Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

अधिकारकर्मीबाटै महिलामाथि निर्घात कुटपिट

[caption id=\"attachment_110207\" align=\"aligncenter\" width=\"750\"]\"\" घाइते माधवी भट्ट[/caption] बैतडी, १६ पुस । बैतडीमा एक महिला अधिकारकर्मीबाटै निर्घात कुटिएकी छिन् । नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा अन्तरपार्टी महिला सञ्जालकी जिल्लासचिव कान्ता चन्दको कुटाइबाट गुरुखोला–८ की २९ वर्षीया माधवी भट्ट गम्भीर घाइते भएकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ– कुटपिटबाट भट्टको टाउको र शरीरमा गम्भीर चोट लागेको छ । घाँटी र कम्मरमा लागेको चोटका कारण उनी हिँड्न नसक्ने अवस्थामा छिन् । उपचारका क्रममा उनको टाउकोमा पाँच टाका लगाइएको छ । घरायसी विवादका कारण बुधबार उनीहरूबीच झगडा भएको प्रहरी चौकी गुरुखोलाका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिए । बाख्रा बारीमा पसेको र पानीको धाराको विषयमा विवाद हुँदा महिला अधिकारकर्मी चन्दले छिमेकी भट्टमाथि कुटपिट गरेको पाइएको प्रहरी सहायक निरीक्षक भट्टले जानकारी दिए । ‘चन्दको बाख्रा भट्टको बारीमा पस्दा विवाद भएको र सार्वजनिक पानीको धाराको विषयमा पनि विवाद रहेछ,’ असइ भट्टले भने । कांग्रेस पूर्वमहासमिति सदस्यसमेत रहेकी महिला संघकी केन्द्रीय सदस्य चन्दले आफूमाथि गलत लान्छाना लगाउने गरेको र अश्लील गालीगलौज गरेकाले आक्रोशमा कुटपिट गरेको स्विकारिन् । ‘माधवीले गाली गरेपछि सहन सकिनँ,’ चन्दले नयाँ पत्रिकासँग भनिन्, ‘मेरो पनि हातमा चोट लागेको छ ।’ माधवी र अधिकारकर्मी चन्दको घर सँगसँगै छ । उनीहरूबीच घरायसी विवादका कारण वेलावेला ठूलै झगडा पर्ने गरेको असइ भट्टले बताए । घाइते माधवी न्याय माग्दै सदरमुकाम आएकी छिन् । उनले आफूमाथि अधिकारकर्मीबाटै अन्याय भएको भन्दै आवश्यक कारबाहीका लागि माग गरेकी छिन् । चन्दले यसअघि पनि आफूलाई विभिन्न समयमा दुःख दिने गरेको बताउँदै उनले भनिन्, ‘प्रहरीले मिलापत्र मात्रै गराउन खोज्छ, मेरो पक्षमा कोही बोल्दैन ।’ आवश्यक उपचारसमेत गरिनुपर्ने उनको माग छ । घटनाको छानबिन गरी न्यायको माग गर्दै माधवीले चन्दविरुद्ध जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । जिल्ला प्रहरी कर्यालयका अनुसार दुवै पक्षसँग घटनाबारे सोधपुछ भइरहेको छ । पीडित माधवकी आमा नन्दादेवी भट्टले महिलाका लागि वकालत गर्ने महिलाबाटै महिला हिंसा हुनु दुःखद भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई तत्काल कारबाही हुनुपर्ने माग गरिन् । ‘महिला अधिकारकर्मीबाटै महिला हिंसा भएको छ,’ उनले भनिन्, ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending