Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

स्थानीय निर्वाचनको मिति घोषणा र संविधान संशोधन एकसाथ बढाइने

\"\" काठमाडौँ, १२ पुस । सरकारले स्थानीय तह वा निकायको निर्वाचनको मिति घोषणा र संविधान संशोधन प्रस्ताव एकैसाथ लैजान लागेको जानकारी सङ्घीय गठबन्धनमा आबद्ध दललाई गराएको छ । सत्तारूढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संलग्न रहेको सङ्घीय गठबन्धनमा आबद्ध दलबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा स्थानीय निर्वाचनमा सहयोग गर्न प्रमुख सत्तारूढ दलले गठबन्धनलाई आग्रह गरेको हो । जवाफमा गठबन्धनका नेताले संविधान संशोधन प्रस्ताव पारित भए आफूहरु निर्वाचनमा सहभागी हुन तयार रहेको बताएका थिए । छलफललाई निरन्तरता दिने र केही दिनमै निष्कर्षमा पुग्ने गरी आजको बैठक टुङ्गिएको छ । बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई संसद् अवरुद्ध खुला गर्नसमेत आग्रह गरेको छ । बैठकपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि बुधबार एमालेसँग पनि छलफल गरेर निर्वाचनको विषयमा निष्कर्षमा पुग्ने सहमति भएको बताए । “स्थानीय तह वा निकायको निर्वाचन नगरी प्रदेश र केन्द्रको निर्वाचन गर्न नमिल्ने भएकाले वैशाखसम्म स्थानीय निर्वाचन गर्न जरुरी भएकाले त्यसमा सहयोग गर्न आग्रह गर्यौ ” उनले भने । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अर्को वर्ष माघसम्म तीन तहको निर्वाचन गर्नुपर्ने संंवैधानिक बाध्यताका कारण छिट्टै स्थानीय तह वा निकायको निर्वाचन मिति घोषणा गरेर जाने विषयमा आजको बैठक केन्द्रित रहेको जानकारी दिए । तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक दुवै अगाडि बढाइनुपर्ने माग आफूहरुले बैठकमा राखेको बताए । “एमालेका नेताहरुले सबै समस्याको समाधानको थलो संसद् हो भनेर हामीलाई दिन रात उपदेश दिनुहुन्थ्यो, त्यसको पालन उहाँहरुले गर्नुपर्यो” उनले भने । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन भए आफूहरु निर्वाचनमा जान तयार रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending