Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

आइफोनमा टेलिकमको फोरजी नचल्ने

\"\"काठमाडौं, १३ पुस । चर्चित स्मार्टफोन ‘आइफोन’ बोक्ने ग्राहकले सुरु हुने बित्तिकै नेपाल टेलिकमको फोरजी (चौथो पुस्ताको मोबाइल) सेवा चलाउन नपाउने भएका छन् । आजको कान्तिपुरमा खबर छ– नेपाल टेलिकमले समयमै आइफोमा फोरजी चल्ने (कम्प्याटिबल) बनाउन पहल नगरेकाले उपभोक्ताले सुरुमै यो सेवा हुने भएका हुन् । आगामी आइतबार पुस १७ गते (जनवरी १) देखि काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा चलाउन टेलिकम अन्तिम तयारीमा जुटेको छ । त्यसका लागि टेलिकमले केही दिनदेखि प्राविधिक परीक्षण गरिरहेको छ । परीक्षणका क्रममा अमेरिकी ब्रान्ड एप्पलका फोरजी चल्ने मोडलमा समेत टेलिकमको फोरज भने नचलेको हो । ‘टेस्टिङका क्रममा आइफोनका फोरजी कम्प्याटिबल मोडलमा समेत चलनेन,’ टेलिकमका एक प्राविधिकले भने, ‘एप्पलले टेलिकमको नेटवर्कका लागि ‘लोकेसन इनेबल’ नगरिदिएकाले यस्तो भएको हो ।’ उनका अनुसार टेलिकमले पहिले नै फोरजीका लागि आफ्ना उपकरणको सुरक्षामा बढी सचेत एप्पलसँग सम्झौता नगरेकाले यस्तो समस्या आएको हो । तर, एनसेलले भने अनुमति पाउनुपूर्व नै एप्पलसँग यस्तो सम्झौता गरी आफ्नो नेटवर्कको फोरजी सेवा चल्ने बनाइसकेको छ । परीक्षणका क्रममा आइफोनमा फोरजी नचलेर समस्या आएको एप्पलका लागि नेपालको वितरक जेनेरेसन नेक्टका सञ्चालक पवन भिमसेरियाले पुष्टि गरे । ‘एप्पल अरू कम्पनी जस्तो हैन, हरेक कुरामा एप्पलको आफ्नै प्रणाली छ,’ उनले भने, ‘टेलिकमले पहिले फोरजी चलाउनका लागि एप्पललाई आग्रह गर्नुपर्नेमा नगर्दा समस्या आएको हो ।’ आइफोनमा फोरजी नचल्ने देखिएपछि टेलिकमले भिमसेरियालाई फोरजी चल्ने बनाइदिन आग्रह गरेको थियो । ‘हामीले शुक्रबारै एप्पलको मुख्य कार्यालय र सिंगापुर कार्यालयमा अनुरोध गरिसकेका छौं,’ भिमसेरियाले भने, ‘अहिले उता क्रिसमसको बिदा परेकाले रेस्पोन्स आउन कम्तीमा एक साता लाग्ने देखिन्छ ।’ एप्पलले आफ्ना उपकरणमा ‘लोकेसन इनेबल’ गरेपछि मात्र निश्चित प्रविधि चल्ने प्रणाली विकास गरेकाले समस्या भएको टेलिकमका ती अधिकारीले बताए । ‘हरेक सेवा प्रदायकका नेटवर्कको लोकेसन कोड हुन्छ, त्यसलाई इनेबल नगरी आइफोनमा फोरजी नचल्ने रहेछ,’ उनले भने, ‘टेलिकमले त्यसैका लागि अहिले एप्पलसँग अनुरोध गरेको हो ।’ नेपाल टेलिकमको लोकेसन कोड ‘४२९०१’ हो भने एनसेलको ‘४२९०२’ हो । एप्पलले लोकेसन कोड ‘४२९०२’ लाई मात्र ‘इनेबल’ गरेकाले टेलिकमका समस्या देखिएको हो । एनसेल आइफोनको ‘बन्डलिङ पार्टनर’ (सिमकार्डका साथ आइफोन बेच्ने साझेदार) समेत भएकाले उसले पहिले नै ‘लोकेसन इनेबल’ गरिदिएको हो । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले भने त्यस्तो समस्याबारे आफूलाई जानकारी नभएको बताए । ‘मलाई त्यस्तो समस्या आएको जानकारी छैन,’ उनले भने, ‘आएकै भए पनि हामी फोरजी सुरु हुने दिनसम्म समाधान गरी उपभोक्तालाई सेवा दिनेछौं ।’ टेलिकम अधिकारीहरूका अनुसार हाल नेपाल टेलिकमको थ्रिजी (तेस्रो पुस्ताको मोबाइल सेवा) चल्ने सिमकार्ड प्रयोग भएका करिब २ लाखभन्दा बढी आइफोन प्रयोगकर्ता छन् । त्यसमध्ये करिब १ लाख ७० हजार जति आइफोनमा भने फोरजीसमेत चल्ने देखिएको छ । आइफोनका ‘फोर–एस’, ‘फाइभ’, ‘फाइभ–सी’, ‘सिक्स’, ‘सिक्स–एस’, ‘सेभेन’ र ‘सेभेन–प्लस’ मोडलमा फोरजी चल्छ । एप्पल अधिकांश ब्रान्डका मोबाइल सेटमा फोरजी चल्ने बिक्रेताहरूले बताएका छन् । अहिले बजारमा रहेकामध्ये २५ देखि ३० प्रतिशत सेटमा फोरजी चल्ने बिक्रेताहरू बताउँछन् । सरकारले गत कात्तिक ५ गते टेलिकमलाई फोरजी सेवा सञ्चालनको अनुमति दिएको थियो । अनुमतिअनुसार टेलिकमले आइतबारदेखि देखि फोरजी सेवा सुरु गर्नुपर्नेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy