Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

डनलाई जोगाउन गृहमन्त्रीको निर्देशन

\"\"काठमाडौं, ४ माघ । विमलेन्द्र निधिले गृह मन्त्रालय सम्हालेपछि देशको सुरक्षा दिन प्रतिदिन खस्किदै गएको छ । तराईमा अपराधिक समूह सक्रिय भएका छन् भने गुन्डाहरु पनि फेरि सलबलाउन थालेका छन् । दृष्टि साप्ताहिकमा खबर छ– गुन्डागर्दीमै संलग्न बुटवलका मनोज पुनले युवासंघ रुपन्देहीका नेता दुर्गा तिवारीको हत्या गरे । एक महिना हुन लाग्दा पनि हत्यामा संलग्न कोही पक्राउ परेका छैनन् । त्यस्तै त्यसको एक सातामै नेपालगंजमा युवासंघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीको हत्या प्रयास भयो । बुढाथोकीमाथि आक्रमणमा संलग्नहरु पक्राउ परेका छन् । तर, मुख्य अभियुक्ताई जोगाउन गृहमन्त्री निधि नै सक्रिय छन् । बुढाथोकी आक्रमणका नाइके नेपालगंजका गुन्डा रिगल ढकाल भएको अनुसन्धानमा पुष्टि भइसकेको छ । खुकुरी आक्रमण गर्ने लक्ष्मण मल्लले ढकालकै निर्देशनमा आफूले आक्रमण गरेको बताएका छन् । घटनामा संलग्न तरुण दलका नेता दिगबिजय राणासमेत पक्राउ परिसकेका छन् । राणा र गुन्डा नाइके ढकाल एउटै ग्याङका व्यक्ति हुन् । नेपाली कांग्रेसको आवरणमा धम्की र असुली नै उनीहरुको मुख्य धन्दा हो । त्यही धन्दामा अवरोध भएको भन्दै उनीहरुले बुढाथोकीको हत्याको योजना बनाएका थिए । सोही अनुसार गत १४ पुसमा कोहलपुरमा आक्रमण भएको थियो । उक्त योजनाका नाइके ढकाल बाँके कारागारमा छन् । डेढ वर्षअघि एमालेकै कार्यकर्ता चेतन मानन्धरको खुँडाले काटेर हत्या गरेको आरोपमा उनी जेल परेका हुन् । गत वर्ष कुमार घैंटेको इन्काउन्टर भएपछि मारिने डरले उनले अदालतमा आत्मसमर्पण गरेका थिए । पुर्पक्षका लागि उनी जेलमा छन् । जेलबाटै ढकालले असुली र टेन्डरको धन्दा चलाउँदै आएको प्रहरी अधिकारीहरु बताउँछन् । ढकाल तरुण दलका क्षेत्रीय सभापतिसमेत भएका थिए । पहिला खुमबहादुर खड्काको आडमा गुन्डागर्दी गर्ने उनी पछिल्लो समय शेरबहादुर देउवा क्याम्पसँग निकट छन् । बुढाथोकीमाथि आक्रमणमा उनको संलग्नता पुष्टि भइसकेपछि गृहमन्त्री निधिले उनीमाथि मुद्दा नगचलाउन बाँकेका एसपी टेकप्रसाद राई र इप्रका कोहलपुरका डिएसपी सुरेश काफ्लेमाथि दबाब दिएका छन् । गृहमन्त्रीले नै संरक्षण गर्न थालेपछि देशभरीका कांग्रेस निकट गुन्डाहरु सक्रिय हुन थालेको प्रहरी अधिकारीहरु बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending