Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

नेपालले एसिया कप छनोट खेल्न पाउने

\"\"काठमाडौं, १३ पुस । नेपाली राष्ट्रिय फुटबल टिम सन् २०१७–२०१८ का लागि व्यस्त वर्ष रहने भएको छ । नेपालले एसिया कप छनोट खेल्ने भएपछि राष्ट्रिय टिमको कार्यक्रम बढ्ने भएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राखेको एसिया कप छनोट खेल्ने प्रस्तावलाई स्वीकारेको हो । आजको कान्तिपुरमा खबर छ– छनोटको तेस्रो चरणका दुई टिम कुवेत र ग्वाम अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एएफसीको कारवाहीमा परेपछि नेपालको भाग्य खुलेको हो । नेपालसँगै मकाउले यो सम्भावना पाउनेछ । सोलिडारिटी कपको विजेता र उपविजेताका रूपमा नेपाल तथा मकाउले यो अवसर पाएका हुन् । नेपाल यसअघि नै विश्वकप र एसिया कप छनोटको प्लेअफबाटै बाहिरिइसकेको भए पनि अहिले नयाँ अवसर प्राप्त भएको हो । त्यति बेला नेपाल छनोटको सुरुवाती चरणमा भारतसँग पराजित भएको थियो । अब नेपालले छनोटको तेस्रो चरण खेल्नेछ । सन् २०१९ मा यूएईमा हुने एसिया कपमा अहिलेसम्म १२ टिम छनोट भइसकेका छन् । प्रतियोतिगामा कुल २४ टिमले सहभागिता जनाउने छन् । अब छनोट हुने १२ टिमको निर्णय हुन बाँकी छ । तेस्रो चरणमा २४ टिम छन् । यी टिमलाई ६ समूहमा विभाजन गरिनेछ । त्यसयता तिनीहरूले होम एन्ड अवेका आधारमा समूहको लिग खेल खेल्नेछन् । एन्फाका अनुसार एसिया कप छनोटका ड्र जनवरी २३ मा हुनेछ । यी खेल एक वर्ष चल्नेछ । लिग खेल सन् २०१७ को मार्च २८ मा सुरु भएर सन् २०१८ को मार्च २७ सम्म चल्नेछ । नेपालले पछिल्लो पटक सन् २००४ को एसिया कप छनोट खेलेको थियो । त्यसमा दक्षिण कोरिया, ओमान, भियतनाम जस्ता टिमसँग ठूलो अन्तरको हार बेहोरे यता नेपालले फेरि दोहोर्‍याएर छनोट खेलेको छैन । छनोटमा नेपालले राम्रो प्रदर्शन गर्ने हो भने टिमको एसिया कपको अन्तिम चरण खेल्ने सम्भावना पनि पाउन सक्नेछ । एसिया कपमा सहभागी हुने टिमको संख्या बढाएर पहिलोपल्ट २४ देश पुर्‍याएपछि यो सम्भावना रहेको हो । एसिया कप छनोट तेस्रो चरणको ड्र भने आउने बाँकी छ । एएफसीको वेबसाइटका अनुसार सुरुवाती ड्र जनवरी १८ मा निकालिनेछ । छनोटको तेस्रो चरण खेल्ने टिममा जोर्डन, ओमान, फिलिपिन्स, बहराइन, किर्गिस्तान, उत्तर कोरिया, भारत, प्यालेस्टाइन, ताजकिस्तान, भियतनाम, हङकङ र तुर्कमेनिस्तान छन् । अरू टिममा माल्दिभ्स, लेबनान, यमन, अफगानिस्तान, चाइनिज ताइपेई, म्यानमार, मलेसिया, सिंगापुर, कम्बोडिया र भुटान छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy