Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

एक हजारमै एसएलसीको प्रमाणपत्र !

\"\"काठमाडौं, २१ पुस । विद्यालय कक्षा पास गरेपछि मात्रै दिइने एसएलसीको प्रमाणपत्र १ हजार रुपैयाँमै बनाइदिने गरेको खुलेको छ । आजको राजधानी दैनिकमा खबर छ– महानगरीय प्रहरी अपराध महाशाखाले विदेश पठाउँछु भन्दै ठगेको आरोपमा ऐनबहादुर थापा मगरलाई पक्राउ गरेपछि प्रहरी एसएलसीको नक्कली प्रमाणपत्र बनाइदिने गिरोहसम्म पुग्न सफल भएको हो । सो गिरोहले एसएलसीको प्रमाणपत्र चाहिने भन्दै आउनेलाई १ हजार रुपैयाँ लिई सहजै बनाइदिने गरेको थियो । गिरोहले नक्कली प्रमाणपत्र बनाएर विदेश जाने सोझा कामदारका लागि एसएसली पास गरेको धेरै प्रमाणपत्र वितरण गरिसकेको प्रहरीको अनुमान छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार विदेश पठाउँछु भन्दै ठगेको आरोपमा जमलबाट पक्राउ परेका ऐनबहादुरका साथमा यमबहादुर थापा नामको एसएलसीको प्रमाणपत्र भेटिएको थियो । सो प्रमाणपत्र नक्कली थियो । त्यसमाथि अनुसन्धान गर्दै जाँदा नक्कली प्रमाणपत्र बनाएर ‘सुपथ मूल्य’ मा बेच्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीे सफल भएको हो । ‘एसएलसीको प्रमाण पत्र पनि १ हजार रुपैयाँमा पाइन्छ भन्दा प्रहरी त्यो बनाउने गिरोहसम्म पुग्न सफल भयो,’ महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने । पक्राउ परेका ऐनले एसएलसीको नक्कली प्रमाणपत्र रानीबारीस्थित आईटी भेट टेक्नोलोजीका सञ्चालक तथा त्यहीँ काम गर्ने भगवान भण्डारीले १ हजार रुपैयाँमा बनाएको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ऐनलाई नै लिएर रानीबारी गएको प्रहरीले भण्डारीलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले साइबर सञ्चालक विकास रम्तेललाई पनि पक्राउ गरेको छ । प्रहरीका अनुसार ऐनलाई लिएर जाँदा सो गिरोह एसएलसीको प्रमाणपत्र बनाउन सहजै तयार भए र १ हजारमा नक्कली प्रमाणपत्र बनाइदिए । त्यस प्रमाणका आधारमा प्रहरीले साइवरमा चेकजाँच गर्दा एसएलसीका साथै उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गतका नक्कली प्रमाणपत्र, छाप, लेटरप्याड फेला पारेको थियो । यसअघि महाशाखाकै टोलीले इन्जिनियरको नक्कली प्रमाणपत्र बनाई नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता गराएर प्रमाणपत्र बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला पाँचजनालाई कम्प्युटरका साथै अन्य कागजातसहित पक्राउ गरिएको थियो । त्यसबेला प्रहरीले कम्प्युटर डिजाइनर गाबहालका २९ वर्षीय अंकित खड्का, सोहि स्थानमा नोकरी गर्ने नख्खिपोटका ४४ वर्षीय सुबित खड्कालाई पक्राउ गरेको थियो । यस्तै सिलगढी नगरपालिका ३ का २८ वर्षीय हितेश सिंह, खोटाङ बाकसिला ८ का २६ वर्षीय विद्यार्थी पूजनकुमार खत्रीलाई पनि पक्राउ गरेको थियो । त्यसैगरी, काठमाडौं बश्रढानिलकण्ठ ३ का विद्यार्थी २६ वर्षीय सनत श्रेष्ठलाई पनि पक्राउ गरेको थियो । नक्कली प्रमाणपत्रधारी इन्जिनियरहरू रहेको भन्ने सूचनाका आधारमा त्यतिबेला कम्युटरसहित उनीहरूलाई पक्राउ गरेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy