Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

स्ववियु निर्वाचनको कार्य तालिका सार्वजनिक गर्न माग

काठमाडौँ, २१ पुस । अनेरास्ववियुले त्रिभुवन स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचन कार्य तालिका सार्वजनिक गर्न विश्वविद्यालयसंग माग गरेको छ । बिहीबार पत्रकार सम्मेलनमा अनेरास्ववियु अध्यक्ष नवीना लामाले फागुन १४ गतको निर्वाचनका लागि धेरै समय बाँकी नभएकाले एक हप्ताभित्र कार्य तालिका सार्वजनिक गर्न माग गरेकी हुन । उनले त्रिविले तोकेको विधि र प्रणालीमा केही फरक मत भए पनि निर्वाचनको सुनिश्चिताका निर्वाचन प्रक्रियामा सहभागी हुने उनले बताइन । अध्यक्ष लामाले स्ववियु निर्वाचनलाई सभ्य, स्वच्छ, अनुशासित, मर्यादित मितव्ययी, पारदर्शी र भयरहित ढङ्गबाट सम्पन्न गर्न वातावरण बनाउन समेत माग गरिन । उनले भनिन्, “विगतमा पनि स्ववियु निर्वाचनको मिति घोषणा गरेर पनि नभएको इतिहास हामीसँग छ । अबको निर्वाचनमा पनि परिणाम आफ्नो पक्षमा पर्छ कि पर्दैन भन्ने त्रासबाट प्रेरित भएर निर्वाचनको वातावरण बिथोल्ने वा असहजता निर्माण गर्र्न काम नगरौँ ।” अध्यक्ष लामाले स्ववियु निर्वाचनलाई प्रविधिमैत्री बनाउन विद्युतीय प्रणालीबाट मतदान गर्ने व्यवस्था अवलम्बन गर्न पनि आग्रह गरिन । यसैगरी अनेरास्ववियुले विभिन्न क्याम्पसमा खोलिएको विद्यार्थी कल्याण शाखा अविलम्ब बन्द गरी विद्यार्थीसँग सम्बन्धित सम्पूर्ण गतिविधि स्ववियुमार्फत सञ्चालन गर्न पनि माग गरेको छ । गत बुधबार त्रिविको साधारण बैठकले २८ वर्षे उमेरको हदबन्दी र मिश्रित प्रणालीमा स्ववियु निर्वाचन हुने निर्णय गरेको छ । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविले २०६५ चैत ६ गतेदेखि गर्न सकेको छैन । त्रिविले पटकपटक घोषणा गरे पनि उमेर विवादका कारण निर्वाचन हुन सकेको छैन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending