Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

ओलीले भने– नगरा बजाएर हामीलाई तराईबाट लखेट्ने कुरा गरिँदैछ

\"\"काठमाडौं, २२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ड्रम र नगरा बजाएर तराईबाट कसैले लखेट्न नसक्ने बताएका छन् । नौ राजनीतिक दलले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभामा बोल्दै ओलीले आफूहरुका अगाडि मधेसवादी दलहरु हैसियत नभएको संकेत गरे । ‘ड्रम बजारएर हो कि नगरा बजाएर तराईबाट हामीलाई लखेट्ने कुरा गर्दै हुनुहुन्छ’, ओलीले भने, ‘तराईमा उहाहरुको ११ सिट छ, हाम्रो ४० सिट छ ।’ एमालेलाई तराईमा कसैले रोक्न नसक्ने भन्दै ओलीले अब आफुहरु अभियान लिएर तराईमा जान लागिरहेको बताए । फागुनको दोस्रो हप्ताबाट मेचीकाली अभियान थाल्ने पनि ओलीले उद्घोष गरे । ड्रोनबाट होइन, सेटेलाइटबाट खिच्नुपर्छ ओलीले आफूहरुको कार्यक्रमलाई ड्रोनबाट फोटो खिच्न पठाइएका भन्दै ड्रोनबाट नभइ अब सेटेलाइटबाट फोटो खिच्नुपर्ने बताए । तराईका जनता चुप छ भनेर तराईका जनतालाई अल्मल्याउन सकिन्छ भनेर नठान्न उनले मधेसी नेताहरुलाई चुनौती दिए । ओलीले आफ्नो पार्टी हैसियतका साथ संसदमा रहेको उल्लेख गर्दै राष्ट्रिय हितलाई तलमाथि हुन नदिने बताए । राष्ट्रहितविपरितको प्रस्ताव पारित गर्न नदिने ओलीले उद्घोष गरे । प्रचण्डले भ्रम छरे एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले अहिले आफूहरुविरुद्ध भ्रम छर्दै हिडेको आरोप लगाए । तराई र पहाडकाबीचमा अनेकता र अविश्वास सिर्जना गर्ने काम भएको ओलीले टिप्पणी गरे । ‘अहिले उहाँ (प्रचण्ड)ले आफूलाई प्रधानान्यायाधीसले भेट्नु भयो, सल्लाह दिनु भयो भन्दै हुनुहुन्छ’, ओलीले भने, मैले अख्तियार पनि मिलाइसकेँ, अदालततिर मिलाएँ भनेर प्रचण्डले भन्नु भएको छ तर सम्मानित सर्वोच्च अदालतले आफ्नो तर्फबाट यसको खण्डन गरिसकेको छ ।’ ओलीले संविधान संशोधन गर्न सकिने दस्ताबेज तर देशको हितको लागि जनताको हितको लागि मात्रै संशोधन गर्नुपर्ने बताए । संविधान संशोधन अहिले जनताको माग नभएको तर जनता आन्दोलनमा उत्रिएका बेला अन्यत्र कसैको आदेश पालना गर्न संशोधन ल्याइएको ओलीले आरोप लगाए । संविधान जारी गर्दा जलाउनेहरुले निर्वाचन चाहेका छैनन् ओलीले संविधान जारी गर्दा जलाउनेहरुले निर्वाचन नचाहेको दावी गर्दै संविधान संशोधनको तुरुप फालेको दाबी गरे । उनले सरकारले अहिले प्रस्तुत गरेको संबिधान संशोधनको प्रस्ताव राष्ट्रघाती रहेको भन्दै कुनै पनि राष्ट्रघाती काम सफल हुन नदिने बताए । ९ दलको आयोजनामा विरोध प्रदर्शन भनिएता पनि ८ दलमात्र सहभागि भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending