Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

जारी नै रहने भो संसद्को अवरोध

[caption id=\"attachment_84436\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल तस्बिर[/caption] काठमाडौं, २४ पुस । प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध कायमै राख्ने निर्णय गरेको छ । स्थायी समितिको शनिबार बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार सरकारले सीमांकन हेरफेर प्रस्ताव फिर्ता लिने कुनै संकेत नदेखाएको निष्कर्ष निकाल्दै उसले संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ– सत्ता पक्षले सहमतिका लागि बैठक र छलफलको प्रयास नै नगरेको एमालेको ठहर छ । सरकारले आइतबारको संसद् बैठकमा संशोधन विधेयक टेबुल गर्ने बताइरहेका वेला उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा एमाले बैठक बसेको थियो । ‘सदन स्थगित भएपछि आजसम्म सहमतिका लागि सरकारले कुनै पहल र प्रयास नगरेकाले विगतको (सदन अवरोध गर्ने) निर्णयमा परिवर्तन नगर्ने निष्कर्ष बैठकले निकालेको छ,’ बैठकपछि संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘सत्तापक्ष सहमति जुटाउनेभन्दा पनि गैरजिम्मेवार ढंगले अघि बढ्न खोजेको देखिन्छ ।’ सीमांकन हेरफेर गैरसंवैधानिक हुने प्रस्ट संकेतसहित विधेयक पास गरिए बदर हुनेगरी सजग गराउँदै सर्वोच्चले आदेश दिएको एमालेको दाबी छ । संविधानको धारा २७४ नै ‘कोट’ गरेर अदालतको फैसला आएको र मधेसी मोर्चालेसमेत संशोधनका लागि सो धारा बाधक भए संशोधन या खारेज गर्नुपर्ने निर्णय गरिसकेको भन्दै एमाले सरकारले विधेयक फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ । अवरोधका विषयमा नौ दलमा छलफल हुने एमालेले सदन अवरोध र सरकारको पछिल्लो रबैयालगायतका विषयमा छलफल गर्न आइतबार बिहान विपक्षी नौ दलको बैठक बोलाएको छ । सो बैठकमार्फत आइतबारको संसद् बैठकका विषयमा थप निर्णय लिइने उपनेता नेम्वाङले बताए । पार्टी निर्णयमा परिवर्तन भएको छैन सुवास नेम्वाङ, उपनेता, एमाले विगतको पार्टीको निर्णयमा कुनै परिवर्तन भएको छैन, सदन अवरोध गर्ने हाम्रो निर्णय कायमै छ । यस विषयमा नौ दलको आइतबारको बैठकमा छलफल गरेर थप निर्णय गरिनेछ । अदालतको आदेशपछि लचिलो बनेर सहमति कायम गर्न सरकारले हामीलाई छलफलका लागि बोलाउला भन्ने सोचेका थियौँ, तर जिम्मेवार बनेर पहल र प्रयास गर्नुपर्नेमा बैठकका लागि डाकिएको छैन । त्यसैले हामीले सोच्नुपर्ने कुनै ठाउँ नै देखेका छैनौँ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy