Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

स्वास्थ्यमन्त्री गगनका नजरमा ६ युवानेता

\"\"पछिल्लो समय राजनीतिप्रति वितृष्णा बढे पनि स्वास्थ्यमन्त्री गगन थापा युवानेताका रूपमा रुचाइएका छन् । यी नेताले आफ्ना समकालीन तथा अरू युवानेतालाई कसरी चिन्छन् त ? थापाले अलग–अलग पार्टीका ६ युवानेता छाने र उनीहरूबारे भने : जिम्मेवारी पूरा गरेरै छाड्ने प्रदीप पौडेल प्रदीप पौडेलसँगको मेरो संगत स्कुले जीवनदेखिकै हो । उनी मिहिनेती छन् । आफूलाई दिएको जिम्मेवारी जसरी पनि पूरा गर्ने उनको स्वभाव छ । उनको अर्को राम्रो पक्ष के हो भने उनी नजानेको विषय सिक्न संकोच मान्दैनन् । उनी सरल छन् । र, जोसुकैसँग पनि घुलमिल हुन सक्छन् । उनीसँगको संगत वर्षौंसम्म पनि समान रहन्छ । जेनेरेसनकै ह्यान्डसम योगेश भट्टराई उमेरमा जेठो भएकाले उहाँलाई म योगेश दाइ भन्छु । उहाँकोे व्यक्तिगत जीवनशैली पनि राम्रो छ, सधैँ एउटै । उहाँलाई म यो ‘जेनेरेसन’कै ‘ह्यान्डसम’ नेता भन्न रुचाउँछु । उहाँको आफूलाई सधैँ ‘मेन्टेन’ गर्ने जुन शैली छ,त्योबाट हाम्रो पुस्ताले सिक्नुपर्छ । उहाँमा ‘पोलिटिकल क्लारिटी’ छ र सँगसँगै ‘स्ट्यान्ड’ पनि । अन्तरपार्टी छलफलमा पनि उहाँ सहज हुनुहुन्छ । उहाँको सबभन्दा राम्रो ‘क्वालिटी’ भनेको ‘क्रसपार्टी’ काम गर्न सक्नु हो । झोँकी तर कामका भोका जनार्दन शर्मा जनार्दन शर्मा भूमिगत हुँदादेखि नै मैले ‘फलो’ गरेँ । उहाँ झोँकी स्वभावका लाग्नुहुन्छ । तर, उहाँको काम गर्ने भोक गज्जबको छ । कामप्रति लगाव छ । संसदीय समितिमा छलफल भएका विषयमा उहाँ मन्त्रिपरिषद्मा लड्नुहुन्छ । उहाँ हरेक विषयमा खरो उत्रिने मान्छे हो। वाकशैली गज्जब भएकी अनुराधा थापामगर नेपाल मजदुर किसान पार्टीको विशेषता नै हो– संसदीय अभ्यासलाई भरपुर उपयोग गर्ने । पार्टीगत हिसाबले आधारभूत कुरामा उहाँहरूसँग असहमति भए पनि उहाँहरूको प्रस्तुति सम्मानलायक छ । यही दलकी सांसद अनुराधाजीको पनि छुट्टै प्रभाव छ । उहाँ संसद्मा उठाउने विषयमाथि गम्भीर अध्ययन गर्नुहुन्छ । उहाँको प्रस्तुतिको शैली लिखित बोलीझैँ एकदमै ‘हेभी’ लाग्छ । पूर्वतयारीसाथ भएकाले पनि होला, उहाँको वाककला लोभलाग्दो छ । उहाँ विषयप्रति गम्भीर, कामप्रति समर्पित लाग्छ । मधेसप्रति लगाव भएका मनीषकुमार सुमन मनीषकुमार सुमनमा मधेसी मुद्दाप्रति भित्रैदेखि लगाव छ । देखाउन मात्र नभएर उहाँ मधेसप्रति साँच्चै संवेदनशील भएर ‘अजेन्डा’ उठाउनुहुन्छ । बल्झाउने वा ‘बार्गेनिङ’ गर्नेभन्दा पनि उहाँमा समस्या समाधान गर्ने ‘नेचर’ छ । अहिलेको राजनीतिमा अर्काको जुत्तामा आफ्नो खुट्टा पनि हाल्न सक्ने स्वभावको युवा नेता चाहिएको छ । यो विशेषता मनीषमा छ । समन्वयकारी अइन्द्रसुन्दर नेम्वाङ अइन्द्रसुन्दर नेम्वाङसँग मेरो चिनजान भएको लामो समय भयो । संविधासभाको मस्यौदा तयार पार्दा मैले उहाँसँगै काम पनि गरेँ । उहाँ संयोजक रहेको मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र आयोगसम्बन्धी उपसमितिको म सदस्य थिएँ । त्यही आधारमा मलाई उहाँ अत्यन्त समन्वयकारी लाग्यो । उहाँमा फरक–फरक राजनीतिक धारलाई मिलाउन सक्ने क्षमता छ । उहाँले भरसक सबैलाई मिलाएर लाने कोसिस गर्नुभयो । सानो पार्टीको युवा नेता हुनुका बाबजुद उहाँमा राष्ट्रिय नेतामा हुनुपर्ने गुण छन् । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy