Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

मधेसी मोर्चालाई फकाउँदै कांग्रेस, आशंका नगर्न मोर्चालाई देउवाको आग्रह

\"\"काठमाडौं, १६ पुस । सत्तारुढ कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक अघि बढाउन सहमत भएका छन् । संसद्मा पेस गर्नुअघि एमालेसँग पुनः छलफल गर्ने समझदारी पनि उनीहरूबीच भएको छ । आजको नयाँ पत्रिकामा खबर छ– कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठक संसद् अवरोध भइरहे पनि संशोधन प्रस्ताव पेस गर्ने निष्कर्षमा पुगेको छ । ‘सहज होस् भनेर लामो समय एमालेलाई कुरेका हौँ । एमाले निर्वाचन चाहन्छ भने अब उसले सहयोग गर्नुपर्छ,’ बैठकपछि कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले भने, ‘सहज रूपमा टेबल गर्न दिए राम्रो हो । होइन फेरि अवरोध गरिरहे पनि संविधान संशोधन प्रस्ताव र निर्वाचनसम्बन्धी विधेयक आगामी सोमबारको संसद्मा टेबल हुन्छ । चैतमा स्थानीय चुनाव गराउनुपर्नेछ । अब एमाले मानेन भनेर हामी पर्खनेवाला छैनौँ ।’ फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संशोधनसम्बन्धी प्रस्ताव अगाडि बढाउन कांग्रेसले सकारात्मक पहल गर्ने भनेपछि आफूहरू आशावादी भएको बताए । ‘कांग्रेसले आफ्नै सहमतिमा अघि बढाएको प्रस्ताव अघि नबढी मुलुक अगाडि बढ्दैन भनेको छ । त्यसैले अब जुन दिन हाउस अघि बढ्छ हामी टेबल गर्छौँ भन्ने विश्वास दिलाउनुभएको छ,’ बैठकपछि यादवले भने, ‘हामीले अघि बढाएको प्रस्तावलाई पास गर्ने नैतिक राजनीतिक जिम्मेवारी हाम्रो हो । जसरी पनि पास गराउँछौँ, शंका नगर्नुस् भन्नुभएको छ ।’ कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्न मधेसी दलहरूलाई सहयोगका लागि आग्रह गरेका थिए । उनको आग्रहपछि मोर्चाका नेताहरूले संसद्मा टेबल भएर संशोधन पास हुने अवस्थामा आफूहरू निर्वाचनको विरोधी नभएको बताएका थिए । ‘०७४ माघ ७ सम्म तीनवटा चुनाव गर्नु छ । यसका लागि संशोधन प्रस्ताव पास गरौँ त्यसपछि हामी अगाडि बढ्न तयार छौँ भन्ने हाम्रो कुरा राख्यौँ । हाम्रो कुरामा कांग्रेस सभापतिले यो प्रस्ताव पारित हुन्छ, बाहिर जसरी हल्ला भएको छ यसमा विश्वास नगर्नुस् भन्नुभएको छ,’ यादवले भने, ‘यो टेबल नभई स्थगन वा फिर्ता सम्भव नै छैन ।’ बैठकमा कांग्रेस सभापति देउवासहित नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेल र मोर्चाका तर्फबाट महन्थ ठाकुर, राजकिशोर यादव, महेन्द्रराय यादव, अनिल झासहितका नेता सहभागी थिए । कांग्रेस र मोर्चाबीच शनिबार पनि छलफल हुने भएको छ । संशोधन प्रस्ताव परिमार्जनको आशामा मोर्चा संविधान संशोधन प्रस्ताव पारित गएपछि निर्वाचनको मिति घोषणा गर्न उपयुक्त हुने मधेसी मोर्चाले जनाएको छ । संसद्मा टेबल भएपछि परिमार्जन गरेर जान सकिनेमा मधेसी मोर्चा छ । ‘निर्वाचनबारे उहाँहरूले चिन्ता जाहेर गर्नुभयो, तर हामीले यसलाई पास गरौँ अनि चुनावको मिति घोषणा गरेर जाँदा हामीलाई चुनावमा भाग लिने वातावरण बन्छ नत्र गाह्रो हुन्छ भनेका छौँ,’ फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, ‘परिमार्जन भनेको प्रक्रिया हो । टेबल भएपछि पनि परिमार्जन गर्न सकिन्छ । त्यसैले पहिले टेबल गरौँ भन्ने हाम्रो जोड हो ।’ तराई मधेस सद्भावना पार्टी नेपालका नेता महेन्द्रराय यादवले संशोधन प्रस्ताव र निर्वाचन ऐनका विधेयक सँगै संसद्मा लग्छौँ भन्ने आश्वासन आएपछि आफूहरू सकारात्मक भएको बताए । ‘टेबल भएपछि परिपक्व हुन्छ । सबैको विचार बन्छ । सोही कारण हामी टेबल गर्न तयार भएका हौँ,’ उनले भने, ‘कांग्रेस सभापतिले पनि टेबल भएपछि पास हुन्छ भन्ने विश्वास दिनुभएको छ । एमालेले टेबल हुन दिइरहेको छैन । उनीहरू गलाउन चाहन्छन् । तर, टेबल भएपछि वातावरण सकारात्मक बन्छ भन्ने हाम्रो विश्वास छ ।’ पुरानै स्थानीय निकायको पक्षमा मोर्चा मधेसी मोर्चाले नयाँ स्थानीय तहको चुनाव गर्दा संख्या घट्ने भन्दै पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । जवाफमा देउवाले आफू पुरानो वा नयाँ जुनको निर्वाचन भए पनि आफूले निर्वाचन चाहेको बताएका थिए । ‘नयाँ संरचनामा संख्या घट्ने हुँदा पुरानै संरचनामा स्थानीय निर्वाचन गर्दा राम्रो हुन्छ भन्ने विषय मोर्चाका नेताबाट आएको थियो,’ कांग्रेस नेता भन्छन्, ‘तर, सभापतिले कांग्रेसलाई पुरानो वा नयाँ जेको चुनाव पनि मान्य छ, तर चुनाव रोक्न पाइँदैन भन्नुभएको छ ।’ देउवाले मोर्चाका नेतालाई भने–विश्वास गर्नुस्, आशंका नगर्नुस् मधेसी मोर्चाका नेताहरूसँग डेढ घन्टा चलेको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरूलाई विश्वास गर्न बारम्बार आग्रह गरेका थिए । ‘तराई मधेसको समस्या तपाईंहरूको मात्र होइन, हाम्रो पनि हो । तपाईंहरूलाई लाग्ला संशोधन प्रस्ताव दर्ता मात्र गराए अगाडि बढाएनन् भन्ने । तर, अब टेबल गर्छौँ । निर्वाचन विधेयक टेबल पनि गर्छौँ । निर्वाचनको मिति पनि तय गर्छौँ, अब तपाईंहरूले निर्वाचन घोषणामा सहयोग गर्नुपर्छ,’ बैठकमा देउवाले भनेका थिए, ‘विश्वास गर्नुस् आशंका नगर्नुस् । हामीले त्यत्तिकै संशोधन दर्ता गराएका होइनौँ । पास गराउनै दर्ता भएको हो । एमाले अध्यक्ष केपी ओलीले पनि सहमति जनाउनुहुन्छ ।’ देउवाले निर्वाचनको विरोधमा नबोल्न आग्रह गरेपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने, ‘जनमत, जनता फरक कुरा हुन् । जनमत कम भए पनि जनता हामीसँग छन् । मधेसीहरूलाई भेदभाव गर्ने एटिच्युडको अन्त्य हुनुपर्छ ।’ जवाफमा देउवाले शंका नगर्न आग्रह गरेका थिए । ‘हामीलाई शंका नगर्नुस्, तराईको समस्या हामी सबैको समस्या हो । मधेस, पहाड, हिमाल एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्छ । अब १४ महिनामा तीनवटा चुनाव गर्नुपर्छ । अब कोही पनि चुनावविरोधी नबनौँ,’ देउवाको भनाइ थियो, ‘दुःख गरेर ल्याएको उपलब्धि गुम्न दिनुहुन्न । उपलब्धि गुम्दा हामी दल र नेताको असक्षमता प्रमाणित हुन्छ । यस्तो हुँदा हामी कोही पनि लायक छौँ भन्ने हुँदैन । हाम्रो बलिदान र त्याग खेर फाल्नेमा कोही लाग्नुहुँदैन ।’ देउवाले मधेस आन्दोलनपछि बाँकी रहेका मुद्दा फिर्ता, क्षतिपूर्ति दिनेजस्ता विषयमा सरकारले प्रभावकारी काम गर्ने आश्वासन पनि दिएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy