Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

राति निन्द्रा पर्दैन ? यस्ता उपाय अपनाउनुहोस

\"\"काठमाडौं, २१ पुस । राती राम्रो निन्द्र नपर्नु स्वास्थ्यको लागि राम्रो मानिदैन । अघिल्लो दिनमा राति निदाउन नसके भोलिको दिन समेत खराब हुने गर्छ । जसको कारण शरीरमा थकान, शरीर दुख्ने र आँखा पोल्ने लगायतका समस्या हुनसक्छ । बेडमा बसेर धेरै समय निदाउन कोशिस गरेपनि निदाउन नसक्दा रातभरी जाग्राम बस्ने पर्ने अवस्था हुन्छ । यदि तपाइँलाई पनि यस्तो समस्या छ भने यी निम्न प्रकारका उपायहरु अपनाउँदा समयमै निदाउन सहयोग गर्छ । यी उपायहरु जुन प्रयोगबाट उपयोगी सिद्ध भएका छन् । यसो गर्दा रातिमा निद्रा नलाग्ने समस्याबाट छुटकारा मिल्छ । यसको लागि कुनै प्रकारको औषधीको प्रयोग बिना नै निदाउन सकिन्छ । त्यसको लागि तल दिइएको टिप्सलाई नियमित अपनाउनुपर्ने हुन्छ । राति निद्रा नलाग्ने समस्याबाट बच्न यी उपायहरु अपनाउनुहोस् । सबैभन्दा पहिला ठूलो आवाज निकालेर मुखबाट सास छोड्नुपर्छ । मुख बन्द गरेर नाकबाट बिस्तारै बिस्तारै सास लिनुपर्छ । आफ्नो सासलाई ७ अंकसम्म गन्ती गन्ने र ८ गन्ती गर्दासम्म सासलाई बिस्तारै बाहिर छोड्नुपर्छ । यो सकिएपछि फेरि सास भित्र तान्ने र यो प्रक्रिया चारपटकसम्म दोह–याउनुपर्छ । यसो गरिरहँदा लामो सास तान्दै छोड्दै गर्नुपर्छ । यसबाट तपाइँको दिमाग शान्त अवस्थामा पुग्छ । यसो गर्दा केही क्षणमै निद्रा लाग्ने गर्छ । यदि तपाइँ आँखा बन्द गरेर ध्यान केन्द्रित गरेर बस्नुभयो भने केही रंगीन चीज देख्न सकिन्छ । यसलाई ‘फास्फिन्स’ भन्ने गरिन्छ । आफूलाई शान्त बनाएर त्यसलाई हेर्दै गर्नुभयो तपाइँलाई निद्रा लाग्न सहयोग गर्छ । यसपछि बिस्तारै सास लिनुस् । बेडमा बसिरहेका बेला धेरैपल्ट कोल्टे फेर्नुहुँदैन यसले तपाइँलाई अस्थीर बनाउँछ । र, निदाउन गाह्रो हुन्छ । निदाउनुभन्दा अघि शरीरलाई एक शान्त स्थितिमा पु–याउनुपर्छ । सुत्दा सिरानी नरम खालको हुनुपर्छ । सुत्ने कोशिस गरिरहँदा घडी हेर्ने नगर्दा राम्रो । घडी हेरिरहँदा धेरैसमय निदाउन नसकेको आभास हुन्छ । यसले तपाइँलाई झन् निदाउन गाह्रो हुन्छ । आँखाको परेला छिटोछिटो झिम्काउनुुस् । निदाउन समय लाग्नु भनेकै आँखा थकित हुनु हो । सुत्ने प्रयास गरिरहँदा पानी अत्याधिक पिउनु हुँदैन । सुत्ने समय परिवर्तन गर्नुहुँदैन । यसले तपाइँको निदाउन समस्या हुन्छ । निदाउनको लागि नाकबाट ४ सेकेण्डसम्म लामो सास तान्ने , ७ सेकेण्डसम्म रोक्ने र ८ सेकेण्डसम्म बिस्तारै सास छोड्ने गर्नुपर्छ । कसैलाई पुस्तक पढ्ने र संगीत सुन्दा निदाउने हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies