Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

भारतमा जात र धर्मका आधारमा भोट माग्न निषेध

\"\"काठमाडौं, १९ पुस । भारतको सर्वोच्च अदालतले जातीय र धार्मिक आधारमा निर्वाचनमा भोट माग्न नपाउने आदेश दिएको छ । प्रधानन्यायाधीश टीएस ठाकुरका अनुसार सर्वोच्च अदालतका सात न्यायाधीशको संयुक्त इजलासले संवैधानिक प्रावधानको रक्षा गर्नुपर्ने भन्दै सो फैसला सुनाएको हो । आजको राजधानी दैनिकमा खबर छ– भारतीय संविधानको मर्म धर्मनिरपेक्षता रहेकाले त्यस्को रक्षा गर्नुपर्ने फैसला गरिएको उनको भनाई छ । भारतीय सर्वोच्च अदालतले सन १९९६ मा परेको रिटको सुनुवाई गर्दै यस्तो फैसला गरेको हो । अदालतले निर्वाचनमा कुनै पनि राजनीतिक दलले धार्मिक विश्वास, जातीय राजनीतिका आधारमा मत मागेको पइएमा निर्वाचन नै रद्द गर्ने फैसलासमेत गरेको छ । अदालतको यो आदेशसँगै भारतमा राजनीतिक दलहरुलाई आफ्नो जातीय तथा धार्मिक राजनीतिक कार्यनीति बदल्न दबाब परेको छ । यसअघिसम्म भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) नै हिन्दु राष्ट्रियताको एजेन्डा लिएर निर्वाचनमा होमिएको थियो । भाजपाका नेताहरुले निर्वाचनमा हिन्दु धर्मप्रति आस्थावान समूदायको मत लिनका मुस्लिम तथा अन्य समुदाय विरोधी अभिव्यक्ति दिएका थिए । त्यस्तै भारतको उत्तर प्रदेशमा जातीय राजनीति हाबी रहेको छ । अदालतको यो फैसलाले भारतका सवैजसो दल अप्ठ्यारोमा परेका छन । अदालतको उक्त आदेश आएको केही घण्टापछि भारतीय प्रधानमन्त्री मोदीले लखनउमा आयोजित सभामा बोल्दै जातीय र धार्मिक राजनीतिबाट माथि उठ्न आह्वान गरेका छन् । ‘हिजो त्यस्तो समय थियो, जतिवेला धार्मिक र जातीय मुद्दाहरु महत्वपूण थिए, तपाईहरु जातीय र धार्मिक राजनीति सहनु परेको थियो, अव समय बदलिएको छ तपाईहरु प्रगति र विकासका लागि मत दिनुस,’ मोदीले भने । यसैबीच सर्वोच्चको फैशलाको राजनीतिक दलहरुले स्वागत गरेका छन् । भारतीय कम्यूनिष्ट पार्टीका नेता डी राजाले अदालतले अहिले गरेको फैसला यसअघि नै कानुनमा उल्लेख भएको बताए । उनका अनुसार भारतको ‘रिप्रिजेन्टेशन अफ पिपुल एक्ट’मा धर्म राजनीतिलाई अलग राख्नुपर्ने र धर्म र जात, भाषा र समुदायका नाममा मत माग्न नपाईने उल्लेख रहेको छ । ‘अदालतको यो फैसलाले एउटा वलियो सन्देश दिएको छ, अब राष्ट्रिय स्वयंसेवक संघलगायतका अन्य संघ संस्थाहरु बन्द हुन्छन् की नाइ भन्ने हेर्न बाँकी छ,’ उनले भने । त्यस्तै कंग्रेस आइकी प्रवक्ता प्रियंका चतुर्वेदीले अदालतको फैसलाको स्वागत गर्दै जातीय तथा धार्मिक राजनीतिको अन्त्य हुनुपर्ने बताइन् । राष्ट्रिय जनता दलले पनि अदालतको फैसलाको स्वागत गरेको छ । सो पार्टीका नेता मनोज झाले अदालतको यो निर्णय भारतीय राजनीतिको कोशे ढुंगा भएको प्रतिक्रिया दिएका छन् । सन् १९९५ मा भारतको सर्वोच्च अदालतले हिन्दुत्व र हिन्दुबाद धार्मिक अपिल नभएको भन्ने फैसाला गरेको थियो । उक्त फैसलाको विरोधमा सन् १९९६ मा अदालतमा रिट परेको थियो । रामचन्द्र रावले तत्कालीन आन्द्रा प्रदेशका मुख्यमन्त्री मारी चन्न रेड्डीले निर्वाचनका वेला धार्मिक नारा लिएर मत मागेको भन्दै उनको बर्खास्तीको माग गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए । सो मुद्दाको अन्तिम फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy