Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

लोकमानको बायोडाटामै झूट

\"\"काठमाडौं, २१ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख कार्कीले नियुक्तिका लागि संवैधानिक परिषद्मा पेस गरेको आफ्नो बायोडाटामा उल्लेखित केही विवरण झूटो भेटिएको छ । उनले बायोडाटामा आफ्नो कार्यानुभवलाई मुख्य रूपमा उल्लेख गरेका छन् । उक्त विवरण नै झूटो रहेको खुलेको हो । आजको कान्तिपुरमा खबर छ– कार्कीले संवैधानिक परिषद्मा पेस गरेको बायोडाटामा सन् २००६ को अप्रिलदेखि २००९ सम्म आफू मुख्य सचिव रहेको विवरण उल्लेख गरेका छन् । उनले आफ्नो व्यक्तिगत विवरणमा उल्लेख गरेको इस्वी संवत्को मिति विसं मा रूपान्तरण गर्दा २०६२ चैत/वैशाख हुन आउँछ । उनले उल्लेख गरेको विवरण ९सन् २००९० लाई आधार मान्ने हो भने २०६५ पुससम्म उनी मुख्यसचिवमा कार्यरत रहेको देखिन्छ । तर यथार्थमा भने दुई वर्षअघि नै उनी मुख्य सचिवबाट बिदा भइसकेका थिए । सामान्य प्रशासन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सर्वोच्च अदालतमा पठाएको कार्कीसम्बन्धी फाइलमा भने २०६३ साल साउन २१ गते उनी मुख्यसचिवबाट हटिसकेको देखिन्छ । साउन २२ गतेदेखि भने उनी राष्ट्रिय योजना आयोगको सचिवालयमा विशेष अधिकृतको रूपमा सरुवा गरिएका थिए । उक्त मितिलाई इस्वी सन्मा रूपान्तरण गर्दा सन् २००६ अगस्ट ७ मात्रै हुन्छ । यसरी हेर्दा उनले करिब ३ वर्ष आफूले नपाएको जिम्मेवारी र पदमाथि दाबी गरेका हुन् । २०६३ साउन २२ गते योजना आयोगको सचिवालयमा सरुवा भएदेखि एक दिन पनि हाजिर नभएका कार्की बिदाको निवेदन दिएर घरठेगानाबाट बेपत्ता भएका थिए । उनलाई सम्पर्कमा आउन आग्रह गरी सामान्य प्रशासन मन्त्रालयले दुई पटक सार्वजनिक सूचना प्रकाशित गरेको थियो भने उनको घरमै पुगेर प्रहरी र वडा कार्यालयको टोलीले चिठीको व्यहोरा गेटमा टाँसेको थियो । २०६३ सालदेखि एक दिन पनि कार्यालय उपस्थित नभएका कार्कीले २०६५ भदौ २५ मा राजीनामा दिएका थिए । उनको राजीनामा २०६५ असोज ४ को मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो । मुख्यसचिवबाट हटाएपछि, एक दिन पनि कार्यालयमा अनुपस्थित भएका कार्कीले उक्त अवधिलाई नै अनुभवमा जोडेका हुन् । कार्कीले आफ्नो अनुभवमा नेपाल सरकारको मुख्यसचिव रहेको उल्लेख गरेका छन् । तर उनी तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा श्री ५ को सरकारका मुख्यसचिव थिए । ‘श्री ५ को सरकार’ लाई ‘नेपाल सरकार’ मा रूपान्तरित गरेपछि मुख्यसचिव नै नरहेका कार्कीले भने अस्वाभाविक दाबी गरेको भेटिएको हो । २०४१ सालमा राजप्रासाद सेवामा सोझै उपसचिव भएका कार्की २०६३ मा मुख्यसचिवबाट हटाइएका थिए । राजप्रासाद सेवालाई जोड्ने हो भने पनि उनको जागिर अवधि २२ वर्षको हुन्छ । त्यसक्रममा उनले आफ्नो बायोडाटामै बेलायतको भिक्टोरिया युनिभर्सिटी अफ मेनचेस्टरबाट पोस्ट ग्य्राजुएट र मास्टर्स गरेको उल्लेख गरेका छन् । सन् १९८८ मा पोस्ट ग्य्राजुएसन गरेका उनले १९८९ मा मास्टर्स गरेको भनी बायोडाटामा उल्लेख गरेका छन् । बेलायतमा बसेर अध्ययन गरेको २ वर्षलाई समेत उनले जोडेर आफ्नो अनुभव २४ वर्ष पुगेको दाबी गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy