Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सरकारी कार्यालय नै तिर्दैनन् विद्युत् महसुल

\"\"काठमाडौं, २२ पुस । विद्युत् वितरण नियमावलीअनुसार दुई महिनासम्म महसुल नतिर्ने ग्राहकको लाइन बिनासूचना काट्न सकिन्छ तर जिल्ला प्रहरी कार्यालय सुर्खेतले महसुल नबुझाएको दुई वर्ष पुग्न थालेको छ । २०७२ चैतयता महसुल नतिरेको प्रहरी कार्यालयको लाइन भने विद्युत् प्राधिकरण सुर्खेतले अहिलेसम्म काट्न सकेको छैन । प्रहरी कार्यालयले एक लाख ८३ हजार रुपैयाँ तिर्न बाँकी छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– जिल्ला प्रशासन कार्यालय सुर्खेतले २०७२ असोजयता विद्युत् महसुल तिरेको छैन । उसले ८६ हजार ६ सय २९ रुपैयाँ महशुल बुझाउन बाँकी छ । यस्तै जिल्ला विकास समितिको कार्यालय सुर्खेतले पनि २०७३ भदौयताको ४८ हजारभन्दा बढी विद्युत् महसुल बुझाउन बाँकी छ । जिल्ला प्रशासन, प्रहरी र जिविस मात्र होइन, जिल्लाका अधिकांश सरकारी कार्यालयले नै समयमा विद्युत् महसुल बुझाउने गरेका छैनन् । सरकारी कार्यालयले नै महसुल बुझाउन अटेर गर्दा लाखौं रुपैयाँ बक्यौता उठाउन बाँकी छ । नेपाल विद्युत् प्राधिकरण सुर्खेत शाखाका अनुसार सुर्खेतका एक दर्जनभन्दा बढी सरकारी कार्यालयले लामो समयदेखि विद्युत् महसुल बुझाएका छैनन् । यसरी महसुल बुझाउन ढिलाइ गर्नेमा जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला विकास समितिसम्मका कार्यालय छन् । जिल्ला प्रशासनअन्तर्गतको गोदाम घरको ३८ हजार ५ सय २७ रुपैयाँ महशुल २०७२ साउनदेखि नै तिरिएको छैन भने सोहीअन्तर्गतको अर्को भवनको ३९ हजार ६ सय ९९ रुपैयाँ २०७० चैतदेखि तिरिएको छैन । त्यसैगरी वीरेन्द्रनगर नगरपालिका कार्यालयअन्तर्गतका घन्टाघर, ग्रिनपार्कलगायतका कार्यालयले पनि करिब एक वर्षदेखि विद्युत् महसुल तिरेका छैनन् । प्राधिकरणका अनुसार सरकारी कार्यालयबाटै लाखौं रुपैयाँ उठ्न बाँकी छ । नागरिकबाट भन्दा सरकारी कार्यालयबाटै महसुल तिर्न ढिलाइ हुने गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरण सुर्खेत शाखाका सहायक प्रशासकीय अधिकृत श्यामलाल पौडेलले कार्यालयलाई पटकपटक पत्राचार गरेको भए पनि महसुल बुझाउन ढिला गरेको बताए । उनले वर्षमा कम्तिमा पनि दुईपटक महसुल बुझाउन पत्र पठाउने गरिएको जनाए । नागरिकले महशुल बुझाउन ढिला गरे प्राधिकरणले लाइन नै काट्ने गरेको छ तर सरकारी कार्यालयले नै लामो समयदेखि महसुल नै बुझाएका छैनन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले अटेर गरेको नभइ बजेट कम भएकाले ढिलाइ हुन गएको बताए । उनले कार्यालयमा उपलब्ध बजेटबाट महसुल तिर्ने गरिएको र नपुगेको रकमका लागि मन्त्रालयसँग पहल गरिएको बताए । विद्युत् प्राधिकरणका सूचना अधिकारीसमेत रहेको पौडेलका अनुसार ५७ ग्राहकबाट महसुल उठ्न बाँकी छ जसमा अधिकांश सरकारी कार्यालय छन् । लामो समयदेखि बक्यौता नबुझाउने केही ग्राहकको लाइन काटेर कालोसूचीमा राखिएको उनले जानकारी दिए । प्राधिकरण सुर्खेत शाखाले हालसम्म १४ लाख ३८ हजार ४ सय ४५ रुपैयाँ उठाउन बाँकी छ । कुनै पनि ग्राहकको मिटर रिडिङ भएको ६१ दिन पुग्यो भने बिनासूचना लाइन काट्न सकिने व्यवस्था विद्युत् वितरण विनियमावलीमा छ । त्यसैलाई आधार मानेर लाइन काट्ने गरिएको छ । लाइन काटेपछि ग्राहकले ६ महिनासम्म न्यूनतम शुल्क तिर्न सक्छ तर ६ महिनासम्म पनि ताकेता गर्दा त्यो शुल्क असुल गर्न सकिएन र ग्राहकले अटेर गर्‍यो भने तीनपुस्ते विवरणसहित कालोसूचीमा राखिन्छ । एउटा शाखामा महसुल नतिरेर अन्यत्र बसाइ सरेर गएको र त्यहाँ विद्युत् प्रयोग गरेको भएमा पनि पत्ता लगाएर शुल्क असुलउपर गर्ने गरेको पौडेलले जनाए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy