माघ १ गते, २०७३ शनिवार 14th January, 2017 Sat०८:००:४५ मा प्रकाशित
काठमाडौं, १ माघ ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र मधेसी मोर्चाको बैठकमा भारतको पटनामा भएको भनिएको नेपाल टुक्राउनेसम्बन्धी बैठकको विषयमा छलफल भएको छ ।
अाजकाे नयाँ पत्रिकामा खबर छ– एमाले उपाध्यक्ष भीम रावलले नेपाल टुक्र्याउन भारतको पटनामा भएको भनिएको बैठकसम्बन्धी टिप्पणीबाट शुक्रबारको बैठक सुरु भएको थियो । मोर्चाका नेताहरु बैठक हलमा प्रवेश गरेलगत्तै प्रधानमन्त्रीले ‘तपाईंहरुका लािग आपत्तिजनक कुरा छ है’ भने ।
प्रचण्डले २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा प्रमुख पाँच दलका नेतासँगको बैठकमा एमाले उपाध्यक्ष भीम रावलले राखेको नेपाल टुक्र्याउन भारतको पटनामा बैठक बसेको प्रसंगबाट कुरा थालेका थिए । २२ गते रावलले प्रधानमन्त्री प्रचण्डलाई भारतको पटनामा त्यस्तो बैठक भएको भन्दै तीन पेजको विवरण बुझाएका थिए ।
भारतको पटनाको गान्धी मैदानछेउमा रहेको इन्डियन होटेलमा बैठक भएको रावलले विवरणमा उल्लेख गरेका छन् ।
रावलले दिएको प्रतिवेदनमा होटेलमा भारतको तर्फबाट केभी राजन, सीताराम यचुरी, देवेन्द्रलगायतका सहभागी थिए भने नेपालको तर्फबाट मधेसी मोर्चामा आबद्ध दलका १९ जना नेता, सिके राउत, ज्वाला सिंहलगायतका नेता सहभागी रहेको उल्लेख छ । सो विवरणबारे मोर्चाका नेताहरूलार्इ प्रचण्डले बुँदागत रूपमा सुनाएका थिए ।
रावलको विवरणमा के छ ?
पटना बैठकका तीनवटा निर्णय भन्दै विवरणको पहिलो बुँदामा आउँदो डेढ महिनामा मधेसका २० वटा जिल्लामा हातहतियार र विस्फोटक पदार्थ भण्डार गर्ने, दोस्रो बुँदामा मधेसका २० वटै जिल्लामा एक हजार भारतीय झन्डा देखिने ठाउँमा गाड्ने र तेस्रो बुँदामा तीन सयजना नेपाली गुरिल्ला लडाकु र भारतबाट दुई सय भारतीय गुरिल्ला लडाकुलाई एकै ठाउँमा राखेर तालिम दिने र मधेस स्वतन्त्र नभएसम्म निरन्तरता दिने रहेको उल्लेख छ ।
मधेसी नेताहरुको आपत्ति
प्रधानमन्त्रीले यति कुरा सुनाएपछि मोर्चाका नेताहरु आक्रोशित भएका थिए । बैठकमा सहभागी मोर्चाका एक नेताका अनुसार बैठकमा प्रधानमन्त्रीले रावलले दिएको विवरणबारे आफूले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको र उनीहरुले पटनामा त्यस्तो कुनै पनि बैठक नभएको जानकारी आफूलाई दिएको बताएका थिए । मोर्चाका नेता केशव झाले यो कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पुगेको पनि जानकारी दिएको बताए ।
त्यसपछि अशोक राईले एमाले अध्यक्ष केपी ओलीले डिजाइन बनाएर यस्ता हल्ला चलाएको भन्दै ओली यस्ता काममा खप्पिस रहेको बताएका थिए । राईले बोलेपछि माओवादी केन्द्रका नेता बादलले रावलको प्रतिवेदन सही भए पनि नभए पनि गम्भीर कुरा भएको टिप्पणी गरेका थिए । त्यसपछि मोर्चाका नेता राजकिशोर यादवले एमालेले पटना बैठकमा नेपाल टुक्र्याउने राण्नीति बनेको भन्ने कुराको प्रमाण दिनुपर्ने बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: