Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

समाजकल्याणमा नीलमणिको लुटतन्त्र

\"\"काठमाडौं, २० पुस । समाजकल्याण परिषदभित्र मनपरीतन्त्र बढेको छ । विगतदेखि नै मनपरीतन्त्रले सीमा नाघेको परिषदेमा नेकपा मालेका कार्यकर्ता उपाध्यक्ष, सदस्य सचिव र सञ्चालक समिति सदस्य भएर गएपछि झनै मनपरी बढेको हो । बुधबार साप्ताहिकमा खबर छ– परिषद्का पदाधिकारीहरु समाजकल्याणभन्दा पनि आफ्नै कल्याणमा केन्द्रित हुन थालेपछि यस्तो समस्या आएको हो । सामाजिक काम शून्य र कमाउ धन्दा चर्को रुपमा फस्टाउन थालेपछि परिषद्का कर्मचारीहरु नै अचेल अचम्मित भएका छन् ।परिषद्का उपाध्यक्ष नीलमणि बरालले पछिल्लो समय त्यहाँ आतंक नै सिर्जना गरेको बताइन्छ । उनले टुकुचा तरकारी बजारमा लामो समयदेखि आँखा लगाउँदै आइरहेको बताइन्छ । उपाध्यक्ष बरालले परिषद्को स्वामित्वामा रहेको टुकुचा तरकारी बजारमा लामो समयदेखि व्यवसाय गरिरहेका व्यवसायीहरुलाई नियमविपरीत दुःख दिँदै आइरहेको बताइन्छ । बरालले अदालतले गरेका फैसला समेतलाई लत्याउँदै व्यसायीहरुले सञ्चालन गर्दै आइरहेको तरकारी बजार मोटो कमिसन लिएर व्यवसायीलाई सुम्पने तयारी लामो समयदेखि गर्दै आइरहे पनि व्यवसायीहरुको अवरोधका कारण सफल हुन सकेको छैन । परिषद्ले कागज गरेर कृषि व्यवसायीहरुको सहजीकरणका लागि भन्दै व्यवसायीहलाई दिइएको जग्गा बरालले दिवंगत भइसकेका ठेकेदार हीरादेवी खड्गीकी छोरीलाई दिने कसरत लामो समयदेखि गर्दै आइरहेका थिए । तर, टुकुचाका व्यवसायीहरुको अवरोधका कारण २०७३ साउन १७ गते कागजी रुपमा दिइसकिएको उक्त बजार बरालले चाहेको व्यक्तिलाई दिन सकिरहेका छैनन् । काठमाडौं जिल्ला अदालतले टुकुचा तरकारी बजारमा रहेका २ सय ६ जना तरकारी व्यवसायीको पक्षमा फैसला गरेको भए पनि बरालले अर्घेल्याइँ गर्दै आइरहेका छन् । बरालले मोटो कमिसन लिएकै कारण अदालतको फैसलाको समेत बेवास्ता गरेर ठेकेदारलाई सुम्पने योजना बनाएको बुझिएको छ । टुकुचा बजारमा मालेका अध्यक्ष सीपी मैनालीकी श्रीमती निलम केसीले गरेको बेइमानीलाई पछि मैनालीले पनि निरन्तरता दिएका थिए । केसीले त आफू महिला बालबालिका तथा समाजकल्याण मन्त्री हुँदा जीवित नै नरहेका ठेकेदार हीरादेवी खड्गीलाई तरकारी बजार दिने निर्णय गरेर जग हँसाएकी थिइन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending