पौष २१ गते, २०७३ बिहिवार 5th January, 2017 Thu०७:५४:५२ मा प्रकाशित
काठमाडौं, २१ पुस ।भक्तपुर नगरपालिकाका एक व्यक्तिले विद्युत् चोरेर छिमेकीलाई महँगोमा बिक्री गरेका छन् । आफ्नो घरमा भाडा गरी बस्नेलाई सबमिटर जडान गरिदिएर लागेको विद्युत्को शुल्क लिनु सामान्य हो । तर ती व्यक्तिले सुन्दै अचम्म लाग्ने गरी विद्युत् चोरी गरेर छिमेकीलाई सबमिटर जडान गरी महँगो शुल्क लिएर बिक्री गरेका हुन् ।
आजको अन्नपूर्ण पोस्टमा खबर छ– विद्युत् प्राधिकरणले जस्तै विद्युत् बिक्री गरेर शुल्क असुल्ने भक्तपुर नपा ५ देकोचाका लक्ष्मी गहतराज हुन् । नेपाल विद्युत् प्राधिकरण भक्तपुर केन्द्रका प्रमुख विक्रमबहादुर अमात्यका अनुसार गहतराजले खम्बाबाट आफ्नो घरमा ल्याएको मुख्य लाइन मिटर नपुग्दै प्वाल पारेर विद्युत् चोरेका थिए ।
\'खम्बाबाट घरमा ल्याएको मुख्य लाइन मिटर नपुग्दै प्वाल पारेर विद्युत् चोरेको भेटियो\', प्रमुख अमात्य भन्छन्, \'आफ्ना लागि मात्रै नभएर लक्ष्मी गहतराजले विद्युत् चोरेर पनि अरूलाई महँगोमा बेच्नुभयो ।\' गहतराजले आफ्ना ६ जना छिमेकीलाई सबमिटरमार्फत विद्युत् बेचेको जानकारी प्रमुख अमात्यले दिए ।
विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रका अनुसार गहतराजले छिमेकीलाई महँगो पैसा लिएर विद्युत् बिक्री गर्दै आएका थिए । प्राधिकरणले साधारण ग्राहकबाट प्रतियुनिट चार रुपैयाँ लिँदै आएको छ तर उनले प्रतियुनिट दस रुपैयाँभन्दा बढी शुल्क लिएर चोरीको विद्युत् बैच्दै आएको केन्द्रका एक कर्मचारीले बताए ।
चोरीको विद्युत् बेच्दै आएका गहतराजलाई कारबाहीस्वरूप भक्तपुर केन्द्रले एक लाख ४९ हजार रुपैयाँ जरिबाना गरेको छ । उक्त रकम उनले विद्युत् बेचेका छिमेकीको सबमिटरमा देखाएको अंकअनुसार मात्रै भएको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख अमात्यका अनुसार गहतराजबाट असुलेको जरिबाना रकम व्यक्तिगत ग्राहकबाट असुल गरेको सबैभन्दा ठूलो हो । \'कैफियत भेटिएका अन्य ग्राहकबाट ४०÷५० हजारभन्दा बढी जरिबाना लिएका छैनौु\', उनले भने, \'तर गहतराजलाई एक लाख ५९ हजार रुपैयाँ जरिबाना गरायौं । यो रकम उनले विद्युत् बेचेको सबमिटरले देखाएको अंकअनुसार मात्रै हो ।\'
उनले केन्द्रले विद्युत् चुहावटबारे जिल्लामा अभियान नै थालेपछि विद्युत् चोर्ने प्रविधि र कार्यशैलीबारे धेरै विधि पत्ता लागेको बताएका छन् । भक्तपुर जिल्लामा पनि भक्तपुर नगर क्षेत्रमा विद्युत् चुहावट नियन्त्रण चुनौतीपूर्ण भएको उनको भनाइ थियो । उक्त चुनौती कम गर्न केन्द्रले विद्यालय तथा उच्च माविकेन्द्रित विद्युत् चुहावट नियन्त्रण अभियान अघि बढाएको छ । विद्युत् चुहावट र विद्युत्को खपत कम गर्नेबारे सचेत गर्ने उद्देश्यले जिल्लाका विद्यालय तथा उच्च माविमा अभियान अघि बढाइएको केन्द्रका प्रमुख अमात्य बताउँछन् । यसका साथै केन्द्रले विद्युत् चोरी नियन्त्रण गर्न दैनिक दुईवटा समूह खटाउँदै आएको छ ।
भक्तपुरमा मासिक ३५ लाख युनिट विद्युत् बिक्री भइरहेको छ । केन्द्रको सिस्टममा भने ५१ लाख युनिट बिजुली आइरहेको केन्द्रले जनाएको छ । उक्त तथ्यांकअनुसार भक्तपुरमा १६ लाख युनिट विद्युत् चुहावट भइरहेको छ । केन्द्रले विद्युत् चुहावट नियन्त्रण अभियान थालेपछि उल्लेखनीय रूपमा चुहावटमा कमी आएको छ । सरकारी तथ्यांकअनुसार भूकम्पअघिसम्म भक्तपुरमा ६३ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । तर भूकम्प र जनचेतना अभियानका कारण चुहावट अहिले ३३ प्रतिशतमा झरेको प्रमुख अमात्यको दाबी थियो ।
उनले चालू आवभित्र विद्युत् चुहावट २२ प्रतिशतमा झार्ने लक्ष्य रहेको जानकारी दिए । सात प्रतिशतको हाराहारीमा हुने प्राविधिक चुहावट गणना नगर्दा अहिले वास्तविक चुहावट २६ प्रतिशत मात्रै रहेको उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: