Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

जागिरको प्रलोभन देखाएर मिर्गौला चोरी

\"\"काठमाडौं, १५ पुस । रोजगारी प्रलोभनमा गत साउनमा भारत पुगेका चितवनका दीपक नेपाली एक्कासि बेहोस भए । ब्युँझदा उनी अस्पतालको शय्यामा थिए । उनको काखीमा अप्रेसन गरिएको थियो । आजको नयाँ पत्रिकामा खबर छ– ‘तिमीलाई त गुन्डाहरूले छुरा हाने नि,’ रोजगारीको प्रलोभनमा दिल्लीमा पुर्‍याएका साथी विकास तिमिल्सिनाले नेपालीलाई भने, ‘हामीले यहाँ ल्याएर उपचार गर्दै आएका छौँ ।’ रोजगारीका लागि ल्याएका साथीले नै त्यसरी उपचार गरी ज्यान बचाइदिएकोमा उनी खुसी भए । उपचारपछि उनी घर फर्किए । तर, नेपाली २७ मंसिरमा चितवनको गीतानगरस्थित घरमा बेहोस भएर ढले । परिवारले उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा पुर्‍याए । चेकजाँचपछि चिकित्सकले भने, ‘तपाईंको त एउटा मिर्गौला नै छैन ।’ उनी छाँगाबाट खसेजस्तै भए । गुन्डाले छुरी हानेको भनेर उपचार गरिदिने साथीले नै योजनाबद्ध रूपमा बेहोस बनाएर मिर्गौला चोरी गरेको उनले थाहा पाए । रोजगारीको प्रलोभनमा भारतमा पुर्‍याएर तिमिल्सिनाले उनको मिर्गौला बिक्री गरेका थिए । तिमिल्सिना मिर्गौला तस्करीका नाइके रहेको प्रहरीले जनाएको छ । नेपालीले प्रहरीमा उजुरी दिएपछि तिमिल्सिनासहित तीनजनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । काभ्रे महादेवस्थानका तिमिल्सिनासहित दोलखाका प्रकाश बस्नेत र कास्की दाङसिंका भीमप्रसाद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले रोजगारीमा लगाउने भन्दै निम्न आय भएका व्यक्तिलाई भारत पुर्‍याएर बेहोस बनाई मिर्गौला निकाल्दै आएको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । काठमाडौंमै गिरोह सक्रिय मिर्गौला तस्करीमा संलग्न गिरोह काठमाडौंमा सक्रिय रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दोलखाका प्रकाश बस्नेत ग्राहक खोज्ने व्यक्ति हुन् । भारतमै मिर्गौला बिक्री गर्ने र उतै प्रत्यारोपण हुने गरेको छ । काठमाडौंका अस्पतालहरूमा सम्पर्क राखी बस्नेतले ग्राहकहरू खोज्दै आएका थिए । मिर्गौला बेच्ने र किन्ने दुवै व्यक्तिबीच डिल गरेर भारतमा लगेर कारोबार हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । वर्षौंदेखि चल्दै आएको धन्दा गरिब नेपालीलाई भारतमा पुर्‍याएर मिर्गौला बिक्री गराउने धन्दा वर्षौँदेखि चल्दै आएको छ । यसअघि काभ्रेको होक्सेका एक सयभन्दा धेरै सर्वसाधारणलाई त्यसरी भारतमा पुर्‍याएर मिर्गौला बिक्री गरिएको थियो । शरीरमा दुईवटा मिर्गौला भएकाले एउटा बिक्री गर्दा केही नहुने भन्दै आर्थिक प्रभावमा पारेर मिर्गौला तस्करी हुँदै आएको छ । यसमा नेपालका कतिपय चिकित्सकसमेत संलग्न रहेको प्रहरी दाबी छ । मिर्गौला तस्करीका नाइके भारतीय चिकित्सक डा. अमित कुमारलाई प्रहरीले आठ वर्षअघि चितवनमा पक्राउ गरेको थियो । रेडकर्नर नोटिसमा रहेका उनलाई प्रहरीले भारतीय प्रहरीलाई बुझाएको थियो । त्यसयता मिर्गौला तस्करीमा संलग्न विभिन्न गिरोहहरू पक्राउ परिसकेका छन् । मिर्गौला तस्करी गर्ने समूह पछिल्लो समय चितवन, कास्की र कैलालीमा सक्रिय रहेको अपराध महाशाखाले जनाएको छ । आफ्नै मिर्गौला बिक्रीपछि तस्करीमा पक्राउ परेका कास्की दाङसिंका भीमप्रसाद न्यौपानेले तीन वर्षअघि आफ्नै मिर्गौला बिक्री गरेका थिए । त्यसपछि उनले पैसा कमाउन अन्य व्यक्तिलाई समेत मिर्गौला बेच्न प्रोत्साहित गरेर कमिसन खाँदै आएको प्रहरीले जनाएको छ । उनलाई महाशाखाले पोखराबाट पक्राउ गरेको थियो । गौशालादेखि फरिदाबादसम्म गोरखा स्थायी ठेगाना भई चितवन घर भएका नेपालीले पोखरामा मदजुरी गर्ने गरेका थिए । कामकै क्रममा चिनजान भएका अमृत गुरुङले उनलाई काठमाडौंमा गएर काम गरे धेरै कमाइ हुने भन्दै भीमप्रसाद न्यौपानेसँग भेट गराएका थिए । न्यौपानेले नेपालीलाई काठमाडौं ल्याएर तिमिल्सिनालाई चिनाए । तिमिल्सिनाले उनलाई नेपालमा भन्दा भारतमा राम्रो कमाइ हुने प्रलोभन देखाएका थिए । प्रहरीका अनुसार भेटपछि उनीहरूले गौशालाको एक होटेलमा मदिरा पिएका थिए । मदिरा पिउँदै दिल्ली जाने सल्लाह भएको थियो । दिल्लीमा पुगेपछि उनी होटेलमै बेहोस भएका थिए । तिमिल्सिनाले मदिरामा बेहोस हुने पदार्थ मिसाएर खुवाएका थिए । होटेलबाट नेपालीलाई एक क्लिनिकमा पुर्‍याइएको प्रहरीले जनाएको छ । क्लिनिकमा बेहोस हुने थप औषधि खुवाएर नेपालीको एउटा मिर्गौला निकालिएको थियो । बेहोस हुँदा छेउमा उनै तिमिल्सिना थिए । जसले गुन्डाले आक्रमण गरेको बताएका थिए । तिमिल्सिनाकै सहयोगमा नेपाली घर फर्किएका थिए । फर्किएपछि तिमिल्सिनाले थप उपचार गर्न २८ हजार रुपैयाँसमेत दिएको प्रहरीले जनाएको छ । ‘विनाकारण किन पैसा दियो भनेर मलाई अचम्म लागिरहेको थियो,’ बिहीबार प्रहरी कार्यालयमा भेटिएका नेपालीले भने, ‘अस्पतालमा डाक्टरहरूले तपाईंको एउटा मिर्गौला झिकिएको छ भनेपछि मात्र वास्तविकता थाहा पाएँ ।’ महाशाखाका एसएसपी खनालका अनुसार तिमिल्सिनाको समूहले तीन लाखदेखि पाँच लाख रुपैयाँसम्ममा नेपालीको मिर्गौला बिक्री गरेका थिए । हालसम्म प्रहरीमा पुगेका पाँच घटनामा रोजगारीको प्रलोभनमा भारत पुर्‍याएर बेहोस बनाई मिर्गौला तस्करी गरेको खुलेको खनालको भनाइ छ । ‘विगतमा आर्थिक प्रलोभनमा पारेर मिर्गौला तस्करी हुने गरेको थियो,’ एसएसपी खनालले भने, ‘अहिले झुक्याएर यस्तो धन्दा हुन थालेको छ ।’ तिमिल्सिना गिरोहका केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy