Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

आर्थिक समृद्धिका लागि राजनीतिक लोडसेडिङ हटाउनुपर्छ –उर्जामन्त्री शर्मा

\"\"काठमाडौँ, १२ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन र व्यापार घाटा घटाउन जलविद्युत् क्षेत्रको समग्र विकास जरुरी रहेको बताएका छन् । अनेरास्ववियु ९क्रान्तिकारी० पाटन संयुक्त क्याम्पसले आयोजना गरेको स्वागत, बिदाइ तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि आफूले सानो प्रयास थालनी गरेको र त्यसलाई सफलतामा पु¥याउन समाजका सबै तह र तप्काको उत्तिकै सहयोग जरुरी रहेको बताए । काठमाडौँ उपत्यकालाई मात्रै विद्युत्भार कटौतीमुक्त गर्दा त्यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ भन्दै उनले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको जलविद्युत् क्षेत्रमा सबै नेपालीले सहज रुपमा लगानी गर्न सक्ने गरी कार्यविधि बनाइएको उल्लेख गरे । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा तय गरेर एकाध वर्षभित्र उल्लेख्य मात्रामा जलविद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम अगाडि बढेको जानकारी दिँदै मन्त्री शर्माले केही समयभित्रै बूढीगण्डकी, नलसिंहगाड, अरुण, सुनकोसीजस्ता आयोजना सुरु गर्ने तयारीमा सरकार रहेको बताए । सामान्य रुपमा बिजुली बाल्ने मात्रै नभई आर्थिक समृद्धिका लागि विद्युत्को उपभोगसमेत बढाउनुपर्नेमा जोड दिँदै उनले १० हजार मेगावाट विद्युत् मुलुकभित्रै खपत गर्न सकिने विश्वास व्यक्त गरे । राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए मुलुकको परिवर्तन गर्न कुनै पनि समस्या छैन भन्दै उहाँले त्यसका लागि राजनीतिमा जारी रहेको ‘राजनीतिक लोडसेडिङ’को समेत अन्त्य गर्नुपर्ने बताए । सो अवसरमा पाटन संयुक्त क्याम्पसका प्रमुख अमन श्रेष्ठले प्राज्ञिक क्षेत्रबाट जलविद्युत् क्षेत्रको विकास र आर्थिक समृद्धिका लागिसहयोग गर्न आफूहरु तयार रहेको बताए । अनेरास्ववियु ९क्रान्तिकारी०का उपाध्यक्ष रञ्जित तामाङले सरकारले योजना दिए सम्पूर्ण विद्यार्थीलाई जलविद्युत् क्षेत्रको विकासमा लगाउन आफूहरुले पहल गर्ने बताए । कार्यक्रममा गायक बाबु बोगटीले गीतमार्फत युवा तथा विद्यार्थीलाई सिर्जनशील र सक्रिय बन्न आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending