Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

एमाले मनाउने 'त्यो सूत्र'

\"\"काठमाडौं, १७ पुस । कांग्रेस सभापति शेरबहादुर देउवा भेटेर प्रधानमन्त्री प्रचण्डकहाँ पुगेका मधेसी मोर्चाका नेता संविधान संशोधन विधेयक अब दर्ता हुनेमा विश्वस्त त भए तर पारित हुनेमा अझै ढुक्क हुन सकेनन् । किनकि दुई तिहाइ मत पु¥याउन प्रमुख प्रतिपक्षी एमाले अझै निर्णायक छ । आजको कान्तिपुरमा खबर छ– संशोधन प्रस्तावलाई \'राष्ट्रघाती\' करार गरेको उसको संसद् अवरोध यसैका कारण जारी छ । अनि सत्ता घटक कांग्रेसले निर्वाचन घोषणामा ढिलाइ गर्न नहुने हतारो पनि लगाइसकेको छ । शनिबार बिहान बालुवाटार निवास पुगेका मोर्चा नेताहरुको कुराकानी सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘देउवाजीले संशोधन प्रस्ताव रोकिँदैन भनेर तपाईंहरुलाई भन्नुभएको रहेछ । मलाई प्रस्ताव अघि बढाउन अझै बल मिलेको छ । म रोकिन्नँ ।’ प्रचण्डले अरु दुई ठूला दल (कांग्रेस र एमाले)को प्राथमिकता के हो भनी आफूले अझै खुट्याउन नसकिरहेको दुःखेसो समेत सुनाए । अनि आफूले संविधान संशोधनलाई नै पहिलो प्राथमिकता मानिरहेको जिकिर गरे । प्रचण्ड र देउवा दुवैलाई भेटेका तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले मोर्चाले शुक्रबार दिएको चेतावनीपछि सत्ता घटकको ध्यानाकर्षण भएकाले अब प्रस्ताव अघि बढ्ने विश्वास व्यक्त गरे । प्रचण्डले संशोधन विधेयक अघि बढाउन एमालेको मुख नताक्ने भनी प्रतिक्रिया दिएको फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले बताए । ‘संसद्को आगामी बैठकमा प्रस्ताव जसरी पनि टेबल हुन्छ, कांग्रेस तयार भएको हो भने मलाई के आपत्ति ? मलाई त कांग्रेस र एमाले दुवैका तर्फबाट चुनाव मिति घोषणा गर्न अप्ठ्यारो भइरहेको छ,’ प्रचण्डलाई उद्धृत गर्दै यादवले भने, ‘असमझदारी रहिरह्यो भने ‘नहुने चुनाव’ को घोषणा म गर्दिनँ किनकि मेरो राजनीतिक साखमाथि नै प्रश्न उठ्न सक्छ ।’ यति भन्दाभन्दै उनले देउवाकै शैलीमा संशोधन प्रस्ताव पारित गर्नकै लागि टेबल भएकाले आशंका नगर्न सुझाए । अन्तिममा, संशोधन विधेयकसँगै निर्वाचन विधेयक पनि एकैसाथ टेबल गर्ने सहमति दिन आग्रह गरे । मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर र तमसपा अध्यक्ष महेन्द्र यादवले पहिले संशोधन विधेयक अघि बढाएपछि मात्रै निर्वाचन विधेयक अघि लैजानुपर्ने अडान राखेका थिए । एमालेको सम्भावित अवरोधबीच सत्ता पक्षबाट सोममबार संशोधन प्रस्ताव पेस हुने भएपनि त्यो कहाँसम्म जान्छ भन्ने आशंका मेटिएको छैन । देउवाले शुत्रबार भन्नलाई त भने, ‘एमालेलाई मनाउने सूत्र मसँग छ ।’ तर मोर्चा नेताहरुले एमाले मान्नेमा आशंका व्यक्त गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy