Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

मिलीजुली सरकार बनाएर निर्वाचनको मिति घोषणा गर्न बाबुरामको सुझाव

\"\" काठमाडौं, १८ पुस । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रमुख तीन दलबीच राजनीतिक मुद्दामा कुनै मतभिन्नता नरहेकोले सत्ताको भागबण्डा मिल्ने वित्तिकै निकास निस्किने ठोकुवा गरेका छन्। ‘प्रमुख तीन दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रले मिलीजुली सरकार बनाएर जाँदा समस्याको समाधान हुन्छ, उहाँहरुवीच मुद्दाभन्दापनि सत्तासाझेदारीमा मनमुटाव हो।’ रिपोटर्स क्लबसँगको संवादमा उनले भने । प्रमुख दलहरुवीच कसको नेतृत्वमा चुनाव गर्ने भन्ने पनि झगडा रहेको उनको भनाई थियो । ‘यहाँ दलहरुले मोही माँग्ने ढुङ्ग्रो लुकाउने गरिरहेका छन्, स्याडो बक्सिङ भैरहेको छ।’ उनले भने । वर्तमान राजनीतिक समस्याको समाधानको लागि नयाँ सूत्रसमेत अघि सारेका छन्। उनले सारेका सूत्रहरुमा पहिले संविधान संशोधन गर्ने, प्रदेशको र स्थानीय तहको पूर्नसंरचना गर्ने र त्यसपछि तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने रहेका छन्। उनले मुलुकको निकासको लागि तीनवटै प्रमुख राजनीतिक दलहरुले आफ्नो सत्तासाझेदारीको मुद्दालाई मिलाएर आवश्यक परे सँगै मिलेर मिलीजुली सरकार बनाएर जान तयार भए अहिलेको समस्याको हल हुने विश्वास व्यक्त गरे। उनले थपे,‘काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच एजेण्डामा त्यति ठूलो अन्तर छैन, त्यसैले तीन वटै ठूला दलहरु एक ठाउँमा बसेर मधेशी, थारु र जनजातिहरुको मुद्दापनि हाम्रो आन्तरिक मुद्दा हो भनेर स्विकार गरेर अघि बढ्नुपर्छ, उहाँहरुवीच कसको नेतृत्वमा चुनाव गर्ने भन्ने आशंका पनि छ, त्यसो हो भनेपनि मिलेर सरकार बनाएर असन्तुष्टहरुको मुद्दा संविधान संशोधन मार्फत यथोचित सम्बोधन गरेर अघि बढ्नुपर्छ। ’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending