Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

संविधान संशोधन गरेर अगाडि बढ्नु नै उत्तम विकल्प : डा कोइराला

[caption id=\"attachment_110605\" align=\"alignleft\" width=\"362\"] शेखर कोइराला[/caption] काठमाडौँ, १८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधान संशोधन गरेर अगाडि बढ्नु नै देश र जनताप्रति उत्तम विकल्प भएको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार आयोजना गरेको ‘संविधान कार्यान्वयन र राष्ट्रिय मेलमिलापको सान्दर्भिकता’ विषयक अन्तक्र्रियामा बोल्दै डा कोइरालाले सबै दलको सहमतिमा संविधान संशोधन गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । डा कोइरालाले नेकपा ९एमाले०लाई बाहिर राखेर संविधान संशोधन गर्न नमिल्ने बताउँदै भन्नुभयो – “नेकपा ९एमाले०ले आफूलाई लोकतान्त्रिक पार्टी ठान्ने तर संसद् अवरुद्ध गर्नु ठीक काम होइन ।” डा कोइरालाले हतारमा संविधान घोषणा हुँदा मुलुकमा समस्या उत्पन्न भएको भन्दै सबै राजनीतिक दललाई मिलाएर अगाडि बढेमात्र मुलुकले निकास पाउने बताए । उनले २०७४ माघ ७ गतेसम्म तीनवटै निकायको निर्वाचन गर्न सम्भव भएको बताउँदै यसका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने बताए । काँग्रेसका नेता शोभाकर पराजुलीले काँग्रेसले सबै राजनीतिक दललाई मिलाएर अगाडि बढेमात्र विपी कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । वरिष्ठ पत्रकार हरिहर विरहीले संविधानमा उल्लेख भएका कुरालाई मान्दै संविधान संशोधन गरी सबैको भावनालाई समेटेर अगाडि बढे मुलुकले निकास पाउने बताए । वरिष्ठ पत्रकार कवीर राणाले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने हो भने बिपी कोइरालाबाट पाठ सिक्नुपर्ने बताए । प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्याल, केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, युनियनका पूर्व अध्यक्ष समीरजङ्ग शाह, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष मोहन ज्ञवाली, युनियन काठमाडौँका पूर्व अध्यक्ष गोकर्ण अर्याललगायतले काँग्रेस बलियो भएमात्र मुलुक बलियो हुने भन्दै काँग्रेसलाई बलियो बनाउन पार्टीभित्र मेलमिलापको खाँचो रहेकामा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending