Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

ज्ञवालीको दोस्रो जवाफः ‘मलाई हटाउनुपर्ने आधार र कारण छैन'

काठमाडौँ, २५ पुस । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले सरकारले सोधेको दास्रो स्पष्टीकरणको जबाफ आइतबार बिहान सरकारलाइ बुझाएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– ज्ञवालीले यसअघि बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै सरकारले बिहीबार दोस्रोपटक ‘तपाईंलाई पदबाट किन नहटाउने’ भन्ने बेहोरासहित चारबुँदे स्पष्टिकरण सोधेको थियो। सरकारले सोधेको २४ घन्टे स्पष्टीकरण ज्ञवालीले शुक्रबार बुझेका थिए। सरकारका तीन आरोप आरोप—१ अन्तरनिकाय समन्वय गर्न नसकेको ज्ञवालीः पुनर्निर्माण कार्य प्राधिकरण तथा यसको सिइओले मात्र गर्ने नभई भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ मा रहेको व्यवस्थाका साथै राष्ट्रिय पुनर्निर्माण तथा पुनस्र्थापना नीति, २०७२ मा रहेको संस्थागत संरचना र कार्यान्वयन प्रक्रिया खण्डमा उल्लेखित व्यवस्थाअनुरूपका निकाय तथा अधिकारीहरू एवं निर्देशक समितिले समयसमयमा तोकेका निकाय तथा अधिकारीहरूले तदारुकताका साथ काम गरेमा लक्ष्यअनुरूप उपलब्धि हासिल हुने अवस्था छ । ज्ञवालीः हालसम्म एक सय १७ वटा बस्तीको अध्ययन कार्य सम्पन्न भई ५६ वटा बस्तीलाई स्थानान्तरण गर्नुपर्ने तय भएको छ । जोखिमपूर्ण बस्तीमा परेका घरपरिवारको स्थानान्तरणसहित पुनर्बासका लागि केही समय लाग्ने र त्यसका कारण त्यस्ता घरपरिवारको जीवनयापन कष्टकर हुने कुरालाई विशेष ध्यान दिई जिल्ला दैवीप्रकोप उद्धार समितिबाट माग भएअनुसारका स्थान र संख्यामा प्राधिकरणको समन्वय र सहजीकरणमा सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत विभिन्न जिल्लामा ५० वटा र नेपाली सेनामार्फत ३६ वटा गरी ८६ वटा सामूहिक आवास भवन निर्माण गरिएको छ । ५ मंसिर ०७३ को निर्देशक समितिको बैठकले बाँकी रहेका तीन सय ५८ वटा जोखिमयुक्त बस्तीको विस्तृत अध्ययनसहित वैकल्पिक सुरक्षित स्थानको पहिचान गर्न माघ मसान्तसम्मको समयावधि तोकेको हुँदा त्यसअनुरूप प्राधिकरणले सम्बन्धित निकायहरूको समन्वयमा काम गरिरहेको छ । ५६ वटा बस्तीहरूको एकीकृत योजना तयारीसहितको पुनर्बास काम अगाडि बढाउने सम्बन्धमा मैले पहिलो स्पष्टीकरणमा उल्लेख गरेको छु । ज्ञवालीः २० साउन ०७३ मा प्रधानमन्त्री पद बहाली भएपछि निर्देशन भएबमोजिम भूकम्प अति प्रभावित ११ जिल्लामा प्राविधिक र कानुनी समस्याबाहेकका लाभग्राही घरधनीलाई आधारभूत रूपमा पहिलो किस्ताको अनुदान रकम वितरण सम्पन्न भएको छ । दोस्रो र तेस्रो किस्ताको रकम दिने कार्यविधि नै मन्त्रिपरिषद्बाट १४ पुस ०७३ मा मलाई पहिले स्पष्टीकरण सोध्ने निर्णयसँगै स्वीकृत भएको अवस्थामा अनुदान रकम वितरण नगरेको भनी जवाफदेही बनाउन खोज्नु न्यायोचित हुने देखिँदैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending