Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

लौ हेर्नोस् काठमाडौंका महलवाला हाम्रा नेता !

काठमाडौं, सामान्यभन्दा सामान्य नागरिकको पनि एउटा घर होस् भन्ने चाहना हुन्छ भने स्वाभाविक रुपमा नेताहरुमा पनि घर बनाउने चाहना हुने नै भयो । घर भएकाहरु आफूलाई समाजमा सुरक्षित महशुस गर्दछन् । जहाँसम्म समान्य मानिसको कुरा छ, त्यो सामान्य नै मानिन्छ । तर, नेताहरु चाहिँ आ–आफ्ना आलिसान घरकै कारण बारम्बार आलोचित र विवादित हुनेगरेका छन् । नेताहरुमध्ये कसैको काठमाडौंमा घर छैन तर केहीले राजधानीमा महल नै ठड्याएका छन् । कयौं नेताहरु राजधनीमा ठूला घर भएकै कारण आलोचनाको सिकार हुनेगरेका छन् । ०४६ सालको जनआन्दोलनपश्चात देशमा प्रजातन्त्रको बहालीसँगै नेपाली कांग्रेस र नेकपा (एमाले) ले आफ्नो भूमिगत जीवन त्यागे र राजधानीकेन्द्रित राजनीतिको सुरुआत गरे । कांग्रेस–एमालेको यही सिलसिलाको पछिल्लो कडी बन्दै मिसिन आइपुग्यो– तत्कालीन नेकपा (माओवादी) । दैनन्दिन कामहरुमा नेताहरु काठमाडौंकेन्द्रित हुन थालेपछि उनीहरुले आ–आफ्ना गृहजिल्लालाई निर्वाचनको बेलामा मात्र ‘प्रयोग गर्ने’ गरेका छन् । सक्रियता र कार्यका हिसाबले नेताहरु सधैंजसो काठमाडौंकेन्द्रित हुने तर निर्वाचित हुने आधार चाहिँ राजधानीबाहिरै बनाउनाले उनीहरु बढ्ता आलोचित हुनेगरेका हुन् । हामीले यो सामग्री तयार पार्ने क्रममा दैनिक राजनीतिका केही त्यस्ता प्रतिनिधिमूलक नेताहरुलाई समेटेका छौं, जसमध्ये कसैको राजधानीमा घर छ भने कसैको घर छैन र डेरामा बस्छन् । काेइरालाकाे डेरा जिन्दगी सभापति हुनुभन्दा अघि बाहिरी भूमिकाभन्दा भित्री ‘चाल’ का कारण प्रभावशाली नेता मानिएका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला राजनीतिमा ‘कछुवा गतिमा हिँड्ने’ नेता हुन् । उनी अविवाहित भएकाले पनि होला, उनीसँग घर र अरु सम्पत्ति पनि छैन र भावी वंश–परम्परा धान्ने उत्तराधिकारी को हो भन्ने चिन्ता पनि छैन । उनले आफूसँग सम्पत्तिको नाममा तीनवटा मोबाइल मात्रै रहेको विवरण आधिकारिक तवरमा सार्वजनिक गरेका छन् । कांग्रेसका अन्य नेताहरु ठाँटका साथ आ–आफ्नै निजी घरमा बस्ने गर्दछन् । पार्टी सभापति कोइराला भने प्रधानमन्त्री हुनु अघि पूर्व सभापति तथा दिवंगत नेता गिरिजाप्रसाद कोइराला बस्ने डेरामै बसेका थिए । कोइरालाको आफ्नो निजी घर छैन । प्रधानमन्त्री हुनुअघि कोइराला पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइराला बस्ने महाराजगञ्जको घरमा नै बस्ने गरेका थिए । प्रधानमन्त्री भएयता उनी प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दै आइरहेका छन्, जुन उनको स्थायी निवास होइन । महाराजगञ्जमा कांग्रेसले आफ्ना सभापति बस्नका लागि एउटा घर भाडामा लिएको छ । कोइराला प्रधानमन्त्री बनेको केही समयपछि महाराजगञ्जको डेरा अन्यत्रै सारिएको चर्चा छ, जुन कुरा कोइराला प्रधानमन्त्रीबाट बाहिरिएपछि मात्रै पुष्टि हुने छ । २०६६ चैत ७ मा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको देहावसान भएपछि सोही महिनाको २३ गते सुशील कोइराला महारागञ्जस्थित कोइरालानिवासमा बसाइँ सरेका थिए । त्यसअघि उनी भान्जा रमेश शर्माको बुद्धनगरस्थित घरमा बस्दै आएका थिए । महाराजगञ्जस्थित घरको भाडा ३५ हजार छ । घरबेटी चाहिँ कृष्णरक्षा राजभण्डारी हुन् । सुशीलकै स्वकीय सचिव लक्ष्मण ढकालले माहाराजगञ्जको उक्त घर भाडामा लिने चाँजो मिलाएका थिए । नेपालगञ्जका स्थायी बासिन्दा कोइरालाको पुख्र्यौली सम्पत्ति आफ्नो नाममा छैन । भाइहरुसँगको सगोलको सम्पत्ति कोइरालाले लिएनलिएको बारे स्पष्ट हुन सकेन । राजसी ठाँटकाे महलमा देउवा कांग्रेसका प्रभावशाली नेता एवम् भावी सभापतिका सशक्त दावेदार वरिष्ठ नेता शेरबहादुर देउवा कांग्रेसभित्रकै धनी नेताहरुमध्येमा गनिन्छन् । उनी मिडियामा बढ्ता छाउन नचाहने नेताहरुमध्ये पर्दछन् । आफ्नाबारे गलत समाचार सम्प्रेषित हुने डरले देउवा आफूनिकट पत्रकारबाहेक सार्वजनिक रुपमा कमै मात्र बोल्ने गर्दछन् । दोस्रो संविधानसभा निर्वाचनमा डडेलधुरा तथा कैलाली– ६ बाट निर्वाचित देउवा पनि निर्वाचनका बेला गृहजिल्ला जाने र अन्य समय काठमाडौं केन्द्रित राजनीतिमै बिताउने नेता हुन् । बुढानिलकण्ठमा रहेको १२–१५ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा आलिसान घर बनाएका देउवाको बसाइ कुनै राजा–महाराजाको भन्दा कम छैन । तीनपटक प्रधानमन्त्री भइसकेका देउवा शाही शासनकालमा समेत प्रधानमन्त्री भैसकेका छन् । देउवा पनि राजधानीका स्थायी बासिन्दा होइनन् । डडेलधुरामा जन्मिएका देउवा मध्यमर्गीय पृष्ठभूमिका हुन् । तीन पटक प्रधानमन्त्री भइसकेका देउवाको सम्पत्तिको स्रोत अस्पष्ट छ । राजनीति बाहेक जीवन कुनै पनि पेशा वा व्यवसाय नअपनाएका देउवाको आर्थिक स्रोत राजनीति नै रहेको भन्न सकिन्छ । देउवा पत्नी आरजु विभिन्न एनजिओ र विद्यालयकी संचालकसमेत हुन् । देउवाको अर्को आर्थिक स्रोत एनजिओ र विद्यालयमार्फत हुने कमाई रहेको समेत स्रोतको दाबी छ । सात राेपनीका मालिक  पौडेल कांग्रेस उपसभापति रामचन्द्र पौडेलेको काठमाडौंको बोहोराटार– १६ मा ७ रोपनी जमिन छ । उक्त जमिनमध्ये डेढ रोपनी पौडेलको नाममा छ । अन्य जमिन  पौडेलले आफ्ना आफन्तको नाममा नामसारी गरेको कांग्रेस स्रोत बताउँछ । बोहोराटारको उक्त जग्गामा गार्डेनसहितको घर छ । पौडेल निवास सामान्य खालकै छ । पौडेल उपप्रधानमन्त्री, सभामुख, शान्ति तथा पुनर्निर्माण मन्त्री र पटकपटक मन्त्री भएका छन् । तनहुँ स्थायी घर भएका पौडेल तनहुँ २ बाट संविधानसभामा निर्वाचित भएका हुन् । मध्यमवर्गीय पृष्ठभूमि रहेका पौडेलको आर्थिक स्रोत पनि अरु केही छैन । पारिवारिक सदस्यहरुले आर्जन गर्न थालेको पछिल्ला केही वर्ष मात्रै भयो । उनको घर तथा जग्गाको आजको मुल्यमा रुपान्तरण गर्ने हो भने १२–१५ करोड हुन आउँछ । काठमाडाैंका रैथाने सिहंसँग अथाह सम्पत्ति नेपाली कांग्रेसका लौहपुरुष मानिने गणेशमान सिंहका छोरा प्रकाशमान सिंह नेपाली कांग्रेसका महामन्त्री हुन् । उनी क्षेत्रपाटी– १६, चाक्सीबारीका रैथाने हुन् । चाक्सीबारीमा १६ रोपनी क्षेत्रफलमा फैलिएको गार्डेनसहितको उनको ठूलो घर छ । राजधानीको रैथाने भएका नाताले महामन्त्री सिंहसँग काठमाडौं, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानमा गरी ५० रोपनीभन्दा धेरै जमिन छ । महामन्त्री सिंहले घर भाडाबापत नै मासिक ५५–६० लाख उठाउने गर्दछन् । कांग्रेसका नेताहरुमध्ये सिंह काठमाडौंका सम्भ्रान्त परिवारमा हुर्केका नेता हुन् । कांग्रेसका नेता–कार्यकर्ताहरु सिंहलाई अन्य नेताहरुसँग तुलना गर्नुको धेरै अर्थ नहुने बताउँछन् । उनी काठमाडौंको १ नं. निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका छन् । १ नं. क्षेत्र पनि उनको आफ्नो जन्मस्थल होइन । महामन्त्री सिंह वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा संघीय मामिला मन्त्री हुन् । यसअघि सिंहले जनसंख्या तथा वातावरण मन्त्री, स्थानीय विकास मन्त्री, आपूर्ति मन्त्री र भौतिक योजना तथा विकासमन्त्री भै कार्यभार सम्हालिसकेका छन् । दुई राेपनीमा ओलीका दुई घर एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित खड्गप्रसाद ओली छुच्छो बोलीका कारण बारम्बार आलोचित भैरहने पात्र हुन् । भक्तपुर, बालकोटमा ओलीको भव्य निजी निवास छ । झन्डै दुई रोपनी क्षेत्रफलमा फैलिएको बालकोटमा ओलीका दुईवटा घर छन् । ओली राजनीतिका साथसाथै उखानटुक्का र गाना–बजानामा सौखिन छन् । ओलीको बालकोटमा भएका दुई घरमध्ये एउटा पाहुनाका लागि तथा अर्को आफ्नो निवासका लागि उनले प्रयोग गर्ने गरेका छन् । ओली यसअघि पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा उपप्रधान तथा परराष्ट्रमन्त्री भैसकेका छन् । ओलीले झापाबाट निर्वाचन लड्दै आए पनि उनको अधिकांश बसाई राजधानीकेन्द्रित नै हुनेगरेको छ । ओलीको पुख्यौंली घर झापा हो । गरिब परिवारमा जन्मिएका ओली लामो समयसम्म भुमिगत जीवन बिताएका नेता हुन् । उनको पनि आलिशान महलको आर्थिक स्रात राजनीति नै हो । चलनचल्तिको मुल्य अनुसार ओलीको घरर जग्गाको अनुमान लगाउने हो भने ६ करोडभन्दा माथि हुन आउँछ । विलासी खनालकाे चारतले घर डल्लु आवासीय क्षेत्रमा घर बनाएका झलनाथ खनाल पूर्वप्रधानमन्त्री तथा पार्टीका निवर्तमान अध्यक्ष हुन् । उनको एक रोपनी क्षेत्रफलमा फैलिएको चारतले घर छ । खनालले आफ्नो घरको तल्लो तला सुरक्षाकर्मी तथा कार्यकर्ताहरुका लागि छुट्याएका छन् । अध्यक्षमा केपी ओली निर्वाचित भएपछि खनालको भूमिका पार्टी र साजनीमिा सक्रिय देखिंदैन । खनाल इलामबाट चुनावमा लड्दै आएका छन् । ०४६ को परिवर्तनपछि एमालेको राजनीतिले संसदीय बाटो लिएयता चुनाव इलामबाट जित्दै काठमाडौंमै बढी केन्द्रित हुने गरेका छन् । कहिलेकाहीं मात्र इलाम पुग्ने गरेको भन्दै स्थानीय स्तरमा उनको आलोचना पनि हुने गरेको छ । खनालको ससुराली घर भने काठमाडौं हो । उनले बसोबास गरेको घरको अन्दाजी मुल्य ६–७ करोड पर्नसक्छ । खनाल पत्नी अस्कल क्याम्पसमा प्राध्यापन गर्छिन् । साधारण नेपालकाे साधारण घर कोटेश्वरमा निजी निवास बनाएका एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री समेत हुन् । अन्य नेताहरुको तुलनामा सादा जीवन जिउँन मन पराउने नेपालको ३ तले सामान्य ढंगको घर ८ आना मात्रै क्षेत्रफलको छ । कार्यकर्ता तथा पत्रकारहरुसँग सजिलै भेटघाट गर्न रुचाउने तथा आफ्ना कुरा स्पष्ट राख्ने नेताहरुमध्येमा पर्दछन् माधवकुमार नेपाल । परराष्ट्र मन्त्री, उपप्रधान मन्त्री हुँदै प्रधानमन्त्री समेत भैसकेका नेपालले रौतहट– ३ गौर क्षेत्रलाई आफ्नो चुनावी क्षेत्र बनाउँदै आएका छन् भने काठमाडौं २ पनि पनि उनको निर्वाचन क्षेत्र हो । रौतहटमा जन्मिएका नेता नेपालको पारिवारिक बासस्थल अहिले पनि त्यतै छ । मध्यम वर्गीए परिवारमा जन्मिएका नेपालकी जीवनसाथी सरकारी जागिरे हुन् । काठमाडौंको कोटेश्वरमा रहेको उनको आठ आनाको घरको स्रोत उनकी श्रीमतिको सरकारी जागिर हो भनेर भन्दा नपत्याउने ठाउँ छैन । किसानका नेता गौतमकाे घर नाै राेपनीमा वर्तमान उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले ललितपुर जिल्लाको सैंबु, भैंसेपाटी– ९ मा दुई रोपनी क्षेत्रफलमा फैलिएको आलिसान घर बनाएका छन् । वर्दियाबाट निर्वाचन लड्नेगरेका गौतमले गृहमन्त्री हुँदा बुझाएको सम्पत्ति विवरणमा भैंसेपाटीस्थित घर आफूले नभई छोरा हरिशदेव गौतमले ऋणमा खरिद गरेको उल्लेख गरेका छन् । लामो समयदेखि राजनीतिमा सक्रिय गौतम यसअघि नेकपा मालेका प्रभावशाली नेता थिए । पटकपटक उपप्रधान तथा गृहमन्त्री भैसकेका उनको राजनीतिक जीवनलाई नजिकबाट नियाल्नेहरु गौतमले अकुत सम्पत्ति कमाएको बताउँछन् । प्युठानमा जन्मिएका बामदेवको स्थायी घर उतै हो । मध्यमबर्गिय पारिवारिक पृष्ठभुमि रहेका बामदेव भैसीपाटीस्थित घर १० करोड हाराहारीको छ । जसको स्रोत राजनीति बाहेक अरु देखिन्न । पोखरेललाई अाराेप ठूलाे घर सानाे महाराजगञ्जको चन्डोलमा ८ आना क्षेत्रफलमा साढे दुईतले घर बनाएका एमाले महासिचव इश्वर पोखरेल राजनीतिक वाक्पटुतामा माहिर तथा अध्ययनशील नेता मानिन्छन् । उनी काठमाडौंमा घर बनाएर बाहिरी जिल्लाबाट निर्वाचन लड्ने नेताहरुमध्येमा पर्दैनन् । उनले दुवै संविधासनभा निर्वाचन काठमाडौं ५ लड्दै पराजित भएका थिए । संविधानसभा चुनाव अगावै मन्त्री भएका पोखरेलको स्थायी घर ओखलढुंगा जिल्लामा पर्छ । गरिव परिवारमा जन्मिएका पोखरेलको सम्पक्तिको स्रोत पनि राजनीति नै हो । शाहीकालको समय घरको छतको ट्यांकीमा पैसा लुकाएको आरोप लागे पनि पुष्टी हुन सकेको छैन । भाडाको घरमा प्रचण्ड विद्रोही शक्तिको नेतृत्व गरेर शान्तिपूर्ण राजनीतिमा आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आफ्नै निजी निवास छैन । लाजिम्पाटमा रहेको उनको भाडाको निवासलाई लिएर विभिन्न समयमा चर्को आलोचना समेत हुनेगरेको छ । प्रचण्डनिकट स्रोतका अनुसार उक्त घरको भाडा मासिक एक लाख बुझाउने गरिएको छ । उनी प्रधानमन्त्री हुँदा एक लाखको पलङ किनेको प्रचारवाजीपछि आलोचनामा परेका प्रचण्डमाथि त्यसपछि आलोचनाको मुख्य विषय बन्यो– लाजिम्पाटमा रहेको भाडाको घर । लगभग ५ रोपनी क्षेत्रफलमा फैलिएको घर प्रचण्डकै भएको भन्दै आलोचकहरुले विरोध गर्ने गरेका छन् । शान्ति प्रक्रियामा आएपछि पहिलो संविधानसभाको निर्वाचनमा उनको पार्टी विजयी भएर प्रचण्ड प्रधानमन्त्री समेत भैसकेका छन् । शान्ति प्रक्रियामा आएलगत्तै नयाँबजारको घरमा भाडामा बस्ने गरेका उनी पछिल्लो समय लाजिम्पाट सरेका हुन् । उनले अघिल्लो संविधानसभामा रोल्पा तथा काठमाडौंबाट निर्वाचन लडे भने यसपटक काठमाडौं तथा सिराहाबाट चुनाव लडेका छन् । चितवनका स्थायी बासिन्दा रहेका प्रचण्डको पारिवारिक अवस्था मध्यम वर्र्गीय हो । उनको आफ्नो निजि घर छैन । भट्टराई पनि भाडामै कम बोल्ने धेरै पढ्ने छवि बनाएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ललितपुरको सानेपा हाइटमा भाडाको घरमा बस्दछन् ।  लगभग ४ रोपनी क्षेत्रफलमा रहेको घरको भाडा भट्टराईले मासिक ३५ हजार बुझाउने गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईको निर्वाचन क्षेत्र गोरखा हो । गोरखा स्थायी घर भएका नेता भट्टराइको पनि निजी निवास छैन । काठमाडौंकी रैथाने माओवादी नेतृ हिसिला यमी उनकी जीवनसंगीनी हुन् । भट्टराई प्रधानमन्त्री भएका बेलामा यमीले ठुलो आर्थिक रकम चलखेल गर्ने गरेका आरोप लागेको थियो । यमीमाथि आर्थिक अपचलनको आरोप लागेपछि भट्टराई अप्ठ्यारोमा परेका थिए । तर, त्यो आरोप पुष्टी हुन सकेको छैन । एमाओवादी महासचिव कृष्णबहादुर महरा ‘अमरसिंह’ गम्भीर राजनीतिज्ञको छवि बनाएका एमाअाेवादी महासिचव कृष्ण बहादुर महरा नेपालका पूर्वगृहमन्त्री समेत हुन् । कमाठमाडौंमा घर नभएका एमाओवादी महासचिव महरा पुल्चोकमा डेराको घरमा बस्छन् । उनको स्थायी घर रोल्पा सदरमुकाम नजिकै पर्छ । उनले दाङ तथा रोल्पाबाट चुनाव लड्ने गरेका छन् । एमाओवादी सचिव वर्षमान पुन ‘अनन्त’ एमाओवादी सचिव वर्षमान पुन अनन्त एकान्तकुनास्थित यातायात व्यवस्था विभागको छेउमा लगभग २ रोपनी जमिनमा बनेको चारतले घर भाडामा लिएर बसेका छन् । अनन्त नेपालका पूर्वअर्थमन्त्री तथा पूर्वशान्ति मन्त्रीसमेत हुन् । रोल्पा स्थायी घर भएका युवा नेता पुन पहिलो संविधानसभामा ललितपुर १ बाट चुनाव जितेका थिए ।  दोस्रो संविधानसभामा मोरङबाट पराजित भए । पूर्व अर्थमन्त्री मध्ये पुनको मात्रै काठमाडौंमा निजी घर छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies