Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

विप्लव माओवादीद्वारा फेरि जग्गा कब्जा

पोखरा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आइतबार कास्कीको लेखनाथमा रहेको विवादित जग्गामा झन्डा गाडेको छ । सार्वजनिक जग्गामा माफियाहरुको चलखेल बढ्न थालेपछि आफूहरुले झन्डा गाडेको माओवादीले जनाएको छ । अर्धभूमिगत संरचना निर्माण गरेर सशक्त गतिविधिमा उत्रेको माओवादीले कास्कीमा यसअघि पनि झन्डा गाड्ने तथा भ्रष्टाचारी घोषणा गर्ने कार्य गर्दै आएको छ । लेखनाथ नगरपालिका– ४ को पाटनमा रहेको सुकुम्बासी वस्तीमा विद्यालयको नाममा जग्गा बिक्रीवितरण गर्न थालेपछि माओवादीले झन्डा गाडेर कुनै पनि बहानामा बिक्रीवितरण नगर्न र खरिद पनि नगर्न सबैलाई सूचित गरेको छ । यसअघि २०११ सालदेखि बस्दै आएका सुकुम्बासीहरुलाई हटाएर स्थानीय अमरज्योति माध्यामिक विद्यालयले उपभोग गर्ने भन्दै लालपुर्जाबिनाको जग्गा बिक्रीवितरण गर्न थालेको माओवादीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । माओवादी कास्कीका पूर्वी कमान्ड इन्चार्ज योजनले जारी गरेको विज्ञप्तिमा एकीकृत नेकपा (माओवादी), कांग्रेस र एमालेका स्थानीय नेताहरु मिलेर सार्वजनिक सम्पत्ति सिध्याउन लागिपरेको भन्दै आफ्नो पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ । \"pokhara_kabja-400\"जमिनमा लगाइएको बालीनाली नै तहसनहस हुनेगरी डोजर चलाएर हुन पुगेको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माओवादीले माग गरेको छ । जग्गा कब्जा गरेपछि कोणसभा गरी माओवादी नेता पहाडले दलाल र माफियाहरुलाई निसाना बनाउन सुरु गरिसकिएको उदघोष गरे । माओवादी सिद्धिएको सपना देख्नेहरुको निद्रा खराब हुनेगरी गरिब र सर्वहाराको पक्षमा लडाइँ सुरु भएको र आवश्यक परे आफूहरु बन्दुक बोक्न पनि तयार भएको उनको भनाइ थियो । माओवादीले स्थानीय स्कुलले भोगचलन गर्न पाउनुपर्ने भनी दाबी गरेको जग्गामा मात्र झन्डा गाडेको छ । लेखनाथमा अन्य स्थानमा पनि पर्ति तथा सार्वजनिक जग्गाहरु बिक्रीवितरण भैरहेका छन् । कपाली तमसुकका भरमा बिक्रीवितरण भैरहे पनि हालसम्म कुनै निकायले चासो देखाएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE