Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

उपनिर्वाचनको तयारी अन्तिम चरणमा

बागलुङ, यही चैत २८ गते बागलुङ क्षेत्र नं १ मा हुने संविधानसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सञ्चालन र व्यवस्थापनको काम तीव्र रुपमा अघि बढेको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन गराउन आयोग अन्तिम तयारीमा जुटेको आयुक्त दोलखबहादुर गुरुङले बताए ।

मतदानको मिति नजिकिँदै गर्दा आयोग बागलुङ क्षेत्र नं १ मा केन्द्रित बनेको छ । प्रमुख निर्वाचन आयुक्तदेखि आयुक्तलगायत आयोगका पदाधिकारी उपनिर्वाचन तयारीका क्रममा यहाँ आउने क्रम छ ।

राजनीतिक दल, सुरक्षा निकाय, निर्वाचनमा खटिने कर्मचारी र पत्रकारलाई अभिमुखीकरण गरिएकोे छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई विद्युतीय मतदान उपकरणबारे प्रशिक्षण दिइएको छ । यही चैत २६ गतेभित्र सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुगिसक्ने जनाइएको छ । चिट्ठा प्रणालीबाट मतदान अधिकृत मतदान केन्द्रमा खटिने भएका छन् ।

निर्वाचनमा सूक्ष्म र बृहत् अनुगमनको व्यवस्था मिलाइएको आयुक्त गुरुङले बताए । \'निर्वाचन व्यवस्थापन र सञ्चालनमा कुनै कमी हुने छैन, हामी उपनिर्वाचनलाई नमुना बनाउँछौँ\' गुरुङले भने \'बागलुङ क्षेत्र नं १ को उपनिर्वाचन अनुकरणीय खालको बन्नेछ ।\' दुई संस्थाबाट पर्यवेक्षण निर्वाचनको पर्यवेक्षणका लागि नागरिक अनुगमन समाज र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले अनुमति पाएका छन् । दुवै संस्थाबाट ६० पर्यवेक्षक निर्वाचनमा खटिनेछन् ।

विद्युतीय मतदान उपकरणबारे मतदातालाई सुसूचित गर्न विभिन्न स्थानमा ‘नमुना मतदान’ पनि सञ्चालन भइहेका छन् । महिना दिनअघिदेखि नै गाउँ गाउँ खटिएका निर्वाचन शिक्षा कार्यकर्ता र स्वयम्सेवकले पनि मतदाता शिक्षा चलाइरहेका छन् ।

निर्वाचन केन्द्रित बेग्लै सुरक्षा रणनीति बनाइएको छ । निर्वाचनमा सुरुक्षाको पूर्ण प्रत्याभूति दिन सुरक्षा निकायलाई आग्रह गरिएको आयुक्त गुरुङले बताउनुभयो । निर्वाचन आचारसंहिता पालनामा पनि कडाइ गरिएको छ ।

आचारसंहिता उल्लङ्घनका घटना भए त्यसलाई तुरुन्त रोकिने र दोषीलाई कारबाही गरिने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद जोशीले बताए। आयोगकै सक्रियतामा पर्चा, तुल हटाइएको र चर्को आवाजमा माइकिङ गर्ने कार्यमा रोक लगाइएको छ ।

उपनिर्वाचनमा सहभागी दल प्रचारप्रसारमा व्यस्त छन् । उपनिर्वाचनको सरगर्मी ह्वात्तै बढेर गएको छ । दलका चुनावी अभियान र सभामा केन्द्रीयस्तरका नेता आउने क्रम पनि बढेको छ ।

दश राजनीतिक दलका र तीन स्वतन्त्र गरी १३ उम्मेदवार चुनावी मैदानमा छन् । उन्नाइस गाविससहित एक नगरपालिका रहेको यस क्षेत्रमा ३५ मतदानस्थल र ७० मतदान केन्द तोकिएको छ ।

कुल मतदाता सङ्ख्या ५२ हजार २०२ रहेकामा पुरुष २३ हजार ७२४ र महिला २८ हजार ४६० छन् । आयोगले मतदानको दर अन्य उपनिर्वाचनमा भन्दा बढ्ने विश्वास लिएको छ । यस क्षेत्रमा पहिलोपटक विद्युतीय मतदान उपकरण प्रयोग हुन लागेको छ, जसका कारण निर्वाचनको नतिजा पनि छिटो आउनेछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies