Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

प्रेममा बाधा भएपछि पतिको हत्या

रौतहट, २८ पुस । करुनियामा एक साताअगाडि भएको युवकको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको खुलेको छ । रौतहटको करुनिया–२ का अभिनन्दन साहको हत्या उनकै श्रीमतीले गराएको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ– ‘प्रेममा बाधा भएपछि सकुन्तला देवीले नै पतिको हत्या गराएकी हुन्,’ रौतहटका प्रहरीप्रमुख एसपी यज्ञविनोद पोखरेलले भने । साहकी पत्नी सकुन्तला देवी र स्थानीय एक युवकलाई हत्या आरोपमा बुधबार प्रहरीले पक्रउा गरेको छ । कतारमा रोजगारी गरेर एक महिनाअघि मात्रै घर फर्किएका २३ वर्षीय अभिनन्दन साहको २१ पुसमा घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको थियो । करुनिया– ६ स्थित कमदेही खोलासँगै जोडिएको सिसौघारीमा उनको शव फेला परेको थियो । मृतक साह वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका बेला श्रीमती र पप्पु भनिने मनीषकुमार सुमनबीच प्रेम सम्बन्ध रहेको थियो । सुमनको दुई वर्षदेखि सकुन्तला देवीसँग सम्बन्ध रहेको प्रहरीले जनाएको छ । उनीहरुबीच प्रेम सम्बन्ध बढ्दै गएको र मृतक घर फर्किएपछि प्रेममा बाधा पर्न गएकाले सुमनले सकुन्तला देवीको योजनामा हत्या गरेको प्रहरीले जनाएको छ । उनले साहको टाउकोमा फलामको रड प्रहार गरी लडाएर चक्कुले घाँटी रेटी हत्या गरेको प्रहरीलाई बताएका छन् । यसरी भएको थियो हत्या सकुन्तलाको योजनाअनुसार २१ पुसमा गाउँकै कामदेही खोलानजिकको सिसौको घारीमा लगेर सुमनले अभिनन्दनको हत्या गरेका थिए । नातामा काकाको छोरा पर्ने सुमनले सिसौघारीमा लगेर पछाडिबाट रडले टाउकोमा प्रहार गरेको र बेहोस भएपछि घाँटी रेटेर हत्या गरेको प्रहरीसँगको बयानमा जनाएका छन् । प्रहरीले हत्यामा प्रयोग भएको रड र चक्कुका साथै मोबाइल बरामद गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy