Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

अग्निपीडितलाई एक करोड दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

तेह्रथुम, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । मंगलबार आगलागी भएको स्थानको निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् । \"\"प्रचण्डले भने, –‘आगलागीले बजार ध्वस्त भएको छ, तपाईहरु घरबारबिहीन हुनुभएको छ । प्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दछु । संक्रान्ति बजारमा दमकलको व्यवस्था गर्नेछु, खानेपानी समस्या समाधानका खानेपानी आयोजना सञ्चालन गर्ने, बजारको पूनस्र्थापना र व्यवसाय सञ्चालनका लागि बिना धितो सहुलियत ऋण उपलब्ध गराउने, संक्रान्ति बजारमा नेपाल बैंक, कृषि विकास बैंकको शाखा कार्यालय स्थापना गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने कुरा पनि म यहाँहरुको बीचमा अवगत गराउँछु ।’ आफ्नो भनाई गप्दै उनले भने, –‘सानो भएपनि संक्रान्ति बजार ऐतिहासिक महत्व बोकेको ठाउँ हो । यहाँ आगलानीले ३२ घर र ५६ परिवारमा क्षति भएको छ । यसको आफ्नै ऐतिहासिक छ । यसको पूनर्निर्माण सरकारको प्राथमिकतामा छ । म तपाईहरुसँग दुख र भावना साट्न यहाँ आएको छु । तेह्रथुम नेपालको राजनीति र सत्तामा स्थापित नेताहरु जन्मिएको ठाउँ हो । यसले मलाई थप जिम्मेवारी महशुस भएको छ ।’ संकटका बेला एकतावद्ध हुने नेपाली संस्कार भएको भन्दै भने, –‘१२ बुंदेबाट सुरु भएको सहकार्यको यात्रा अहिले पनि जारी छ । हामी मिलेर मात्रै ठूलठूला सङ्कट समाधान गरेका छौं । अहिले हामी संविधान कार्यान्वयनको चरणमा छौं, त्यसका लागि संसदको गतिरोध हट्न जरुरी छ । मलाई विश्वास छ, राजनीतिक गतिरोध सम्वादकै माध्यमबाट समाधान गर्नेछौं । हामी छिटै राजनीतिक गतिरोध चिरेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानेछौं ।’ निर्देशनपूर्व प्रधानमन्त्रीले संक्रान्ति बजारको आगलागी स्थलको निरीक्षण गरेका थिए । निरीक्षणपछि प्रधानमन्त्रीसहित जिल्लाका सांसद र जिल्ला दैवीप्रकोप उद्दार समितिका सदस्यहरुको बैठकले क्षतिग्रस्त ३२ घर र ५६ परिवारका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ । प्रधानमन्त्रीको भ्रमण दलमा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले) का प्रमूख सचेतक भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमूख स्वकीय सचिव जोखबहादुर महरा, सांसदहरु सीता गुरुङ, गणेश बिमल, भवानी खापुङ, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायत उपस्थित थिए । गत पौष १ गते दिउँसो लागेको आगोका कारण संक्रान्ति बजारका ३२ घर पूर्ण क्षति भएको थियो । आगलानीबाट १४ करोड ८ लाख क्षति भएको क्षति मूल्याङ्कन गरिएको प्रमूख जिल्ला अधिकारी मेनुका न्यौपानेले जानकारी दिए । पीडितहरुलाई सरकारले प्रतिघर १० हजार राहत, सरकारको तर्फबाट अस्थायी टहरा बनाएको छ भने विभिन्न संघ संस्थाले खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराएका थिए । आगलानीको निरीक्षणपछि प्रधानमन्त्रीले जिल्लास्थित नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताहरुलाई प्रशिक्षित गरेका थिए । प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले संविधान संशोधन र निर्वाचनद्धारा संविधान कार्यान्वयन गर्नु राष्ट्रिय कार्यभार भएकोमा जोड दिँदै निर्वाचनकेन्द्रित कार्यक्रममा होमिन कार्यकर्तालाई आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending