Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

निर्वाचन गर्न नसके तत्काल सरकार छोड्न बिजुक्छेको चेतावनी

\"\"भक्तपुर, १८ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले निर्वाचनका सवालमा कुनै पक्षबाट धम्की आए तत्कालै सरकार छाड्नु पर्ने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले सार्वभौम सरकारले भित्रि वा बाहिरी पक्षको धम्कीका कारण निर्वाचनलाई पर धकेल्न नहुने बताउँदै मधेशी मोर्चाका नेताहरुको परिवर्तन हुने बानी मधेशकै जनताले बुझिसकेका कारण तोकिएकै समयमा निर्वाचन गरिनु पर्ने बताए । मधेशी मोर्चा बिना नै निर्वाचन सम्भव रहेको भन्दै बिजुक्छेंले तत्काल निर्वाचन सम्भव भएको स्थानमा निर्वाचन गर्न सकिने र बाँकि रहेका स्थानमा पछि निवार्चन गर्न सकिने बताए । उनले संसदमा संशोधन बिधेयक फिर्ता नलिए सरकारको आयु सकिने भन्दै संसदबाटै निर्वाचन सम्बन्धि बिधेयक पास गरि तोकिएकै समयमा सम्भव भएका स्थानमा निर्वाचन हुने बताए । वर्तमान सरकारले संशोधन बिधेयक फिर्ता नलिए माओवादीले सरकारको नेतृत्व गुमाउने अवस्था देखिएको भन्दै संशोधन बिधेयक नेपालीको चाहना बिपरित छिमेकीको इशारामा आएको र काँग्रेसले दाँते ओखर भनि नफुट्ने ओखर माओबादीलाई दिएर अल्झाई रहेको बिजुक्छेंको भनाई छ । निर्वाचन अघि नै सत्ता समिकरण बद्लन सक्ने अवस्था हिजो पनि रहेको र आज पनि रहेको भन्दै बिजुक्छेंले माओवादीकै कारण एमाले र काँग्रेसको समिकरणमा नयाँ सरकार बन्ने टिप्पणी गरे । उनले नेपाली सरकारले नेपालीको चाहना भन्दा पनि भारतले जे जे भन्छ त्यही अनुसार काम गर्नु नेपाली नेताहरुको कम्जोरी रहेको र यसले नेपालको सार्वभौममा असर पारेको बताए । उनले अंगिकृत नागरिकलाई जसरी जन्मसिद्ध नागरिक सरह अधिकार दिने चलखेल हुँदै छ, दक्षिण तर्फका लागि मात्र नभएर उत्तर तर्फकाले समेत यो अधिकार मागे नेपाली भन्दा बिदेशी जनसंख्या बढी हुने र नेपाली अल्पमतमा पर्ने दावी गरे । दुई चिसो काटिसकेका भुकम्प पिडितहरुले अझै पनि प्राधिकरणको सिओ कै बिवादका कारण राहत तत्कालै पाउनेमा शंका रहेको बताउँदै प्रधानमन्त्रीले भेट नदिनु सिओ परिवर्तनको खेल भएको र भारतबाट पिडितका लागि खरिद गरिने सामानको कमिसन प्रमुख रहेको उनले बताए । उनले भारतको एकाधिकार पूँजी हावी भएको र नेपालका लागि भारतका राजदुत रे को गतिबिधि कुटनीतिक मर्यादा बिपरित भएको भन्दै राजदुत रे ले नेपाल माथि ठाडो हस्तक्षेपकारी भूमिका खेलिरहको आरोप लगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending