Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

बिद्यार्थी संगठनलाई सञ्चालक समितिको अभद्र ब्यवहार

[caption id=\"attachment_108489\" align=\"alignnone\" width=\"750\"] शुल्क वृद्धि गरेपछि कालोपट्टी बाँधेर बिरोधमा उत्रिएका विद्यार्थी । (फाईल फोटो)[/caption] सिन्धुपाल्चोक, १९ पुस । विद्यार्थीको हित विपरीत क्याम्पसले शुल्क वृद्धि गरेको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थी, विद्यार्थी संगठन माथि क्याम्पस सञ्चालक समितिले हातपात गर्न खोजेको छ । अखिल (क्रान्तिकारी) का सिन्धुपाल्चोक जिल्ला इन्चार्ज मिलन लामामाथि चौतारा बहुमुखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् एमालेका पूर्व सांसद कृष्णराज श्रेष्ठले हातपात गर्न खोजेपछि सोमबार क्याम्पसमा भाडभैलो भएको थियो । विद्यार्थी, विद्यार्थी संगठन र सञ्चालक समितिका अध्यक्षसहितको टोलिबिच बसेको बैठकमा लामामाथि हात हालाहालको अवस्था सिर्जना भएको अखिल (क्रान्तिकारी)का इकाई प्रविण चौलागाईले खबरडबलीलाई बताए । विद्यार्थी संगठन र विद्यार्थीहरुको मजाकको भर आन्दोलत गरेको आरोप लगाउदै श्रेष्ठले भने ‘विद्यार्थीहरु अहिले मजाकमा आन्दोलन गरिरहेका छन्, त्यसैले शुल्क वृद्धि भएको नघट्ने छाँट देखाए ।’ बिहिबार सञ्चालक समितिको बैठक बस्दै छ त्यहिबाट अन्तिम निर्णय हुने बताए । विद्यार्थीहरुको सामान्य माग पुरा गर्न नसके सञ्चालक समितिको विद्यार्थी संगठनले राजिनामा समेत माग गरेका छन् । ‘विद्यार्थीहरुको भनाई राख्ने क्रम चल्दै गर्दा मैले पनि आन्दोलनको बारेमा बताउँदै थिए, अकस्मात उनले तँलाई के मतलब भन्दै हातपात गर्ने प्रयास गरे इन्चार्ज लामाले भने –‘अहिले क्याम्पसमा शिक्षा प्रदान गर्नुभन्दा पनि राजनीतिक अखडा बनेको छ ।’ ‘विद्यार्थीले शुल्क वृद्धिको विरुद्ध आवाज उठाईरहदा महिना दिनसम्म के कानमा घ्यू खांदेर वसेको छ’ लामाले भने । मासिक शुल्क विद्यार्थीले स्विकारेकै भएपनि भौतिक शुल्क किन एकैचोटि एक हजार पाँच सय ? यसै शैक्षिक सत्रबाट लागु हुने गरी भौेतिक शुल्क शुन्यबाट १५ सय पु¥याएकोमा ५ सय घटाई १ हजार कायम गर्नुपर्ने, मासिक शुल्क २५ प्रतिशत वृद्धि भई ६ सय २५ पु¥याएकोमा ६ सय मात्र कायम गर्नुपर्ने, शौक्षिक योग्यता पुगेका शिक्षकहरुलाई मात्र शिक्षण कार्यमा संलग्न गराउनु पर्ने र प्रशासनिक जिम्मेवारी नियम अनुसारका उपप्रध्यापकलाई मात्र दिनुपर्ने माग लिएर नेपाल विद्यार्थी संघले र अखिल (क्रान्तिकारी) संयुक्त रुपमा आन्दोलमा होमिएका छन् । क्याम्पसले एकलौटी रुपमा बिद्यार्थीको ढाड सेक्नेगरी शुल्क वृद्धि गरेको तथा विगतदेखिको प्रशासनिक कमजोरी विरुद्ध दुवै संगठन घोर आपत्ती जनाएको नेपाल विद्यार्थी संघका क्याम्पस इकाई कार्यवहाक सभापती अनिल कुमार सापकोटाले बताए । कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा गरी चार पार्टीका क्याम्पस सञ्चालक समितिमा भएपनि एक महिना अघिदेखि आफ्ना विद्यार्थी संगठनहरुले राखेको माग सम्बोधन गर्न लागी नपरेका उनीहरुको आरोप छ । एक महिनादेखि आन्दोलनमा उत्रिएका बिद्यार्थीहरुले एक हप्तादेखि लेखाशाखामा तालाबन्दी गरेर काम गर्न नदिएपनि तालाबन्दीको सञ्चालक समितिले वेवास्ता गरेको छन् । विद्यार्थीको माग सम्बोधन नभए दुवै संगठन थप चरणवद्ध आन्दोलनमा जाने तयारीमा रहेका छन् । विद्यार्थीको माग पुरा नभएसम्म प्रथम बर्षमा अध्ययनरत सबै विद्यार्थीले भर्ना नगर्ने उद्घोष गरेर आन्दोलनमा साथ दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending