कालिकाेटमा पहिलाे पटक महिलालाई पुरुषसरह समान ज्याला
चैत्र २३ गते, २०७१ आइतवार 5th April, 2015 Sun१४:०६:२२ मा प्रकाशित
कालीकोट, जिल्लामा पहिलो पटक महिलाले पुरुषसरह समान ज्याला पाएका छन् ।
जिल्लाको रास्कोट क्षेत्रमा सञ्चालन गरिएको ग्रामीण पहुँच कार्यक्रमको तेस्रो चरणको सडक निर्माण कार्यमा सहभागी महिलाले समान ज्याला पाएका हुन् ।
कालीकोटका विभिन्न क्षेत्रमा पुरुषबराबर महिला काम गर्न नसक्ने भन्दै विगतका समयमा समान ज्याला दिने चलन थिएन । ग्रामीण पहुँच कार्यक्रमले समूहभित्रका सवै सदस्यको ज्याला बराबर हुने भनेपछि महिलाले जिल्लामा पहिलो पटक समान ज्याला पाएका हुन् ।
ग्रामीण पहुँच कार्यक्रमले सञ्चालन गरेको कामको गुणात्मकताका आधारमा ज्याला निर्धारण गरेपछि महिलाले पुरुषसरह समान ज्याला पाएका हुन् । ग्रामीण क्षेत्रका महिलामा पुरुषसरह ज्याला पाएकामा अहिले खुसी देखिन्छन ।
सडकमा काम गरेर फर्किंदै गरेकी स्युना गाविस–४ की मनपुरा तिरुवाले यसअघि विकास निर्माणका काममा पुरुषसरह ज्याला नपाएको स्मरण गर्दै अहिले आएर पुरुषसरह महिलालाई ज्याला दिन थालेकोमा खुशी प्रकट गरिन ।
पुरुषको दृष्टिमा महिलालाई कमजोर नजरले हेर्ने गरेका कारण आफूहरु पछि परेको भए पनि अवसर दिएका खण्डमा समाजका लागि महिलाले केही गरेर देखाउन पछि नपर्ने स्थानीय महिला अगुवा तथा शिक्षिका देवका पुनको भनाइ छ ।
सडक निर्माण कार्यमा आयआर्जनका लागि रास्कोटका तीन गाविसमा ५४ वटा सडक निर्माण समूह, स्थानीय समन्वय समिति र सडक निर्माण उपभोक्ता समिति वनाइएको छ । सो समुहमा महिला सहभागिता ३३ प्रतिशत रहेको छ ।
गठित समूहमा एक हजार ८० जना सदस्य रहेको बताइएको छ । समूहका सदस्यले काम गरेर प्राप्त गरेको कुल पारिश्रमिकको १० प्रतिशत अनिवार्य बचतसमेत गर्ने गरेको बताइएको छ ।
दुई वर्षअघि कर्णाली रोजगार कार्यक्रमले सञ्चालन गरेको सडक निर्माणमा काम गर्दा महिलालाई दैनिक ज्याला रु २०० उपलब्ध गराएको थियो । अहिले ग्रामीण पहुँच कार्यक्रमले दैनिक ज्याला रु ५७८ उपलब्ध गराएको छ ।
यसअघि ग्रामीण क्षेत्रमा काम गर्ने महिलाले दैनिक रु २०० देखि रु ३०० तथा पुरुषले भने दैनिक ज्याला रु ५०० भन्दा बढी पाउने गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: