Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

विप्लव माओवादीद्वारा फेरि जग्गा कब्जा

पोखरा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आइतबार कास्कीको लेखनाथमा रहेको विवादित जग्गामा झन्डा गाडेको छ । सार्वजनिक जग्गामा माफियाहरुको चलखेल बढ्न थालेपछि आफूहरुले झन्डा गाडेको माओवादीले जनाएको छ । अर्धभूमिगत संरचना निर्माण गरेर सशक्त गतिविधिमा उत्रेको माओवादीले कास्कीमा यसअघि पनि झन्डा गाड्ने तथा भ्रष्टाचारी घोषणा गर्ने कार्य गर्दै आएको छ । लेखनाथ नगरपालिका– ४ को पाटनमा रहेको सुकुम्बासी वस्तीमा विद्यालयको नाममा जग्गा बिक्रीवितरण गर्न थालेपछि माओवादीले झन्डा गाडेर कुनै पनि बहानामा बिक्रीवितरण नगर्न र खरिद पनि नगर्न सबैलाई सूचित गरेको छ । यसअघि २०११ सालदेखि बस्दै आएका सुकुम्बासीहरुलाई हटाएर स्थानीय अमरज्योति माध्यामिक विद्यालयले उपभोग गर्ने भन्दै लालपुर्जाबिनाको जग्गा बिक्रीवितरण गर्न थालेको माओवादीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । माओवादी कास्कीका पूर्वी कमान्ड इन्चार्ज योजनले जारी गरेको विज्ञप्तिमा एकीकृत नेकपा (माओवादी), कांग्रेस र एमालेका स्थानीय नेताहरु मिलेर सार्वजनिक सम्पत्ति सिध्याउन लागिपरेको भन्दै आफ्नो पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ । \"pokhara_kabja-400\"जमिनमा लगाइएको बालीनाली नै तहसनहस हुनेगरी डोजर चलाएर हुन पुगेको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माओवादीले माग गरेको छ । जग्गा कब्जा गरेपछि कोणसभा गरी माओवादी नेता पहाडले दलाल र माफियाहरुलाई निसाना बनाउन सुरु गरिसकिएको उदघोष गरे । माओवादी सिद्धिएको सपना देख्नेहरुको निद्रा खराब हुनेगरी गरिब र सर्वहाराको पक्षमा लडाइँ सुरु भएको र आवश्यक परे आफूहरु बन्दुक बोक्न पनि तयार भएको उनको भनाइ थियो । माओवादीले स्थानीय स्कुलले भोगचलन गर्न पाउनुपर्ने भनी दाबी गरेको जग्गामा मात्र झन्डा गाडेको छ । लेखनाथमा अन्य स्थानमा पनि पर्ति तथा सार्वजनिक जग्गाहरु बिक्रीवितरण भैरहेका छन् । कपाली तमसुकका भरमा बिक्रीवितरण भैरहे पनि हालसम्म कुनै निकायले चासो देखाएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies