Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

संशोधन पास गराउने कसरतमा मोर्चा

काठमाडौं, २० पुस । संविधान संशोधन प्रस्तावको स्वामित्व लिन आखिरी घडीमा तयार देखिएको मधेसी मोर्चाले अरू राजनीतिक दलसँग संवाद तीव्र पारेको छ । आजको कान्तिपुरमा खबर छ– विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र कमल थापा नेतृत्वको राप्रपासँग संवाद थालेका मोर्चा नेताले संविधान संशोधन प्रस्तावको पक्षमा भोट हाल्न आग्रह गरेका छन् । सिंहदरबारस्थित फोरम लोकतान्त्रिक संसदीय दलमा सोमबार दिउँसो पुगेका तमलोपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीलगायत मोर्चा नेताले समर्थनका लागि गच्छदारलाई आग्रह गरेका थिए । कांग्रेस, एमाले र माओवादीसँग १६ बुँदे सहमति गरेको पर्सिपल्ट गत वर्ष जेठ २७ गते मधेसी मोर्चाबाट गच्छदारलाई निष्कासन गर्ने निर्णय गरेका मोर्चा नेताहरू अहिले संविधान संशोधन पास गर्नका निम्ति उनैलाई सम्झन पुगेका हुन् । संसदमा फोरम लोकतान्त्रिकको १४ सिट छ । ‘संशोधन पारित गराउन भूमिका खेल्नेबारे विजयजीसँग हाम्रो सकारात्मक कोणबाट कुराकानी भयो,’ तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालले भने, ‘उहाँले पनि संविधान संशोधनबिना कार्यान्वयन असम्भव रहेको भनी आफ्नो दलले पछिल्लो केन्द्रीय समिति बैठकबाट निर्णय नै गरेको भन्दै प्रस्ताव आएकामा खुसी व्यक्त गर्नुभयो ।’ संशोधन प्रस्तावको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले पनि अघिल्लो सत्ता साझेदार फोरम लोकतान्त्रिकसँग पनि सहयोगको आशा राखेको छ । फोरम लोकतान्त्रिकको पुस ४ देखि ६ सम्मको केन्द्रीय समिति बैठकले संविधान संशोधन गरी राजनीतिक निकास दिनुपर्ने निर्णय लिएको थियो । फोरम लोकतान्त्रिक महासचिव रामजनम चौधरीले मोर्चाको प्रस्तावलाई आफूहरूले सकारात्मक रूपमा लिएको बताउँदै समर्थन गर्ने वा नगर्नेबारे ‘समय आएपछि निर्णय गर्ने’ प्रतिक्रिया दिए । ‘मिलेर जाऔं भन्ने उहाँहरूको कुरामा हामी पोजिटिभ नै छौं, त्यसका लागि अहिलेको संशोधन प्रस्तावलाई अलिकति परिमार्जन गर्नुपर्ने हुन्छ,’ चौधरीले भने । स्रोतका अनुसार फोरम लोकतान्त्रिकले झापा, मोरङ, सुनसरीलाई पनि प्रदेश नम्बर दुईमै राख्ने गरी प्रस्ताव लैजानुपर्ने र संशोधन प्रस्ताव त्यसैगरी तयार गर्नुपर्ने मोर्चा नेतासँग बताएको थियो । महासचिव चौधरीले भने, ‘त्यसो गर्न सकिदैन भने झापा, मोरङ, सुनसरी, सिरहा र उदयपुर गरी पाँच जिल्ला मिलाएर अर्को प्रदेश बनाऔं भन्ने हाम्रो कुरा हो ।’ स्रोतका अनुसार गच्छदारले ठाकुर र त्रिपाठीसँग आफूले तराई मधेसको पक्षमा नै हुनेगरी संविधान निर्माण हुनुपर्ने गरी अघि बढदै गर्दा मधेसविरोधी चित्रित गरिएको भनी असन्तुष्टि व्यक्त गरेका थिए । जवाफमा ठाकुरले पछाडि नहेर्न, अगाडि सहकार्य गर्न सकिने सम्भावनाका लागि तयार हुन आग्रह गरेको स्रोतले बतायो । संसदमा ३७ सिट भएको राप्रपासँग पनि मोर्चाका तर्फबाट तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्लले कुरा अघि बढाएका छन् । उनले काठमाडौं बाहिर रहेका राप्रपा अध्यक्ष थापालाई टेलिफोन गरी संशोधन प्रस्तावको पक्षमा भोट हाल्न आग्रह गरेको तमलोपा स्रोतले बतायो । थापाले आफू संशोधनबाटै राजनीतिक गतिरोधको निकास दिनुपर्ने पक्षमा रहेको भन्दै विस्तृत सल्लाह काठमाडौं फर्केपछि गर्ने प्रतिक्रिया दिएको तमलोपाका एक नेताले बताए । कुनै बेला थापासँगै काम गरेका शुक्ललाई मोर्चाले वार्ताको जिम्मेवारी दिएको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending