Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

प्रचण्ड–ओली चर्काचर्की

\"\"काठमाडौं, १८ पुस । सरकारले प्रधानमन्त्रीको निर्वाचनअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरेको सहमतिअनुसार संविधान संशोधन विधेयक टेबुल गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा सत्तारूढ र प्रमुख प्रतिपक्षीबीचको दूरी झनै बढेको छ । प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको गोप्य वार्तामा चर्काचर्की भएको छ । आजको राजधानी दैनिकमा खबर छ– संविधान संशोधन विधेयक दर्तापछि देखिएको गतिरोध अन्त्य गरेर संसद् सुचारु गर्ने विषयमा भएको दुई नेताबीचको वार्तामा सहमतिको साटो झनै तिक्तता बढेको हो । प्रधानमन्त्री प्रचण्डले मोर्चासमेत तीनवटै निर्वाचनमा आउँछु भनिरहेको अवस्थामा संशोधन विधेयक अगाडि बढाउने विषयमा विरोध गरेर समस्याको बाधक नबन्न ओलीलाई आग्रह गर्दा ओलीले राष्ट्रिय हितविपरीत रहेको र संविधानको ठाडै उल्लंघन गरी ल्याइएको संशोधन दर्ता गर्न खोजे कडा प्रतिवाद हुने बताएपछि बैठकमा चर्काचर्कीसमेत भएको थियो । प्रधानमन्त्री प्रचण्डले बैठकमा आज (सोमबार) संशोधन विधेयक टेबुल गर्न लागेको र मोर्चासमेत संशोधन प्रक्रिया अगाडि बढाए पछि तीनै तहको निर्वाचनमा आउने भएकाले विरोध नगर्न आग्रह गरेका थिए । ‘संशोधन विधेयक पास वा फेल जे भए पनि मोर्चा तीनवटै निर्वाचनमा सहभागी हुन्छु भनिरहेको छ । तपाईंहरू विधेयकमा सहमत हुनुहुन्छ भने सबैको सहमतिमै पारित गरौं, होइन भने विरोध नगर्नुस् प्रक्रिया अगाडि बढाऔं,’ ओलीसँग प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको र निर्वाचनमा मोर्चालाई सहभागी गराउन संशोधन प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको भन्दै संशोधनसहित अन्य विषय प्याकेजमै सहमति गरेर अगाडि बढ्न ओलीसँग आग्रह गरेका थिए । तर, ओलीले देशभन्दा कोही ठूलो नरहेको र देशमाथि आक्रमण हुँदा कुनै सम्झौता नहुने भन्दै राष्ट्रिय हितविपरीत रहेको संविधान संशोधन विधेयक फिर्ता नहुँदासम्म समर्थन गर्नै नसकिने प्रस्ट पारेका छन् । ओलीले विधेयक फिर्ता लिएर निर्वाचन घोषणा गरे पूर्ण सहयोग गर्ने स्पष्ट बटमलाइनसमेत सुनाएका थिए । ओलीले प्रधानमन्त्री प्रचण्डलाई संशोधन विधेयक टेबुल नगर्न आग्रहसमेत गरेका थिए । ‘यो विधेयक राष्ट्रिय हितमा छैन । यसले समस्याको समाधान होइन, मुलुकलाई समाप्त पार्ने बिन्दुमा पु¥याउँछ । तपाईंहरू यस्तो राष्ट्रघाती विधेयक दर्ता नगर्नुस्, बरु फिर्ता गरेर अब निर्वाचनमा जाऔं । जनताले नै को सही को गलत भन्ने फैसला गर्नेछन्,’ प्रचण्डसँग ओलीको भनाइ थियो । दुई नेताबीचको भेटमा प्रधानमन्त्री प्रचण्डले अब संशोधन विधेयक नरोकिने भन्दै सरकारले टेबुल गराएर अघि बढ्ने बताउँदा ओलीले जबर्जस्ती अघि बढाए कडा प्रतिरोध गर्ने जनाउ दिएका छन् । ‘यो विधेयक टेबुल हुनै सक्दैन, म अझै पनि दर्ता नगर्न आग्रह गर्दछु,’ प्रधानमन्त्रीसँग ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘देशविरुद्ध नै जे पनि गर्छु भन्दै जबर्जस्ती अगाडि बढाउँछौं नै, दर्ता गर्छौं नै भन्नुहुन्छ भने हामीले यसको कडा प्रतिरोध गर्नुको विकल्प छैन ।’ बैठकमा प्रधानमन्त्रीले मिलेर संशोधन प्रक्रिया अगाडि बढाऔं र निर्वाचन मिति घोषणा गरेर जाऔं भन्ने पुरानै अडान कायम राख्दा र प्रमुख विपक्षी दलका नेता ओलीले संशोधन फिर्ता नलिएसम्म प्रक्रिया अगाडि बढाउनै नदिने बटमलाईन सुनाएपछि चर्काचर्कीबीच नै दुवै नेता उठेर बाहिरिएका थिए । प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालका अनुसार एमाले अध्यक्ष ओली यसअघिका बैठकमा सीमांकनको विषय विधेयकबाट हटाइए अन्य विषयमा संसद्मा छलफल गर्न सकारात्मक देखिएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending