Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पारस शाह मानसिक रोगले पीडित

काठमाडौं, पूर्वयुवराज पारसविक्रम शाह मानसिक स्वास्थ्य समस्याले पीडित हुन पुगेका छन् ।  उनी अहिले हृदयाघात भएका बिरामीमध्ये कसैकसैलाई सताउने ‘माइल्ड इन्फेक्सन’ नामक रोगको शिकार हुन पुगेको समाचार स्रोतले जनाएको छ । मष्तिष्कसँग सम्बन्धित केही नशा र तन्तुहरु ‘प्यारालाइज्ड’ हुँदा यस्तो समस्या देखापर्ने चिकित्सक बताउँछन् । लामो विदेश बसाइपछि गत बिहीबार मात्रै नेपाल आएका पारस शाह कुनै परिचित मान्छे भेट्दा खिसिक्क हाँस्छन् तर कसैसँग पनि दोहोरो सवालजवाफ गर्दैनन् । परिवारका सबै सदस्यलाई चिन्छन्, अनुहार हेरेर मुस्कुराउँछन् तर बोल्दैनन् । ‘उनी नेपाल आएलगत्तै सञ्चारमाध्यमहरुमा आएका समाचारजस्तो परिवारले उनलाई निर्मलनिवास छिर्न र बस्न नदिएको होइन’, समाचार स्रोतले खबरडबलीलाई बतायो– ‘यहाँ आइपुग्नुअघि नै उनको स्वास्थ्य समस्याबारे जानकारी पाएको परिवारले पारसलाई सुविधा हुनेगरी शान्त र सहज ठाउँमा अन्यत्रै बसोवासको बन्दोबस्त मिलाएको हो ।’ शाहलाई अहिले उनको नियमित एवम् दैनिक हेरचाह गर्ने सहयोगी बाहेक कसैको पनि सम्पर्कमा जान दिइएको छैन । परिवारजन र सहयोगीहरु अहिले  उनको उपचारार्थ स्तरीय सेवा, भरपर्दो सुरक्षा र गोपनीयताको राम्रो व्यवस्था भएको अस्पताल खोजिरहेका छन् । लागूऔषधको दुर्व्यसन रहेका पारसले गतवर्ष हृदयाघातबाट सिकिस्त भएपछि बैंककस्थित ‘समिति भेज’ अस्पतालमा लामो उपचारपछि मुश्कीलले स्वास्थ्यलाभ गरेका थिए । त्यसैको प्रभावस्वरुप उनलाई अहिलेसम्म पनि स्वास्थ्य समस्या कायम रहेको धेरैको अनुमान छ । विदेश जानुअघि नै दुर्व्यसनको शिकार बनेका साहले थाइल्यान्डमा पनि लागूऔषधको व्यसनका कारण पटकपटक पक्राउ परी मुद्धा खेपे । भर्खरै मात्र जेलमुक्त भई नेपाल आएका उनी ‘डिप्रेसन’ को समस्याले ग्रस्त रहेको उक्त स्रोतले बतायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies