पौष १३ गते, २०७३ बुधवार 28th December, 2016 Wed०६:२७:४५ मा प्रकाशित
काठमाडौं, १३ पुस ।अम्पायरले चौका नदिएपछि एपिएफको महिला क्रिकेट टोलीले फाइनल खेल बहिष्कार गरेको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक भिडन्तमा मंगलबार राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफले पूर्वाञ्चलको सामना गरेको थियो ।
आजको नयाँ पत्रिकामा खबर छ– एपिएफले खेल बहिष्कार गरेपछि प्राविधिक टोलीले पूर्वाञ्चललाई च्याम्पियन घोषणा गरेको छ । एपिएफका खेलाडीले रजत पदकसमेत बहिष्कार गरे ।
‘बल बाउन्ड्रीमा गएको छैन’
पूर्वाञ्चलले एपिएफलाई ६५ रनको लक्ष्य दिएको थियो । एपिएफलाई अन्तिम १२ बलमा १३ रन चाहिएको थियो । एपिएफसँग दुई विकेट बाँकी थियो । लक्ष्य पछ्याएको इनिङको १८औँ ओभरमा पूर्वाञ्चलकी कप्तान कविता गौतमले बलिङ गरेकी थिइन् । १८।४ बलमा एपिएफकी रितु कनौजियाले आकर्षक सट प्रहार गरिन् । बाउन्ड्री लाइनमा पूर्वाञ्चलकी फिल्डर अप्सरा वेगमले रितुद्वारा प्रहार बल समात्न सकिनन् । बल बाउन्ड्री घेरिएको डोरीनजिक खस्यो । त्यसपछि वेगम बललाई खुट्टाले रोक्दै बाउन्ड्री बाहिर गइन् र डोरी नाघ्दै बल टिप्दै क्रिजतर्फ फ्याँकिदिइन् ।
अम्पायर अधिद प्रधानले वेगमलाई बलले बाउन्ड्री लाइनको डोरीमा छोएको वा नछोएको भनी सोधे । वेगमले बल बाउन्ड्री लाइनभन्दा बाहिर नगएको बताइन् । अम्पायर प्रधानले वेगमकै कुरा सही माने । यतिवेलासम्म एपिएफका खेलाडी शान्त नै थिए । एपिएफले थप दुई बल खेल्यो । गौतमले दुवै बल वाइडका रूपमा फ्याँकिन् ।
अनि सुरु भयो विवाद
पूर्वाञ्चलकी खेलाडी गौतमले १८औँ ओभरको अन्तिम दुई बल वाइड फ्याँकेपछि एपिएफका खेलाडी विवादमा उत्रिए । अम्पायर र विपक्षी खेलाडीबीच मिलेमतो भएको दाबी गर्दै एपिएफका खेलाडीले मैदान छाडे । आयोजक र प्राविधिक पक्षले एपिएफका खेलाडीलाई सम्झाउने धेरै कोसिस गरेका थिए । आधा घन्टासम्म पनि एपिएफका खेलाडी मैदानमा आएनन् । फाइनल खेलका म्याच कमिस्नर सत्यजित सरकारले अन्तिम चेतावनी दिँदै एपिएफलाई पाँच मिनेटभित्र मैदानमा फर्कन र खेल्न आग्रह गरे । तर, एपिएफका ब्याट्सम्यान क्रिजमा फर्केनन् । म्याच कमिस्नर सरकारले पूर्वाञ्चललाई चार रनले विजयी घोषणा गरे ।
फरक तर्क
फाइनल खेल बहिष्कार गरेका एपिएफकी खेलाडी बिनु बुढामगरले आफूलाई अम्पायरले अन्याय गरेको प्रतिक्रिया दिएकी छिन् । ‘हामीहरूलाई अम्पायरले अन्याय गरेका छन्, त्यो बल चौका नै थियो, तर खेलाडीको झुटो कुरा सुनी चौका दिइएन,’ बुढामगरले भनिन्, ‘हामीले सत्यको पक्ष मात्र लिएका हौँ ।’
पूर्वाञ्चलकी कप्तान गौतमले एपिएफले सहभागिता जनाएको भए जित्ने सम्भावना रहेको बताइन् । ‘खेलमा हार र जित हुन्छ नै, तर सधैँ जित हुन्छ भन्ने छैन, एपिएफका खेलाडीले प्रतिस्पर्धा गर्दा जित हात पार्न सक्थे,’ गौतमले भनिन्, ‘अन्तर्राष्ट्रियस्तरका खेलाडीले खेल बहिष्कार गर्नु राम्रो होइन, यसले भविष्यमा आउने खेलाडीलाई राम्रो सन्देश दिँदैन ।’
एपिएफका खेलाडी अपशब्द बोल्दै मैदानबाट बाहिरिए
म्याच कमिस्नर सरकारले पूर्वाञ्चललाई विजयी घोषणा गरेपछि एपिएफका खेलाडी थप आक्रोशित भए । पूर्वाञ्चलका खेलाडीलाई अपशब्द प्रयोग गर्दैै एपिएफका खेलाडी मैदानबाट बाहिरिए । राष्ट्रिय टोलीकै सिनियर क्रिकेटर सीता रानामगरले विपक्षी खेलाडीलाई ‘माझी औँला’ देखाउँदै अपशब्द प्रयोग गरिन् । पूर्वाञ्चलका खेलाडीले एपिएफका खेलाडीहरूको व्यवहारप्रति कुनै प्रतिक्रिया भने दिएनन् ।
हामी रकम दिन्छौँ
एपिएफका खेलाडीहरूको रिस त्यतिमै सीमित रहेन । उनीहरूले पूर्वाञ्चलका खेलाडीलाई पैसाको लोभी भन्ने आरोपसमेत लगाए । ‘तिमीहरूसँग पैसा छैन भने हामी हाम्रो तलबबाटै दिन्छौँ, भन कति चाहिन्छ रु’ राष्ट्रिय टोलीकी सिनियर खेलाडी रानामगरले माझी औँला देखाउँदै भनिन् ।
सदस्यसचिव विष्ट फर्के
महिला क्रिकेट फाइनलपछि पदक वितरण गर्न गएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट बीचबाटै हिँडेका छन् । विवाद उत्पन्न नहुँदासम्म उनी मञ्चमै थिए । विवाद बढ्दै गएपछि उनी अन्यत्र लागे ।
यसरी भयो विवाद
पूर्वाञ्चलले एपिएफलाई ६५ रनको लक्ष्य दिएको थियो । एपिएफलाई अन्तिम १२ बलमा १३ रन चाहिएको थियो । एपिएफसँग दुई विकेट बाँकी थियो । लक्ष्य पछ्याएको इनिङको १८औँ ओभरमा पूर्वाञ्चलकी कप्तान कविता गौतमले बलिङ गरेकी थिइन् । १८।४ बलमा एपिएफकी रितु कनौजियाले आकर्षक सट प्रहार गरिन् । बाउन्ड्री लाइनमा पूर्वाञ्चलकी फिल्डर अप्सरा वेगमले रितुद्वारा प्रहार बल समात्न सकिनन् । बल बाउन्ड्री घेरिएको डोरीनजिक खस्यो । त्यसपछि वेगम बललाई खुट्टाले रोक्दै बाउन्ड्री बाहिर गइन् र डोरी नाघ्दै बल टिप्दै क्रिजतर्फ फ्याँकिन् ।
अम्पायर अधिद प्रधानले वेगमलाई बलले बाउन्ड्री लाइनको डोरीमा छोएको वा नछोएको भनी सोधे । वेगमले बल बाउन्ड्री लाइनभन्दा बाहिर नगएको बताइन् । अम्पायर प्रधानले वेगमकै कुरा सही माने । यतिवेलासम्म एपिएफका खेलाडी शान्त नै थिए । एपिएफले थप दुई बल खेल्यो । गौतमले दुवै बल वाइडका रूपमा फ्याँकिन् ।
पूर्वाञ्चलकी खेलाडी गौतमले १८औँ ओभरको अन्तिम दुई बल वाइड फ्याँकेपछि एपिएफका खेलाडी विवादमा उत्रिए । अम्पायर र विपक्षी खेलाडीबीच मिलेमतो भएको दाबी गर्दै एपिएफका खेलाडीले मैदान छाडे । आयोजक र प्राविधिक पक्षले एपिएफका खेलाडीलाई सम्झाउने धेरै कोसिस गरेका थिए । आधा घन्टासम्म पनि एपिएफका खेलाडी मैदानमा आएनन् । फाइनल खेलका म्याच कमिस्नर सत्यजित सरकारले अन्तिम चेतावनी दिँदै एपिएफलाई पाँच मिनेटभित्र मैदानमा फर्कन र खेल्न आग्रह गरे । तर, एपिएफका ब्याट्सम्यान क्रिजमा फर्केनन् । म्याच कमिस्नर सरकारले पूर्वाञ्चललाई चार रनले विजयी घोषणा गरे ।
अन्तर्राष्ट्रिय खेलमा भए ठूलो कारबाहीदेवेन्द्र सुवेदी, आइसिसी अम्पायर
क्रिकेटमा यस किसिमको विवाद आउँदा अम्पायरले फोर फिक्सल नियम लागू गर्छन् । अम्पायरले बाउन्ड्री लाइनमा बल चौका वा छक्का भएको छुट्याउन नसक्ने अवस्थामा फिल्ड अम्पायरले फिल्डिङ गरिरहेका खेलाडीसँगै बलले बाउन्ड्री छोएको वा नछोएको सोध्ने गर्छन् । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा विश्वस्तरीय अम्पायरहरूले पनि फिल्डमा रहेका खेलाडीसँगै यस्तै प्रश्न गरेको देखेका छौँ ।
एपिएफ र पूर्वाञ्चलबीचको खेलमा फिल्ड अम्पायरले त्यही अन्तर्राष्ट्रिय नियम पालना गरेको पाएको छु । सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला फाइनल भएको स्थानमा बाउन्ड्री लाइन पनि सानो छ । त्यहाँ कुनै प्रविधि छैन । टेलिभिजन रिप्ले व्यवस्था भएको भए विवाद आउँदैनथ्यो कि रु तर, खेलाडी मैदान छाडेर जान पाउँदैन । यस्तो व्यवहार क्रिकेटका लागि निकै दुर्भाग्य हो । इंग्ल्यान्डमा पनि यस्तै घटना हुँदा अम्पायरले त्यही नियम लागू गरेका थिए ।
एपिएफले थप दुई बल खेलेको थियो । त्यसवेलासम्म केही भएको थिएन । मैदानबाहिर बसेका व्यवस्थापन पक्षले खेलाडीहरूलाई फिर्ता बोलाएको देखिन्छ । यसमा दोषी व्यवस्थापन पक्षकै देखिन्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीले मैदान छाडेर जाँदा सम्बन्धित निकायले उनीहरूलाई प्रतिबन्ध लगाउनेदेखि जरिवानासमेत गर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: