृयाको व्यवस्थापन गर्ने सवाल देखी नै उनिमा थियो । आज पनि देखिन्छ । किनभने यो समग्र प्रकृयामा सबभन्दा जिम्मेवार भएर कोहि लागेको छ भने त्यो प्रचण्ड मात्रै हुन् । यसो भनिरहदा लाग्न सक्छ मैले बढाई चढाई लेखें । त्यसो होइन । गहिरो गरी सोच्ने हो भने गिरिजा प्रसाद कोइरालाको मृत्यु पछि आज सम्म अनेकौ पटक आएको राजनीतिक गत्यावरोधको अन्त्य मात्र प्रचण्डको पहल कदमीले सम्भव भएको छ । प्रचण्ड गंभीर र जिम्मेवार हुदैन थिए भने आज नेपाल अर्को भयानक हिंसा र गतिबिहिनता तिर गैसकेको हुने थियो । शान्ति प्रकृया अवरुद्द हुन नदिन उनले ठुलो मुल्य चुकाउनु परेको छ । यो जगजाहेर छ । बरु खरो राष्ट्रवादी बनाइएकाहरु यो प्रकृया बिथोल्ने र देशलाई बिघटन तिर लैजान उद्दत देखिएका छन् । किनभने प्रचण्डलाई जत्तिको यिनीहरुलाई यो देश र जनताको माया छदै छैन । आफुले लडेर प्राप्त भएका उपलब्धी संस्थागत गर्ने र जनताको मुहारमा खुसि छर्ने जति उत्कट अभिलाषा प्रचन्डमा छ त्यो भन्दा धेरै आफु संलग्न नभई नभई मन नपरी नपरी आएको राजनीतिक उपलब्धि सेबोटेज गर्ने कुत्सित पूर्वाग्रह ओली प्यानलमा छ । प्रचण्डलाई त लाज गालले पनि एउटा बाध्यता छ । हिजो भनिएका देखाइएका सपना पुरा गर्ने तिर अघि बढ्नै पर्ने छ । तर यिनलाई न कुनै बाध्यता छ न अवश्यकता । यिनलाई जनयुद्द र जन आन्दोलनले निर्देश गरेका एजेन्डा हर हालतमा गलत सावित गराउनु छ । प्रचण्डलाई गलत सावित गराई हिजोको राजा शाही नै ठिक थियो आफ्नो लुटतन्त्र नै बरु सहि थियो भनि आम जनताको आँखामा छारो छ्याप्ने नियोजित योजना छ ।
माओवादी जन बिद्रोहको पृष्टभूमिमा तिनै एमालेका नेता रास्ट्रपति बनेकी छन् । एमालेका ३ जना नेता प्रधानमन्त्री बनेका छन् । राजा शाहीको पाउमा दाम चढाइ धनुस्टन्कार दन्डवत् गर्नु पर्ने यथार्थ बाट गणतन्त्र नेपालको कार्यकारी बन्न पाउने बिरासतमा अाइपुगेका छन्खड्ग ओलीलाई \'राष्ट्रवादी\' के ले बनायो ? कि उखान टुक्का मिश्रित गफले कि ओलीको ९ महिने कार्यकालमा ३५ लाखको नास्ता पानी पचाउने \'पत्रकार\'ले । जनताले प्रतक्ष्य राहत महसुस गर्ने काम केहि त भएन । मात्र ठुला ठुला अस्वाशन र सनकको भरमा बोलिदिएका कुराले रातारात राष्ट्रवादी बिकास प्रेमी बनिने सायद हाम्रो नेपालमा मात्रै हुन्छ होला । यदि साचिकै ओली बिकास प्रेमी राष्ट्रवादी हुन्थे भने उनि आफ्नै सहभागिता र सहमतिमा भएका बिभिन्न राष्ट्रघाती सन्धि खारेजीका बारे २ शब्द भए पनि बोल्दथे । अथवा आत्मआलोचना गर्दथे । उनले त्यसो गरेनन । हाँकेका ठुला ठुला गफ जब काम गरेर देखाउने बेला भयो । उनि अवाक भए । परिक्ष्याको बेला आएको थाहा हुना साथ् उनलाई यो सत्ता बोझ लाग्न थाल्यो । यस्तो बेला राजिनामा दिएर हिड्दा उनको \'राष्ट्रवादी\' \'बिकास प्रेमी\' छवि नामेट हुने निश्चित थियो । सत्ता घटक माओवादीलाई तथानाम गाली गर्ने तथा भड्काउने र सरकार छोडेर जान बाध्य पार्ने उनको खुफिया रणनीतिले जब काम गर्यो । तब सबै दोष माओवादीको टाउकोमा थुपारेर आफु अब्बल दर्जाको राष्ट्रवादी बन्ने सौभाग्य मिल्यो । यसरि प्रधानमन्त्री पनि माओवादीको निगाहमा बन्न पाइयो राष्ट्रवादी पनि तिनै माओवादीले सरकार छोडेर गए पछि भइयो । आज हामी नेपालीको बिडम्बना मान्नु पर्दछ । जसले देश र जनताका खातिर मृत्यु जितेर आयो त्यसलाई अनेक उपमा हाली खुइल्याउने प्रयत्न हुदै छ । जसले सामन्ती एकात्मक राज्य ब्यवस्था बिरुद्द आम मजदुर, किसान, दलित, उत्पीडित, महिला, मुश्लिम लगाएत समाजका सम्पूर्ण तह तप्कालाई आफ्ना अधिकारका निम्ति जागरुक बनायो उसैलाई चेप्ने प्रयत्नहरु हुदै गरेका लक्ष्यण देखिदै छन् । जो सँग यो देश अनि जनताको सर्वोत्तर हित मात्रै गर्ने रोड म्याप छ तिनैका बिरुद्द दलाल मिडियाहरुको धावा छ । मिडियामा पहुच भएकाहरु दिग्भ्रमित छन् । तर वास्तविकता के हो भने आजका दिन सम्म नेपाल प्रचण्ड अनि माओवादी केन्द्रको एजेन्डामा हिडेको छ । माओवादी जन बिद्रोहको पृष्टभूमिमा तिनै एमालेका नेता रास्ट्रपति बनेकी छन् । एमालेका ३ जना नेता प्रधानमन्त्री बनेका छन् । राजा शाहीको पाउमा दाम चढाइ धनुस्टन्कार दन्डवत् गर्नु पर्ने यथार्थ बाट गणतन्त्र नेपालको कार्यकारी बन्न पाउने बिरासतमा अाइपुगेका छन् । तसर्थ प्रचण्डहरुले लडेर ल्याइदिएको गणतन्त्रमा बसेर प्रचण्डहरुलाई नै धिक्कार्ने र बिष बमन गर्ने अधिकार ओलीहरुलाई छैन । प्रचण्डहरु बिदेशिका गोटी बनेका भए त्यस्ताको बुइ चढेर किन सत्ताको स्वाद चाख्न पुग्यौ ? होइन तिमिहरुलाई टेको दिईरहदा सम्म असल राष्ट्रवादी टेको झिक्ने बित्तिकै राष्ट्रघाती हुनेहो भने यो तिमीहरुको मानसिक रोग हो । राष्ट्रवादको पाठ देशका सम्पदा बेचेर दरबार ठड्याउनेहरुले प्रचण्डहरुलाई पढाई रहन पर्दैन । ओली र तिनका पालितहरु सधै जन बिरोधि थिय, हुन् । राष्ट्रघाती थिय, र हुन् । सबैलाई केहि समय भ्रममा छोप्न सकिन्छ तर सधैलाई सबैलाई भ्रमको जालोमा लपेटी राख्न सकिन्न्न । यो तितो सत्य भ्रमको खेतिवाला कृषकहरुले नबिर्सन अत्यन्त जरुरि छ । भ्रम, भ्रम नै हो । झुट, झुट नै हो । सुनकै जलप किन नलगाइएको होस् भ्रम र झुटको खेतीको पटाक्षेप निश्चित छ ।
प्रतिकृया लेख्नुहोस्: