Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

कमलले पेलेपछि रनाहमा तीन नेता !

\"\"काठमाडौं, १८ पुस । कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा एकीकरणमार्फत राप्रपा बने पनि एकीकृत पार्टी अनेक झमेलामा फस्दै जाने संकेतहरु देखापरेका छन् । राजतन्त्रलगायत केही मुद्दालाई लिएर एकीकृत पार्टी सुरुदेखि नै केही वैचारिक झमेलामा फसिरहेका बेला अन्य विषय समेत आन्तरिक पार्टी सुदृढीकराण्का लागि बाधक बन्ने देखिएको छ । साँघु साप्ताहिकमा खबर छ–पछिल्लो समय पार्टीका तीन शीर्षस्थ नेताका लागि कमल थापा स्वण्ं नै एकपछि टाउको दुखाईको विषय बन्दै जान थालेको गुनासो सुनिन थालेको छ । थापा एकपछि अर्को पार्टी संगठनहरुमा हावी हुँदै जान थालेपछि राप्रपाका तीन नेता पशुपति शमशेर राणा, लोकेन्द्य्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीमा छटपटी नै सुरु भएको छ । स्रोतका अनुसार, एकतापछि पार्टीका सबैजसो तहमा थापा पक्ष हावी भएपछि राप्रपामा छँदा केही न केही बखेडा झिकेर झगडा गरिरहने यी तीन नेता अहिले एकै ठाउँमा उभिन पुगेका छन् । कमल थापाले पार्टी कब्जा गर्ने आसन्न तस्बिरले त्रस्ती यी तीनै नेताले अहिलेदेखि नै कमल थापाको दबदबा भत्काउन कसरी अघि बढ्ने बन्नेबारे आन्तरिक छलफल नै थालेका छन् । प्राप्त खबर अनुसार, राप्रपाका यी तीन शीर्ष नेताले अहिलेदेखि नै कमल थापाबाट बच्ने रणनीति बनाउन थालेका छन् । पछिल्लो समय तीन शीर्षस्थ नेताले राष्ट्रवादी अभियान चलाइरहेका केशरबहादुर विष्टसँग पनि पार्टी एकताबारे छलफल नै अघि बढाइरहेका छन् ।कमल थापाले यो विषय नरुचाउने भएकाले उनीहरुले भित्रभित्रै एकताका लागि छलफल गरिरहेको राप्रपाका एक नेताले बताए । राणा, चन्द र लोहनी राप्रपा नेपालमा कमल थापालाई हायलकायल बनाएका विष्ट ल्याइएमा पार्टीमा सन्तुलन मिल्ने र कमल थपाको दबदबालाई भत्काउन सकिने हिसाब किताबमा छन् । त्यसका लागि राप्रपाका तीन भइ र केशरबहादुरबीच केही चरणमा छलफल नै भएको दावी स्रोतको छ । यद्यपि, राप्रपाका तीन भाईले विष्ट समूहलाई ल्याएर पार्टीमा आफ्नो वर्चस्व जोगाउने दाउपेच रचेपनि विष्टले यसलाई ठाडै इन्कार गरेको बताइन्छ । निष्ठाको राजनीति गर्ने विष्टले पहिले राजतन्त्रको एजेण्डा पाटीृबाट पास गराउन र त्यसपछि एकताबारे छलफल गर्न सुझाएको चर्चा राप्रपाका नेताबीच चलेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending