Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अत्याधिक चिसोबाट बचौँ, नत्र हुनुसक्छ स्ट्रोक

\"\" काठमाडौँ, १७ पुस । फेरिएको जीवनशैलीका कारण आजकल धेरै युवामा उच्च रक्तचापको समस्या बढाएको चिकित्सकले बताउँदै आएका छन् । जाडोमा यसैपनि मानिसको रक्तचाप उच्च हुने हुनाले धेरै शारिरीक समस्या निम्तिने गरेको छ । उच्च रक्तचाप देखिएपछि बिरामीले औषधि सुरु गर्ने र बीचमा छाड्ने, पानी कम पिउने बानीका कारण आजकल स्ट्रोक (नसा फुटेर रगत बग्ने वा नसामा बन्द हुने) रोगका बिरामी पनि बढ्न थालेका छन् । जाडोको समयमा अरु समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने टाउको दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा वसन्त पन्त बताउछन् । उनका अनुसार जाडोमा पानी पनि कम पिउने स्ट्रोकको अर्को कारण भएको चिकित्सकको भनाइ छ । उनले अहिले स्नायु अस्पतालमा पक्षघात र स्ट्रोक (नसा फुटेर रगत बग्ने वा नसामा बन्द हुने) का बिरामीले भरिएको बताए । उनले भने, “स्टोक भन्नाले रगतको नसा फुटेर वा कुनै नसा बन्द भएको अवस्थालाई भनिन्छ । यस्तो भएको मानिस अचानक बेहोस हुने, बान्ता गर्ने वा पक्षघात (प्यारालाइसिस) भई शरीरको कुनै एक भाग नचल्ने पनि हुनसक्छ” उनका अनुसार अरु समयमा स्ट्रोक हुन्छ तर जाडोमा स्ट्रोकका बिरामी बढी हुन्छन् । नसा फुटेर रक्तस्राव भएका बिरामी अझ बढी आउने गरेका छन् । बिहानै चिसोमा काम गर्ने, चिसो धाराको पानीमा टाउको थापेर नुहाउने, बिहानको घुमफिरमा जाने मानिसमा रक्तचाप अनियन्त्रित भएर पक्षघात, दीर्घरोग, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ । डा पन्त भन्छन्, “जाडोमा स्ट्रोकका बिरामी बढी हुन्छन् । धेरै मानिस उच्च रक्तचाप भएपछि औषधि खाने र बीचमा छाड्ने गरेका कारण पनि यस्तो समस्या बढी देखिएको छ” स्ट्रोकको समस्याबाट पुरुषलाई भन्दा महिला बढी प्रभावित हुने गरेको डा पन्तको अनुभव छ । महिलामा हर्मोनका कारणले बढी रक्तचाप घटबढ भइरहने र परिवार नियोजनका साधन खाने र लगाउने महिलालाई पनि बढी मात्रामा यस्तो समस्या देखिएको उनले बताए । स्ट्रोकबाट बच्न बढी पानी पिउने, सकेसम्म परिवार नियोजनका (पिल्स, सुई, कपर्टी नरपलान्टलगायत) साधन प्रयोग नगर्ने र चिसोमा बिहानै हुस्सु लागेको समयमा बच्ने, घर बाहिर ननिस्कने, मोटरसाइकलमा बिहानै नहिँड्ने गर्नुपर्छ । चिसोमा अचानक बेसरी टाउको दुखेमा, बान्ता भएमा वा रक्तचाप उच्च भएमा तुरुन्त चिकित्सक कहाँ गई उपचार गराइहाल्नुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies