Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

डीएसपीले अपराधी नचिन्दा...

काठमाडौं, २६ पुस । लमजुङको पूर्वी भेगको दोर्दीखोला नजिकै लोंदोखोला छेउ शनिबार सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को सार्वजनिक छलफल कार्यक्रम चलिरहेको थियो । सांसद, प्रजिअ, डीएसपी, राष्ट्रिय अनुसन्धान अधिकृत लगायत मञ्चमा बसेका थिए । त्यही मञ्चको तेस्रो लाइनको छेउमा थिए, ढोडेनी ३, हरिगाउँका ७० वर्षीय गजबहादुर गुरुङ । आजको कान्तिपुरमा खबर छ– उनी ढोडेनी गाविसका पूर्वअध्यक्ष, जिल्ला पञ्चायतका पूर्वसभापति र अहिले मेमेपोखरी विद्युत् सहकारी संस्थाका अध्यक्ष हुन् । प्रजिअ र डीएसपी कार्यालयमा पनि गइरहने गुरुङ अपराधी हुन् भन्ने फोन जब डीएसपी समीरचन्द्र खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबीका अधिकारीबाट आयो, उनी झस्किए । उनले मञ्चबाटै पक्राउ नगरी भोलिपल्ट बोलाएर सीआईबीको जिम्मा लगाउने योजना बनाए । उनले सूचना चुहाएनन्, निगरानी बढाए । आइतबार प्रहरीले फोन गरेर श्रीमञ्ज्याङ प्रहरी चौकीको सम्पर्कमा जान भनेपछि गुरुङ सरासर त्यहाँ पुगे । प्रहरीका अनुसार त्यति बेलासम्म उनले आफूलाई पक्राउ गर्नुको कारण बुझिसकेका थिए । ‘गुरुङलाई सीआईबी टोलीले त्यहींबाट पक्राउ गरी काठमाडौं लग्यो,’ डीएसपी खरेलले भने, ‘आफूसँगसँगै बसिरहेका व्यक्ति अपराधी भएको खबर आउँदा झसंग भएँ । त्यसपछि पक्राउ योजना बनाउँ । अदालतले अपराधी ठहर गरेको १५ वर्षपछि पक्राउ परे ।’ गुरुङलाई पुनरावेदन अदालत पाटनले लागूऔषध मुद्दामा ०५८ फागुन २१ गते १५ वर्षको कैद फैसला र ५ लाख रुपैयाँ जरिवाना फैसला गरेको थियो । उनीविरुद्ध खैरो हेरोइन ओसारपसारको आरोप लागेको प्रहरी स्रोतले बतायो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending