Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सिंगो बस्ती व्यक्तिलाई नामसारी

काठमाडौं, ४ माघ । सरकारी कर्मचारी र भूमाफिया मिलेर सिंगै बस्ती रहेको करिब ४ बिघा जग्गा व्यक्तिका नाममा नामसारी गराएका छन् । वर्षौंदेखि उपभोग गरिरहेको घरघडेरी खाली गर्नुप¥यो भन्दै अपरिचित व्यक्तिले दिनहुँ धम्क्याउन थालेपछि सिंगै गाउँ त्रस्त छ । आजको नागरिक दैनिकमा खबर छ– भूमाफियाले नक्कली कागजात बनाई रौतहट, लक्ष्मिनिया–२, विजयपुरको जग्गा अर्कैको नाममा नामसारी गरेका हुन् जसमा एउटा बस्ती नै छ । विजयपुरको कित्ता नम्बर १०८ र २४६ को बिघा ९ कठा १३ धुर जग्गा भूमाफियाले कर्मचारीसउँग मिलेमतोमा नवलकिशोर राय यादवको नाममा पास गराएका हुन् । बस्तीसहितको २ बिघा ८ कट्ठा जग्गा भने जिल्ला प्रशासनले तत्कालका लागि रोक्का गरेको छ । उता, दिनहुँ बस्तीसहितको सिंगो गाउँ खाली गर्न, नत्र डोजर लगाएर भत्काउने धम्की आउन थालेपछि स्थानीय गुहार माग्न जिल्ला प्रशासन कार्यालय रौतहट पुगेका छन् । २०३६ सालमा जिल्लाकै फतुवा–हर्षाहा गाउँका ८७ घरधुरी बाढीपीडितलाई तत्कालीन जिल्ला पञ्चायतले विजयपुरमा बसाएको थियो । भारत, कोलकताका जयन्तकृष्ण मैत्रका नाममा रहेको हकबन्धीभन्दा बढी जग्गा राष्ट्रियकरण गरी तत्कालीन सरकारले बाढीपीडितलाई उपलब्ध गराएको थियो । बाढीपीडितलाई सँधैका लागि पुनर्वास गरिए पनि भूमाफियाको चलखेलमा आफ्नो बिजल्ली भएको स्थानीयले बताए । मैत्रका नाममा नक्कली वारेस खडा गरेर उक्त जग्गा क्रिी गरेको पत्ता लागेको छ । पढाउने काम गर्न नेपाल आएका मैत्रले विभिन्न ठाउँमा २८ बिघाभन्दा बढी जग्गा आफ्नो नाममा जोडेका थिए । मैत्रले पर्सा जिल्लाबाट लिएको नेपाली नागरिकताको प्रमाणपत्रसमेत नक्कली रहेको पाइएको छ । मैत्रका नाममा पर्सा जिल्लाबाट जारी रहेको भनिएको प्रमाणपत्र नम्बर १६०३०३३१४ को नागरिकता दुर्गाकुमारी ठकुरीका नाममा रहेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ । मैत्रका पिताको नाम गोपालकृष्ण मैत्र तथा वीरगन्ज–५ पर्सा लेखिएको ठेगानासमेत नक्कली भएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy